तरुनी फकाउने काइदाको उपाय

युवतीलाई मन पराउनुहुन्छ र ती युवतीले तपाईलाई टेडो आँखले पनि हेरेकी  छैनन् ? तैपनि तपाई यसैको यादमा दिनरात बिताउनु हुन्छ ।  तपाई उनैलाई आफ्नो जीवन साथी बनाउन चाहनुहुन्छ। तर यो कुरा ती युवतीलाई पनि थाहा हुनु जरुरी छ । कतिपय अवस्थामा तपाईभित्रको कुरा युवतीसम्म नपुगेका कारण पनि उनले तपाईलाई नहेरेको हुन सक्छ । त्यस्तो अवस्थामा तपाईले नै पहल गर्नु आवश्यक छ । त्यसका लागि तपाईले केही तरिका त अपनाउनैपर्छ । त्यसका लागि तलको सबै कुरा पढ्नुस् । आजैबाट उनलाई इम्प्रेस गर्नतिर लाग्नुस् । सवैभन्दा पहिले कुनै पनि सम्वन्ध सुरुवात गर्दा इमान्दार  हुनैपर्छ । केटीहरुले त्यस्तो केटालाई मनपराउदैनन जसले हरेक कुरामा धाक लगाउछ । तपाई आफुलाई विश्वस्त राख्नुस र आत्मविश्वास बढाउनुस् । तपाई पैसा र आफ्नो स्टाटसको धाक नदेखाउनुस् । यसले तपाई प्रति युवतीको मनमा घृणा मात्र होइन तपाईकै प्रतिष्ठाप्रति पनि आँच पु¥याउन  सक्छ । धेरै महिला आफुलाई हँसाउने पुरुष मन पराउछन । युवतीलाई भेट्दा सफा र राम्रो भएर जानु भने जरुरी छ । पेहेलो दाँत, गनाउने मोजा जस्ता कुराबाट टाढा रहनु नै बेस हुन्छ। युवतीको धेरै खोजी नगर्दा राम्रो । आवस्यक परेको बेलामा मात्र उनलाई प्रश्न गर्नुस । आफ्नो परिवारको बारेमा कुरा गर्नुस । केटीहरु पारिवारिक कुरामा आफुलाई सुरक्षित महशस गर्छन । तपाई एक स्थिर परिवारमा जन्मेहुर्केको कुरा थाहा पाए भने केही महिला झन आकर्षित हुन्छन्  । आफ्नो पूर्व गर्लफ्रेण्डको बारेमा झुक्किएर पनि कुरा नगर्नु राम्रो । त्यस्तो कुराले तपाईलाई उनको नजरमा तल पर्ने सम्भावना रहन्छ । तपाईले पूर्व गर्लफ्रेन्डको बारेमा भन्नुभयो भने उनले आफुलाई पनि त्यस्तै व्यवहार गर्ने शंका गर्ने पक्का छ । आफ्ना जेन्युन इच्छाहरु उनलाई भन्नुस । तपाई उनलाई हेर्दा सिधै आँखामा हेर्नुस । यताउता आँखा नघुमाउनुस । केटीहरुलाई सिधै आँखामा हेरेको मनपर्छ । उनलाई दोस्रो पटक भेट्न बोलाउनुस । भेट्दा साथीजस्तै गरेर कुरा गर्नुस् त्यस्तो कुराले तपाईप्रतिको विश्वास बढाउनेछ । बरु भेटमा उनकै तारिख गर्नुस् । किनभने प्रशंसा सबैलाई मनपर्छ । महिलामा यो कुरा अलि बढी नै लागु हुन्छ । उनीसँग बसेको बेला अरु केटीलाई नहेर्नुस । यदि हेर्नुभयो भने यसले तपाईप्रति नकारात्मक भावना जगाउन सक्छ । उनलाई बुझ्ने कोशिस गर्नुस, उनैका कुराहरु सुन्नुस । उनलाई मनपर्ने, नपर्ने कुराहरु ख्याल गर्नुस । उनका रुचीहरुमा ध्यान दिनुस । उनलाई छुनुभन्दा अगाडी दुवै एक हुनु जरुरी छ । सामान्य देखिनुस, शान्त देखिनुस । उनका परिवार तथा साथीसँग पनि राम्रोसँग प्रस्तुत हुनु राम्रो हुनेछ । उनका साथी तथा दिदीबहिनीको पनि ख्याल गर्नुस् ।  उनलाई मन नपर्ने कुराको प्रसंगै नकोट्याउनसु । यदि तपाईले यो सबै कुरा व्यवारहा लागु गर्न सक्नु भयो भने तपाईले मन पराएकी युवतीले तपाईलाई पनि मन पराउन समय लाग्ने छैन ।  एजेन्सी

1 comments

Write Down Your Responses