अहिले अखाद्य पदार्थ मिसिएको म्यागी तथा मायोज चाउचाउमाथिको प्रतिबन्धको विषयले चर्चा पाइरहेको छ । भारतमा त करोडौँ मूल्य बराबरका म्यागी चाउचाउ नष्ट नै गरियो । चाउचाउले बजार तताइरहेका बेला फेरि अर्को भयानक तथ्य बाहिर आएको छ । मानिसले सबैभन्दा धेरै प्रयोग गर्ने खाद्य पदार्थ चामल प्लास्टिकबाट बनाइने गरिएको खुलासा भएको छ ।
समाचार अनुसार चीनका कतिपय कम्पनीहरुले प्लास्टिकबाट चामल बनाउने गरेका छन् । विश्वासै नलाग्न सक्छ । चीनमा उत्पादन हुने उक्त प्लास्टिकको चामल भारतका साथै सिंगापुर, इण्डोनेसिया तथा भियतनाम सम्म निर्यात भैसकेको बताइएको छ । यद्यपि सिंगापुरको स्ट्रेट्सटाइम अनलाइनले भने प्लास्टिकको चामल सिंगापुर आइनपुगेको जनाएको छ ।
पछिल्लो केही वर्षदेखि चीनमा प्लास्टिकबाट चामल उत्पादन गर्ने गरिएको र त्यस्तो अखाद्य चामललाई सामान्य चामलमा मिसाएर बिक्रि गर्ने गरिएको पाइएको छ । सामान्य चामलमा मिलाएपछि प्लास्टिकको चामललाई पहिचान गर्न तथा छुट्टाउन गाह्रो हुन्छ ।
यस्तो चामल सेतो प्लास्टिकबाट बनाउने गरिन्छ । यो चामल पानीमा पकाउँदा तुरुन्तै गल्दछ, असली चामलजस्तै गरी पाकेर भातको सिता जस्तै बन्दछ । फरक यत्तिमात्र हो की असली चामलको भात खाइसकेपछि सरीरमा पोषक तत्व प्रदान गर्न भने यो चामलको भात खानु भनेको एउटा ठूलो पोलिथिनको झोला खाए बराबर हो, जुन हानिकारक हुन्छ ।
समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।
समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।
यसैबीच प्लास्टिकको अखाद्य चामल उत्पादन भैरहेको समाचार सार्वजनिक भएसँगै चीन सरकारले यसबारेमा चासो देखाएकेा छ । घरेलु व्यापार सम्बन्धी मन्त्री हसन मलिकले यो विषयमा छानविनको आदेश दिएका छन् ।
प्लास्टिकको चामल उत्पादन भैरहेको एक कारखानाको भिडियो हालै सार्वजनिक भएपछि त्यो इन्टरनेटमा भाइरल बनेको छ ।
विश्वमा इन्टरनेटको अत्यधिक लत युवाहरुमा समस्याको विषय बनिरहेको छ । यसले मानिसहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समेत असर पारिरहेको छ । अझ जापानमा यो समस्या अत्यधिक रहेको छ । ५ लाख जापानी युवाहरुमा इन्टरनेट एडिक्सनको समस्या रहेको बताइएको छ ।
दिनमा घण्टौँसम्म अनलाइनमा बिताउने किशोरकिशोरीहरुमा स्कुल छाड्ने अर्थात् ड्रप आउट गर्ने जोखिम उच्च हुनुका साथै निद्रा नलाग्ने लगायतका समस्या समेत देखिन थालेका छन् ।
देशका युवा तथा किशोर वयका मानिसहरुमा देखिएको यो समस्यालाई समाधान गर्नका लागि जापानले अनौठो उपाय अपनाएको छ ।
जापानमा अहिले इन्टरनेटको लतमा फसेकाहरुको बानी छुटाउनका लागि ‘डिजिटल डिटोक्स क्लिनिक’हरु धमाधम खुल्न थालेका छन् ।
इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेकाहरुका लागि इन्टरनेटको कुलतको बानी छुटाउने यी उपचार केन्द्रहरुले इन्टरनेटका भोका युवाहरुलाई आफ्ना ग्याजेट घरमै थन्काउन प्रेरित गर्दछन् ।
इन्टरनेटका अम्मलीहरुलाई इन्टरनेट उपवासमा राखिन्छ र उनीहरुलाई केही समयको लागि भएपनि अनलाइनको भर्चुअल संसारबाट बाहिर निकालेर वास्तविक अफलाइन संसारको साक्षात्कार गर्ने अवसर दिइन्छ । इन्टरनेटको कुलतमा फसेकाहरुका लागि यी उपचार केन्द्रमा राखेर विभिन्न खाले थेरापी समेत गराइन्छ ।
जापान सरकारले सुरु गरेको डिजिटल डिटोक्स कार्यक्रमको बारेमा अल जजिराले तयार पारेकेा भिडियो हेर्नुस्
#############################################
#############################################
एजेन्सी – मनिसहरूमा स्वस्थ रहनुपर्छ भन्ने ज्ञान बढेर गएको छ । यो ज्ञानसँगै मानिसहरु आफ्नो शरिरलाई फिट र स्वस्थ राख्न जिम सेन्टर धाउने थालेका छन् । टिमिक्क मिलेको ज्यान र हेर्दै आकर्षक बनाउन जिम जाने चलन भने अहिले मात्र शुरु भएको होइन । यो चलन धेरै पहिलेदेखी नै चल्दै आएको छ । समयको विकासक्रमसँगै फिटनेस सेन्टर जाने ट्रेन्ड पनि बढ्दै गएको छ । यस्का साथै फिटनेस सेन्टरमा गरिने क्रियाकलापहरुमा समेत परिवर्तन भैरहेका छन् । विगत एक सय वर्षको अवधिमा फिटनेसमा देखिएको विसका क्रमलाई एक सय सेकेन्डको यो भिडियोमा समेत समावेश गरिएको छ ।


