लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ । यद्यपि केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजरअन्दाज गर्दछन् । किनकी यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुँदैन ।
खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो आसपासमा मानिस अझै बढि पीडित बन्दछन् । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ ।
क ) अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
ख) मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।
ग) एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।
घ) राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।
मृगनयनी भनेर आँखाको सौन्दर्यमाथि धेरै लेखिएको छ । मृगका जस्ता नयन बनाउनका लागि अचेल बजारमा सौन्दर्य सामग्रीहरु प्रशस्तै उपलब्ध छन् । तीनलाई उपयुक्त ढंगले प्रयोग गर्दा आँखालाई आकर्षक बनाउन सकिन्छ ।
आँखाको बनावट, छालाको रंग, आँखाको नानीको रंगलाई ध्यानमा राखेर आई मेकअपका लागि सौन्दर्य सामग्रीहरु बनेका छन् । मस्कारा, आइस्याडो, लाइनर आदिको प्रयोग गरेर आफूलाई मृगनयनी बनाउन धेरै महिला उद्धत छन् यस्तो सौन्दर्य प्रशाधनहरु उचित तरिकाले प्रयोग गर्नाले मात्रै सुन्दर देखिन सक्छ ।। झट्ट हेर्दा प्रायः सबैको नजर आँखामा पर्ने हुँदा पनि आँखाको उचित स्याहार र मेकअप महिलाका लागि जरुरी छ ।

थोरै मेहनतबाट आँखालाई सुन्दर बनाउँदा अनुहार नै खुलेको देखिन्छ । आइलाइनरको प्रयोगबाट आँखाको सुन्दर आकार बन्छ । झनै मस्काराको प्रयोगबाट आँखा नै ठूलो र खुल्ला बनाइदिन्छ ।
आँखाको मेकअपमा ध्यान दिनुपर्ने कुरा र्सवप्रथम त आँखा अति नै संवेदनशील अंग भएकोले यसको स्वास्थ्य र सुरक्षालाई ध्यानमा राख्नु अति आवश्यक हुन्छ । तसर्थ प्रतिष्ठित कम्पनीका स्तरीय प्रशाधनहरुको प्रयोग गर्नु जरुरी हुन्छ । साथै प्रयोग गरेपछि ती प्रशाधनहरु जतनसाथ सुरक्षित रुपमा राख्ने गर्नुपर्छ ।
आई मेकअप गर्दा अगाडिको बिग्रिसकेको मेकअप हटाउनुपर्ने हुन्छ । त्यस्तै मेकअपपछि अनावश्यक ठाउँमा भएको मेकअप पनि हटाउनुपर्ने हुन्छ । यस्तो अवस्थामा हल्का तरिकाबाट आइमेकअप रिमुभर वा रोगन बदाम वा क्लिजिङ क्रिमको प्रयोग गरी कटनको सहायताले हटाउनुपर्छ । यसपछि आइब्रोको सन्तुलित आकार बनाउनुपर्छ । यदि जरुरी छ भने आइब्रो पेन्सिल वा आइब्रो कलर प्रयोग गरी सन्तुलित आइब्रो सेप बनाउनुपर्छ । यसबाट आँखा सुन्दर र सन्तुलित देखिन्छ ।
आइस्याडो लगाउँदा आफूले लगाउने ड्रेससँग मेल खाने गरी लगाउनुपर्छ । सकेट लाइनमा डार्क कलरको स्याडोको प्रयोग गर्नु उचित हुन्छ । यसले आँखालाई सुन्दर आकार दिन मद्दत गर्छ । आइब्रो बोनमा भने हल्का साइनिङ सेडको हाइलाइटरको प्रयोग गर्नुपर्छ ।
