विश्वमा इन्टरनेटको अत्यधिक लत युवाहरुमा समस्याको विषय बनिरहेको छ । यसले मानिसहरुको शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समेत असर पारिरहेको छ । अझ जापानमा यो समस्या अत्यधिक रहेको छ । ५ लाख जापानी युवाहरुमा इन्टरनेट एडिक्सनको समस्या रहेको बताइएको छ ।
दिनमा घण्टौँसम्म अनलाइनमा बिताउने किशोरकिशोरीहरुमा स्कुल छाड्ने अर्थात् ड्रप आउट गर्ने जोखिम उच्च हुनुका साथै निद्रा नलाग्ने लगायतका समस्या समेत देखिन थालेका छन् ।
देशका युवा तथा किशोर वयका मानिसहरुमा देखिएको यो समस्यालाई समाधान गर्नका लागि जापानले अनौठो उपाय अपनाएको छ ।
जापानमा अहिले इन्टरनेटको लतमा फसेकाहरुको बानी छुटाउनका लागि ‘डिजिटल डिटोक्स क्लिनिक’हरु धमाधम खुल्न थालेका छन् ।
इन्टरनेटको अत्यधिक प्रयोग गर्ने लत बसेकाहरुका लागि इन्टरनेटको कुलतको बानी छुटाउने यी उपचार केन्द्रहरुले इन्टरनेटका भोका युवाहरुलाई आफ्ना ग्याजेट घरमै थन्काउन प्रेरित गर्दछन् ।
इन्टरनेटका अम्मलीहरुलाई इन्टरनेट उपवासमा राखिन्छ र उनीहरुलाई केही समयको लागि भएपनि अनलाइनको भर्चुअल संसारबाट बाहिर निकालेर वास्तविक अफलाइन संसारको साक्षात्कार गर्ने अवसर दिइन्छ । इन्टरनेटको कुलतमा फसेकाहरुका लागि यी उपचार केन्द्रमा राखेर विभिन्न खाले थेरापी समेत गराइन्छ ।
जापान सरकारले सुरु गरेको डिजिटल डिटोक्स कार्यक्रमको बारेमा अल जजिराले तयार पारेकेा भिडियो हेर्नुस्
#############################################
#############################################
इन्टरनेट जाएन्ट गुगलले विश्वभरि नै निशुल्क रुपमा वाइफाइ इन्टरनेट उपलब्ध गराउने योजना बनाएको छ । यसको सुरुवात तथा परीक्षणका रुपमा गुगलले अमेरिकाको न्युयोर्कमा फ्री वाइफाइ सेवा सुरु गर्दैछ ।
विश्वमा निःशुल्क वाइफाइ उपलब्ध गराउने आफ्नो योजनालाई मूर्तरुप दिन गुगलले एक अलग्गै कम्पनी खोलेको छ । उक्त कम्पनीको नाम हो, साइडवाक ल्याब्स । गुगलको यो कम्पनीले न्युयोर्कमा अन्त्यन्तै तिव्रगतिको इन्टरनेट उपलब्ध गराएका दुइवटा अन्य कम्पनी खरीद गर्ने तयारीमा छ ।
निशुल्क इन्टरनेट उपलब्ध गराउने कामलाई कार्यरुप दिन गुगलले न्युयोर्कस्थित बिक एप्पलको पूरानो फोन बुथको प्रयोग गर्दैछ । उक्त परियोजनाका लागि यस्तै प्रकारका १० हजार फोन बुथ प्रयोग गर्ने गुगलको तयारी छ ।
गुगलले ती फोन बुथहरुमा आवश्यक परिवर्तन गर्नेछ । त्यसबाट उसले केवल निशुल्क वाइफाइ मात्र होइन मानिसहरुलाई आफ्नो मोबाइल फोन चार्ज गर्ने सेवा पनि उपलब्ध गराउने बताइएको छ । त्यसका साथै ती बुथहरुबाट मानिसहरुले नि:शुल्क डोमेस्टिक फोन कल समेत गर्न पाउनेछन् ।
गुगलको योजना यत्तिमा मात्र सिमित कहाँ छ र ? उसले ती फोन बुथहरुमा टचस्क्रिन हाल्नेछ । जसको माध्यमबाट मानिसहरु सहरका महत्वपूर्ण ठाउँ तथा यातायात सेवाहरुको बारेमा पनि जानकारी प्राप्त गर्न सक्नेछन् ।
ब्लुमबर्ग न्यूजका अनुसार आगामी जाडो याम अगाडि नै न्युयोर्कमा नि:शुल्क वाइफाइ लगायतका सेवा उपलब्ध गराउने ती फोनहरु संचालनमा आउनेछन् । उक्त ट्रायल सफल भएसँगै गुगलले यो परियोजनालाई विश्वका अन्य सहरमा पनि विस्तार गर्ने योजना बनाएको छ ।
पृथ्वीको एक तिहाइ भाग मरुभूमि छ, जहाँ पानी पर्दैन । जलवायु परिवर्तन लगायतका कारणले गर्दा पृथ्वीका मरुभुमि बाहेकका क्षेत्रमा हुने वर्षा पनि घट्दै गइरहेको छ । तर अब यस्तो प्रविधि आएको छ, जसले मरुभूमिमा समेत वर्षा गराइदिनेछ, छिनभरमै ।
यो कुनै जादु होइन, विज्ञानको चमत्कार हो । Desert Greening नामको एक संस्थाले यो प्रविधिको विकाश गरेको हो । यो प्रविधिले प्रयोगले २ सय किलोमिटर टाढा भएको वर्षालाई वर तानेर पानी नपरेको ठाउँमा पानी पारिदिन सक्छ ।
वर्षा गराउने यो प्रविधिमा एउटा धातुको ट्युब लगाइएको छ, जसले अर्गानिक इनर्जी निकाल्छ । उक्त उर्जाले पानी पार्ने बादललाई आफूतर्फ आकर्षित गर्दछ । संस्थाले अल्जेरियाको मरुभूमिमा यो डिभाइसको प्रयोग गरिरहेको छ ।
सन् २००५ देखि उक्त मरुभूमिमा परीक्षणको लागि उक्त प्रविधि राखिएकोमा पछिल्लो दश वर्षमा मरुभूमिमा वर्षा हुन थालेको छ र वर्षाका कारण मरुभूमिका वातावरणमा ठूलो परिवर्तन देखिएको छ ।
उक्त मरुभूमिमा अहिले मानिसहरुले खेतिपाती गर्न सुरु गरेका छन् । ३ हजार भन्दा बढी फलफूलका रुख छन् भने स्थानीयहरुले सागपात समेत लगाएका छन् । उक्त मरुभूमिमा वनस्पतीको संख्या पछिल्लो १० वर्षमा ३ सय गुणाले बढेको छ ।
यो डिभाइसलाई बोकेर एक ठाउँबाट अर्को ठाउँमा लगी स्थापित गर्न सकिने बताइएको छ ।