आइलाइनर मसिनो वा मोटो लाइनमा लगाउन सकिन्छ । यसले आँखा खुलेको र राम्रो देखिन्छ । तसर्थ आँखाको बाहिरी लाइनर हल्का उठाएर लगाउनुपर्छ । इच्छाअनुसार लामो वा छोटो बनाउन पनि सकिन्छ । लिक्विड, केक वा पेन्सिल लाइनरमध्ये जुन सजिलो छ त्यसको प्रयोग गरे हुन्छ । आइलाइनरहरु नीलो, खैरो, कालो, प्याजी, हरियो आदि विभिन्न रंगहरुमा पाइने हुनाले सुहाउँदो रंगको आइलाइनर छान्न सकिन्छ ।
मस्कारा पनि विभिन्न रंगमा पाइन्छ । यसलाई पहिले माथिल्लो परेलामा माथिपट्टि घुमाउँदै लगाउनुपर्छ । तलपट्टको परेलामा लगाउँदा हल्का दायाँबायाँ र तलपट्टि फर्काएर लगाउनु बेस हुन्छ । यसरी नै गाजल लगाउँदा प्रायः तलपट्टि भित्रबाट लगाइन्छ । तर आँखालाई ठूलो देखाउन हल्का बाहिरबाट लगाउनु राम्रो हुन्छ । साथै आँखाको माथितिर पनि लगाउँदा राम्रो हुन्छ ।
त्यस्तै आँखिभौं पातलो भएमा नक्कली आँखीभौं टाँस्न सकिन्छ । आँखीभौंसँगै फल्स आइलैसेर कस्मेटिक ग्लुको सहायताले टाँस्नुपर्छ । परेलालाई आई लासेस कर्लरको सहायताले माथितिर फर्काउन सकिन्छ । यदि परेला छोटो छ भने कर्लरको प्रयोग गर्दा झन् छोटो हुन्छ, तसर्थ छोटो परेलामा कर्लरको प्रयोग नगर्नु नै राम्रो हुन्छ ।
आँखाको सौन्दर्य वद्धिका लागि अन्य साधनहरु टीका, स्टिकरजस्तै आई एसेसरिज पनि प्रयोग गर्न सकिन्छ । परिस्थिति र आवश्यकताअनुरुप आई एसेसरिजको प्रयोग गर्नुपर्छ । प्रकृतिको उपहार आँखाको आकारप्रकारमा कुनै परिवर्तन गर्न सकिन्न तर पनि मेकअपबाट सुन्दर ढंगले सजाउन र आकर्षक बनाउन भने सकिन्छ । समय, उमेर, समारोह, वातावरण आदिलाई ध्यानमा राखेर आई मेकअप गर्नु उपयुक्त हुन्छ ।
शरीरको कतिपय भागमा आउने अनावश्यक रौंले सौन्दर्यमा बाधा सिर्जना गरिरहेका हुन्छन् । रौं आउनै नदिने वा सदाका लागि हटाउने अनेक उपायको खोजीमा विशेष गरी महिलाहरु लागिपर्छन् । रौं हटाउन निम्न घरेलु उपायले समस्याको समाधान गर्न सक्छन् ।
– बजारमा ‘प्युमिक स्टोन’ नाम गरेको पत्थर पाइन्छ । नुहाउनुअघि अनावश्यक रौँ भएको ठाउँमा यो पत्थरले रगड्ने गर्नाले रौं झर्छ ।
– बेसनमा दही मिलाएर पेस्ट बनाई अनावश्यक रौँ भएका ठाउँमा दल्ने र केही बेरपछि यसलाई रगडेर चिसो पानीले धुने गर्दै गयो भने रौँ क्रमशः हराउदै जान्छ ।
– मह, कागती र चिनीको मिश्रण बनाउने र यसलाई मनतातो बनाएर रौ“ भएको ठाउ“मा लगाउने । त्यसपछि सुतीको कपडाले यसलाई छोप्दै, निकाल्दै गर्ने । यसो गर्दा कपडासगै रौँ निस्किन थाल्छ र छाला चम्किलो बन्छ ।
– चिनी र कागती मिसाएर फाल्नुपर्ने रौँ भएको ठाउ“मा लगाउने र १५ मिनेटजति मसाज गर्ने र पानीले सफा गर्ने गर्दारौं कम हुदै जान्छ ।
–एजेन्सी
अनुहारको छालालाई सौन्दर्यको प्रतिक मानिन्छ । अनुहारको छाला चम्किलो बनाउन अनेकथरी गरिन्छ । क्रिम पाउडर घसिन्छ । तर, छाला शरीरकै अंग भएकाले बाहिरी कुराले भन्दा भित्री तत्वले अर्थ राख्छ । खानेकुराका कारण छाला प्रभावित हुन्छ । छाला स्वस्थ सुन्दर बनाउन के खाने ?
अमला, कागती र भेडेखुर्सानी
भिटामिन सीयुक्त खाना खानाले छालाको क्षमता बढ्छ, छालाको लचकता पनि बढ्छ र छालालाई सुक्खा हुनबाट जोगाउँछ । अमला, सुन्तला, कागती, भेडे खुर्सानीजस्ता प्रचुर भिटामिन सी पाइने खानामा जोड दिनुपर्छ ।
गाँजर, बदाम र सूर्यमुखी फूलको बियाँ
बेटा क्यारोटिन नामक तत्वले छालालाई जवान र स्वस्थ राख्ने कोषिकाहरू उत्पन्न गर्न मद्दत गर्छ । गाजर, सूर्यमुखी फुलको बियाँ, बदाम आदिमा यो तत्व पाइने भएकाले यिनलाई भोजनमा समावेश गर्नु राम्रो हुन्छ ।
सी फूड, गेडागुडी र प्याज
जिंकले शरीरका कोषिकालाई हुर्काउन, बढाउन मद्दत गर्छ । यस्ता कोषिकाले छालालाई जवान र आकर्षक बनाउँछन् । सी–फुड, गेडागुडी र प्याज खानु छालाको स्वास्थका निम्ति फाइदाजनक हुन्छ ।
ओखर र सोयाबिन
ओमेगा–३ फ्याट्टी एसिडलगायत तत्वले छालालाई सुक्खा हुन दिँदैन । यस्तो फ्याट शरीर आफैँले उत्पादन गर्न नसक्ने भएकाले यो पाइने खाना खानुपर्छ । यस्ता खानाले छालाको सुक्खापन कम हुँदै जान्छ । ओखर, सोयाबिन, माछा, बदाम, एभोकाडो, जैतुनको तेल आदि बेला–बेला खानुपर्छ ।
कम्मर र पेटतिर बोसो जम्मा हुनु समस्या निकै बढ्दो छ । पेटमा वा कम्मरमा बोसोको मात्रो धेरै भयो भने धेरै प्रकारका रोग निम्तिन्छन् । सुन्दरतामा पनि कमी ल्याउँछ । पेट र कम्मरतिर लागेको बोसो घटाउने साता सजिला आइडिया निम्नप्रकार छन् ।
१) कम्मरमा रहेको बोसो घटाउन बोसोजन्य खानाको मात्रा बढाउनुपर्छ । तर, यसरी बढाइने फ्याटजन्य खानामा ‘मोनोअनस्याचुरेटेड फ्याट्टी एसिड (एमयूएफए) बाहेक अर्काे खालको फ्याट हुनु हुँदैन । क्यालोरी र एमयूएफए उच्च भएको खाना खाने महिलाको कम्मर एक महिनामै एकतिहाइले घटेको एउटा अनुसन्धानका क्रममा पाइएको थियो । भोजनमा एमयूएफए सुनिश्चित गर्न हरेक दिन एक अँजुली ड्राई फुडमा एक चम्चा जैतुनको तेल र अलिकति एभोकाडो हालेर खानुपर्छ ।
२) रस युनिभर्सिटी मेडिकल सेन्टरले गरेको अध्ययनले डिप्रेसन भएका अथवा हुन लागेका महिलाको कम्मरमा बोसो बढी लाग्ने तथ्य पत्ता लगाएको थियो । अप्रसन्न रहने महिलाले शारीरिक काम कम गर्छन् र उनीहरूको भोजन पनि सामान्य अवस्थामा जस्तो स्वास्थ्यकर र व्यवस्थित हुँदैन । जसले गर्दा कम्मरमा बढी बोसो जम्मा हुने गर्छ । बारुले कम्मर चाहने हो भने प्रसन्न रहनुपर्छ ।
३) नियमित व्यायाम गर्नाले मानिसको दिमागमा एकखालको रसायन उत्पन्न हुन्छ, जसले शरीरमा रहेको बोसोलाई अन्य ऊर्जामा रूपान्तरण गराउन मद्दत गर्छ । कम्मर छरितो बनाउने हो भने नियमित व्यायाम गर्नुपर्छ । ४) कार्बोहाइड्रेट बढी हुन्छ भने कोक, फ्यान्टाजस्ता पेय पदार्थमा चिनीको मात्रा बढी हुन्छ । चिप्स, कोल्ड ड्रिंक्स खानाले रगतमा चिनीको मात्रा ह्वात्तै बढ्छ र सँगसँगै शरीरमा इन्सुलिनको मात्रा पनि बढ्न पुग्छ । इन्सुलिनले कलेजोलाई शरीरको मध्य भागमा बोसो जम्मा गराउन मद्दत गर्छ । तसर्थ कम्मरलाई छरितो र आकर्षक बनाउने हो भने जंकफुडको मात्रा घटाउनुपर्छ र भोजनमा हरियो तरकारी र सलादको मात्रा बढाउने गर्नुपर्छ ।
४) सन् २०१३ मा गरिएको एक अनुसन्धानले म्याग्नेसियमयुक्त खाना बढी खाने मानिसको रगतमा चिनी र इन्सुलिनको मात्रा कम हुने तथ्य फेला पारेको थियो । त्यसैले दिनमा दुईपटक हरियो सागसब्जी, केरा र सोयाबिन खाने गर्नुपर्छ । यी खानामा म्याग्नेसियम प्रचुर मात्रामा पाइन्छ ।
५) पोलिअनस्याचुरेटेड फ्याट्टी एसिड (पीयूएफए) युक्त खाना खानाले कम्मरमा बढी बोसो लाग्दैन । सालमन, ट्राउट अथवा अन्य खाले माछामा पीयूएफए प्रशस्त पाइने भएकाले मांसाहारीले मासुको सट्टा माछा खानुपर्छ । मासु नखाई नहुने छ भने स्याचुरेटेड फ्याट प्रशस्त पाइने रातो मासुको सट्टा कुखुराको मासु खानुपर्छ । यसो गर्नाले कम्मरमा अनावश्यक बोसो लाग्न पाउँदैन र कम्मर छिनेको देखिँदै जान्छ ।
६) सन् २०१३ मा डेनमार्कमा गरिएको एउटा अध्ययनले महिलाले जति बढी मदिराजन्य पदार्थ सेवन गर्छन्, शरीरमा बोसो उति नै बढी लाग्ने तथ्य पत्ता लगाएको थियो । त्यसैले कम्मरको अनावश्यक बोसो हटाई आकर्षक देखिने हो भने मदिराजन्य पदार्थ सेवन छोड्नुपर्छ अथवा कम गर्नुपर्छ ।
७) पसिना निकाल्नेगरी काम अथवा व्यायाम गरेमा शरीरमा इन्सुलिन, ट्राइग्लाइसेराइड्स, कोर्टिसोल लगायतको मात्रा घट्न पुग्छ । साथै, शरीरमा रहेको क्यालोरी पनि बढी नै नष्ट हुन्छ । पसिना निकाल्ने सबैभन्दा उपयुक्त उपाय भनेको जगिङ हो । त्यसैले हरेक बिहान जगिङ गर्नुपर्छ ।
डा. प्रकाश बुढाथोकी, वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ, लुम्बिनी अञ्चल अस्पताल, बुटवल - मोजा, काखी र सास गन्हाउने व्यक्तिगत समस्या हुन्। तैपनि यो समस्याले अरुलाई अप्ठ्यारो पार्छन्। मोजा गन्हाएमा धोएर, सफा गरेर वा जुत्ता नै बदलेर समाधान गर्न सकिन्छ। तर, सास गन्हाउँछ भन्दैमा मुख नखोली बस्न सकिँदैन। सास गन्हाउने समस्याले आफूसँग हिँडडुल र उठबस गर्ने साथीसंगीलाई हैरान पार्नुका साथै स्वयं व्यक्ति पनि हीनभावनाले ग्रसित हुनसक्छ। त्यसैले यो रोग आफू र अरुका लागि पनि समस्या हो भनेर चिनिन्छ।यो रोग के हो?
मुख वा नाकबाट अपवित्र वा अशुद्ध, नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई हेलिटोसिस वा ब्याड बे्रथ वा सास/मुख गन्हाउने रोग मानिन्छ। सास गन्हाउने अवस्था आफैंमा रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएको रोगहरूको लक्षण वा औषधी प्रयोगको असर हुनसक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगहरूको जानकारी दिएर 'मुख शरीरको ऐना हो' भन्ने भनाईलाई पनि चरितार्थ गर्छ।
प्रकार
मेरो अनुभवमा सास गन्हाउने बिरामी तीन प्रकारका हुन्छन्।
– आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू
– आफ्नो सास गन्हाएको थाहा पाएर पनि त्यसप्रति चिन्ता नगर्नेहरू
– आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरू।
विवाहको लगन भएको बेला यस्ता बिरामी बढी आउने गरे पनि जीवनसाथीको सिकायतले सधैंजसो आउने गर्छन्। नेपालमा गिजासम्बन्धी रोग, दाँतमा कीरा लाग्ने, पछि सास गन्हाउने समस्या लिएर आउने बिरामी हुन्छन्।
के–के कारणले हुन्छ?
बुढापाका र सुघ्ने नसाको भ्रम भएकाहरूमा सास गन्हाउने समस्या नभए पनि मानसिक कारण तथा भ्रमले उनीहरूलाई सास गन्हाएको भान हुन्छ। यसलाई कारण नभएको अवस्थाको सास गन्हाउने अवस्था मानिन्छ। कारण भएको सास गन्हाउने अवस्थालाई तीन भागमा उल्लेख गर्न सकिन्छ।
(१) सामान्य अवस्था : बिहान उठ्नासाथ, भोको/ब्रत बसेको अवस्थामा, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तैः चिया, कफी, मकै, प्याज, लसुन. रक्सी, बोसो, भुटेको खाना आदिले सामान्य अवस्थामा पनि सास गन्हाउँछ। नक्कली दाँत लगाएर सुतेमा, नाकको सट्टा मुखबाट सास फेरेमा, नमिलेका कृत्रिम दाँत लगाएमा, भोको वा ब्रत बसेको बेलामा पनि साधारण अवस्थामा पनि सास गन्हाउँछ।
(२) रोगसँग सम्बन्धित –
(क) मुख, दाँत तथा घाँटीसँग सम्बन्धित रोग : – मुखको स्वास्थ्य कमजोर भएमा, दाँत कीराले खाएमा, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएमा, जिब्रो खस्रो र बाक्लो भएमा, दाँत नमिली बसेमा, मुखमा भएका घाउ खटिराको संक्रमण भएमा र दाँत निकालेपछि घाउ, पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाँटीको क्यान्सर आदिले सास गन्हाएको हुनसक्छ।
(ख)शरीर तथा शरीरका प्रणालीसँग सम्बन्धित रोग : – फोक्सोका रोगहरू लंग अवशेष, क्षयरोग, ब्रोन्काइटिस आदिका कारण पनि सास गन्हाउँछ। मासिकश्राव हुँदा दुखाइ, पाचन प्रणालीसँग सम्बन्धित रोग जस्तैः ग्यास्टाइटि्रस, कलेजोको रोग, मिर्गौलासम्बन्धी रोग, चिनीरोग, ज्वरो, रगतसम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियत आदिले सास गन्हाउन सक्छ।
(३) औषधीको प्रयोग : एन्टीहिस्टामिन, एन्टीक्यान्सर, एन्टीबायोटिक, एन्टीकोगुलेन्ट, एन्टीकोलिनर्जिक र मानसिक रोगका औषधी प्रयोग गर्दा पनि सास गन्हाउँछ।
(४)थुक कम आउने अवस्था– थुक निकाल्ने ग्रन्थीहरूको रोग, क्यान्सरको उपचार, औषधीको प्रयोगले थ¬क कम आई सास गन्हाउन सक्छ।
कसरी थाहा पाउने?
१. यदि तपाईंलाई रुघा लागेको छैन र नाक ठीक छ भने आफ्नो हात मुख अगाडि राखेर त्यसमा सास फेर्नुहोस्। हातमा ठोक्किएर फर्केको सास नाकले भित्र तानी हाल्नुहोस्। यसबाट तपार्इंले आफ्नो सास गन्हाएको वा नगन्हाएको थाहा पाउन सक्नुहुन्छ।
२. आफ्नो सास गन्हाएको वा नगन्हाएको, आफ्नो अतिनजिकका व्यक्तिहरू पति, पत्नी, दाजुभाइ, दिदीबहिनी, सहपाठीसँग सोधर थाहा पाउन सक्नुहुन्छ।
३. आफूप्रति अरूको व्यवहार हेरेर, मनन गरेर। जस्तैः बोल्दा नजिकमा बसेका व्यक्तिले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेमा।
उपरोक्त तरीकाबाट सास गन्हाएको वा नगन्हाएको पत्ता मात्र लाग्छ। तर, कति भनेर नाप्न ब्रेथएनालाइजर लगायत उपकरण प्रयोग गरिन्छ।
अन्तमा, सास वा मुख गन्ध आउने अवस्थालाई एक अर्काको पर्यायको रूपमा लिए पनि यदि व्यक्तिको नाक ठीक छ र श्वासप्रश्वास प्रक्रिया नाकबाटै हुन्छ भने सास वा नाक गन्ध आउँदा शरीरका प्रणालीसँग सम्बन्धित कारणले हुन्छ। मुखबाट गन्ध आयो भने मुख र घाँटीसँग सम्बन्धित कारण हुने भएकोले सम्बन्धित रोग विशेषज्ञलाई देखाउनुपर्छ। अस्थायी रूपमा सास गन्हाउने समस्यालाई चुइङ्गम, माउथवास, ल्वांग सुकुमेल चपाएर रोक्न सकिन्छ। चिकित्सकलाई जचाएर रोगको कारण पत्रा लगाई उपचार गर्नु उपयुक्त हुन्छ।

दिनमा २-३ पटक राम्रोसँग सफा पानीले अनुहार सफा गर्नुपर्छ । बिहान स्क्रब वा फेसवासले अनुहार सफा गर्ने र दिनमा एकपटक फेसप्याक लगाउने । फेसप्याकका लागि तुलसी एवं निमका पात, एक चम्चा बेसन, एक चम्चा बेसार, सानो टुक्रा फिटकिरी मिसाई पेस्ट बनाउने र बिहान अनुहारमा लगाई १५ मिनेटसम्म त्यसै छोडी सुकेपछि सफा पानीले सफा गर्ने । हल्का हातले मसाज गर्दै नियमित रूपमा सफा गरे अनुहारको डन्डिफोर चाँडै हटेर जान्छ । डन्डिफोर हटाउन खानामा पनि ध्यान दिनुपर्छ । हरियो सागपात धेरै खाने, फलफूल, गेडागुडीको रस, माछामासु, अण्डा, भिटामिनयुक्त खाना खाने र पानी बढी मात्रामा पिउने । डन्डिफोर हुनेहरूले अनिँदो बस्नुहुँदैन र १५-१५ दिनमा दक्ष ब्युटिसियनको सल्लाहअनुसार अनुहारको उपचार गर्नुपर्छ । यति गर्दा पनि डन्डिफोर हराएन भने चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु राम्रो हुन्छ ।
विगत १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा कटिबद्ध लक्ष्मण ठाकुरले आफ्नो दोस्रो आउटलेट भाटभटेनी सुपरमार्केटमा खोलेका छन् । भारतको जावेद हबिव एकेडेमीबाट तालिम लिएका लक्ष्मण केश विन्यासमा निपुर्ण छन् । उनले ज्याको हेयर एण्ड ब्युटी स्कुलबाट सर्ट टम तालिम पनि लिएका छन् । उनी अनुहार तथा केशको टेक्चरअनुसार ग्राहकलाई सुहाउँदो शैलीको केश बनाइदिन्छन् । नेपालमा सौन्दर्य क्षेत्रमा धेरै विकास हुन बाँकी भएको बताउने लक्ष्मण केशलाई बालबालिकासँग तुलना गर्छन् । लक्ष्मण भन्छन्- हामीले बालबालिकालाई जत्तिकै कायम केशलाई गर्नुपर्छ । त्यसपछि मात्र आफूले चाहेजस्तो केश पाउन सकिन्छ ।
नेपाली सौन्दर्य क्षेत्रमा १२ वर्षदेखि कार्यरत हुनुहुन्छ, अनुभव कस्तो रह्यो ?
निकै रमाइलो रह्यो । अहिले धेरै परिवर्तन आएको अनुभव गरेको छु । कुनै जमानामा पार्लर भनेपछि मानिसहरू छिर्न चाहँदैनथे तर आज पार्लर गएर सेवा लिनु जीवन शैलीको अभिन्न अङ्ग बनेको छ ।
पुरुष भएर महिलाको केश काट्ने पेसा अपनाउँदा अप्ठ्यारो लागेन ?
मलाई त लागेन तर धेरैले लोग्नेमान्छे भएर पनि आइमाईको केश काट्ने भनेर होच्याए । मलाई त्यसले केही फरक पारेन । एकदिन सबैले कुरा बुझ्नेछन् भन्ने लाग्थ्यो, आज बुझेका छन् । कुनै पनि पेसालाई लिङ्गभेदका आधारमा छुट्टयाउनुहुँदैन । राम्रो काम सबैले गर्न हुन्छ ।

कस्ता कठिनाइको सामना गर्नुपरेको छ ?
आफ्नो क्षेत्रमा दक्ष भए कुनै कठिनाइ सहनु पर्दैन तर अहिले लोडसेडिङले दुःख दिएको छ । जामले गर्दा ग्राहक समयमा आउन पाउँदैनन् । यसले रुटिनमा अप्ठ्यारो पार्छ ।
हामीले विदेशी उत्पादनमा भर पर्नुपरेको छ, यसमा तपाईंको भनाइ ?
नेपाल प्रकृतिले धनी छ । यहाँका हर्बलहरूबाट सौन्दर्य प्रसाधन उत्पादन गर्ने हो भने त्यसको बजार विश्वव्यापी बन्नसक्छ । मानिसहरू अहिले आयुर्वेदिक सामग्री मन पराउन थालेका छन् तर ती सामग्री बाहिरबाट मगाउनुपर्छ । ती महँगा हुन्छन् र राष्ट्रिय हितमा पनि छैनन् ।
नेपालमा सौन्दर्य क्षेत्र फस्टाउनुको पछाडि के कारण होला ?
संचार माध्यम । संचार माध्यमले नै मानिसहरूलाई सौन्दर्यको महत्व बुझाएको हो । त्यसैले नेपालीहरू सौन्दर्यप्रति सजग छन् ।
नेपालीहरूको हेयर टेक्चर कस्तो छ ?
लङ वेभी छ । भनौं भने केशको प्रकारमध्ये यो सबैभन्दा राम्रो हो । यसलाई जुनसुकै शैलीमा सजिलै ढाल्न सकिन्छ । वेभी केश सम्हाल्न सजिलो हुन्छ यसमा स्टाइल प्ले गर्न सजिलो हुन्छ । मंगोेलियनहरूको केश चाहिँ स्ट्रेट छ ।
विश्वमै फेसनमा रहेको शैली कुन हो ?
ग्राजुएसन हो । यो सम्हाल्न पनि सजिलो हुन्छ । बलिउडका धेरैजसो नायिकाले यही शैली पछ्याएका छन् ।
नेपालीहरूका केशसम्बन्धी समान समस्या के-के छन् ?
चायाँ र केश झर्ने समस्या । यी समस्या हटाउन सही स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ । केशमा नियमित तेल मसाज गर्नुपर्छ ।
हेयर केयरका रेन्ज पनि बजारमा प्रशस्त छन्, के ती केशका लागि राम्रा छन् ?
अनेकौं रिसर्च गरी बजारमा आएका हुनाले तिनले केशलाई बाक्लो तथा बलियो बनाउँछन् । अहिले हेयर जेल, हेयर मोस, हेयर प्रोटिन, हेयर थेरापी, हेयर परफेक्ट, हेल्थी हेयर, हेयर पोषण, हेयर सिरम, कलर एक्सपर्ट आदि बजारमा आएका छन् । आवश्यकता हेरी यिनलाई प्रयोग गर्न सकिन्छ । यिनको प्रयोगपछि केशको हेरचाह बढी गर्नुपर्छ । जस्तै जेल लगाएको दिन केश नुहाउन नभ्याए पनि पानीले पखालेर सुत्नुपर्छ ।
हेयर रुटिन कसरी कायम गर्ने ?
आफ्नो जीवन शैली तथा समय हेरी हेयर रुटिन बनाउनुपर्छ । महिलाहरूले छ हप्तामा एकपटक केश टि्रम गराउनुपर्छ । त्यसपछि नियमित रूपमा राम्रो कम्पनीको स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ । समय मिलाएर हेना तथा हेयर मसाज गर्नुपर्छ । सन्तुलित फाइबरयुक्त खानाको सेवनले केशलाई फाइदा पुर्याउँछ ।
कुन उमेरका लागि कस्तो केश बनाउँदा उचित हुन्छ ?
टिनएजरहरूका लागि स्पाइकी र रेजर कट सुहाउँछ । कामकाजी महिलाहरूका लागि लङ वेभी तथा ४० पार गरेकालाई छरितो देखिने किसिमको शैली सुहाउँछ ।
केश झर्ने तथा खुइलिने समस्या किन देखिन्छ ?
यो वंशानुगत, हार्मोन, रोग तथा औषधिको कारणबाट देखिनसक्छ । कम मात्रामा केश झरेको छ भने अदुवाको रस लगाउन सकिन्छ । यदि धेरै झर्ने समस्या देखियो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
हेयर प्लान्टेसन र एक्सटेन्सनमा के फरक छ ?
हेयर प्लान्टेसन स्थायी समाधान हो भने एक्सटेन्सन अस्थायी समाधान हो । नेपालमा हेयर एक्सटेन्सन धेरैजसोले फेसनका लागि गरेका छन् । प्लान्टेसन नेपालमा कमैले मात्र गरेका छन् ।
हेयर प्लान्टेसन कसरी गरिन्छ ?
यो निकै महँगो प्रक्रिया हो । नेपालमा विग राखेर केश मिलाउने संस्था छन् । त्यहाँ गएर महिनामा एकपटक केश टच गराउनुपर्छ । प्लान्टेसन धान रोप्ने जस्तै कार्य हो । यसमा पछाडिको बाक्लो केश उखेलेर नभएको ठाउँमा रोपिन्छ । पाँच पटकपछि यो प्रक्रिया पूरा हुन्छ । यो काम ट्राइकोलोजिस्टले मात्र गर्न सक्छन् ।
केशलाई कति भागमा विभाजन गर्न सकिन्छ ?केशका मुख्य तीन भाग हुन्छन् । क्युटिकल, कर्टेक्स र म्याडुला । क्युटिकल केशको माथिल्लो भाग हो । यसलाई स्याम्पु तथा कन्डिसनरले राम्रोसँग धुनुपर्छ । यही भागले केशको अरू भागको रक्षा गर्छ । यो भाग माछाको कत्लाजस्तै हो । त्यसैले यसको हेरचाह आवश्यक छ ।