(एजेन्सी)–पाँच वर्षअघि डेरेक न्यान्से आफूले खाएको केहि पनि कुरा पचाउन सक्दैनथे र बिरामी मात्र भइरहन्थे । डेरेकलाई केहि प्रकारको एलर्जी भएको र डक्टरले उनलाई थुप्रै प्रकारको डाइटहरुको प्रयोग गर्न सल्लाह दिएर उनको यो समस्याको कारण पत्ता लगाउने बताएका थिए । रोग पत्ता लाग्छ भनेर उनले सयौँ प्रकारका डाइटहरु खाए । उनी केहि समयका लागि शाकाहारी पनि भए र पछि उनले थाहा पाए कि उनको रोगको लागि एक थरी मात्र उपयोग हुन्छ जुन हो काँचो मासु । कसैलाई थाहा नभएको यस्तो अचम्म लाग्दो रोगको बारेमा अनुसन्धान गर्ने क्रममा डेरेक न्यान्सेले आफ्नो जस्तै रोगको शिकार भएका मानिसलाई भेटे । उक्त मानिसले न्यान्सेलाई काँचो मासु मात्र खाएर बस्न सके रोगको उपचार हुनसक्ने बताए । उनलाई यस्तो बताउने मानिस वेस्टन प्राइसभन्ने डेन्टिस्ट हुन् जो काँचो मासुमा निकै शौखिन थिए । उनका अनुसार, काँचो मासुमा मात्र भरपर्ने प्राचिन मानिसहरु अहिलेको मानिसहरुभन्दा निकै स्वस्थ र बलियो भएका र उनको यो समस्यामा काँचो मासुले मात्र सहयोग गर्ने बताए । उनले खाएको प्रथम काँचो मासु उनको आफ्नै बाख्राको थियो र त्यसपछिका दिनहरुमा उनले काँचो मासु मात्र खाने गरेका छन् । सुरुका दिनहरुमा काँचो मासु खाएर उनलाई झाडापखाला लाग्यो र काँचो मासुमा हुने रगतका कारण उनको गलाको पछिल्लो भागमा एकदम नमिठो स्वादको महसुस गर्दथे । उनले यो अवस्थालाई मांसाहारी हुनका लागि गर्नुपरेको संघर्ष बताउँछन् । उनी अहिले आफ्नो यो अवस्थामा निकै खुसी छन् कि उनले जनावरको बोसोले नै आफ्नो दाँत नै सफा गर्ने गर्दछन् । समाजले उनलाई हेर्ने नराम्रो दृष्टिकोणबाहेक काँचो मासुले उनलाई फाइदै फाइदा पु¥याएको छ । यसका साथसाथै, मिठो मासु खाने मनसायका साथ उनले थुप्रैजनावरहरुको शिकार गरे र यसरी नै उनले कसाइको पेसा अंगाले । उनी आफ्नो काममा एकदम खुसी छन् र जनावरहरुको खप्पर फोड्ने, गिदि खानेजस्ता कुराहरु खुलेर गर्छन् ।
अब मानवको मात्र होइन यन्त्रमानवको पनि बिहे हुने दिन आएको छ । यन्त्रमानव अर्थात् रोबोट निर्माणको अग्रणी देश जापानले विश्वमै पहिलोपटक एक जोडी रोबोटको भव्य रुपमा विवाह गरिदिएको छ ।
जापानको राजधानी टोकियोमा यो अनौठो विवाह सम्पन्न भयो । रोबोट बेहुलाको नाम फ्रायोस थियो भने बेहुलीको नाम युक्रिन । दुबैले परम्परागत जापानी पहिरन लगाएका थिए ।
मावा डेन्की नामक कम्पनीले रोबोट विवाह कार्यक्रमको आयोजना गरेको हो । इलेक्ट्रोनिक्स सामान उत्पादन गर्ने कम्पनी मावाले फ्रायोस रोबोटको डिजाइन गरेको थियो । युक्रिनको अनुहार जापानकी पप स्थार युकी काशीवागीको जस्तै छ । तथापि विवाह समारोहमा बेहुली रोबोटलाई रोबोरिन भनेर पनि सम्बोधन गरियो । कपिराइटको कानूनी झमेलाबाट बच्नका लागि यसो गरिएको बताइएको छ ।
उक्त रोबोट विवाहमा पाहुनाहरुलाई आमन्त्रण गर्नका लागि विवाह कार्ड पनि छपाइएको थियो । जहाँ एउटा मुटुभित्र दुइवटा रोबोटको चित्र अंकित थियो ।
यो विवाह समारोहमा बेहुला बेहुली मात्र होइन जन्तीहरु पनि रोबोट नै थिए । दुबै तर्फका गरी झण्डै १ सय वटा रोबोट जन्ती विवाहमा उपस्थित थिए । जसमध्ये धेरैले परम्परागत पहिरन लगाएका थिए । प्रसिद्ध कम्पनी सफ्टब्यांकले बनाएको रोबोट पाइपर पनि त्यहाँ उपस्थित थियो र उसैले रोबोट विवाह सम्पन्न गर्यो ।
विवाह समारोह पछि फ्रायोसयोस र युक्रिनले संयुक्त रुपमा केक काटे र एक अर्कामा चुम्बन पनि गरे । उक्त केक सक्कली थियो वा नक्कली त्यो भने खुलाइएन । विवाह पछि अटोमेटेड अर्केस्ट्राले बेहुला बेहुलीका लागि पहिलो नाचको लागि संगीत बजाएको थियो ।
विवाह समारोहको संचालक पनि एउटा सानो रोबोट नै थियो । पाल्मी नामक उक्त रोबोटले माइकमार्फत कार्यक्रम संचालन गर्यो । बेहुली युक्रिनको साथमा एक रोबोट लोकन्ती पनि उपस्थित थियो ।
अहिले अखाद्य पदार्थ मिसिएको म्यागी तथा मायोज चाउचाउमाथिको प्रतिबन्धको विषयले चर्चा पाइरहेको छ । भारतमा त करोडौँ मूल्य बराबरका म्यागी चाउचाउ नष्ट नै गरियो । चाउचाउले बजार तताइरहेका बेला फेरि अर्को भयानक तथ्य बाहिर आएको छ । मानिसले सबैभन्दा धेरै प्रयोग गर्ने खाद्य पदार्थ चामल प्लास्टिकबाट बनाइने गरिएको खुलासा भएको छ ।
समाचार अनुसार चीनका कतिपय कम्पनीहरुले प्लास्टिकबाट चामल बनाउने गरेका छन् । विश्वासै नलाग्न सक्छ । चीनमा उत्पादन हुने उक्त प्लास्टिकको चामल भारतका साथै सिंगापुर, इण्डोनेसिया तथा भियतनाम सम्म निर्यात भैसकेको बताइएको छ । यद्यपि सिंगापुरको स्ट्रेट्सटाइम अनलाइनले भने प्लास्टिकको चामल सिंगापुर आइनपुगेको जनाएको छ ।
पछिल्लो केही वर्षदेखि चीनमा प्लास्टिकबाट चामल उत्पादन गर्ने गरिएको र त्यस्तो अखाद्य चामललाई सामान्य चामलमा मिसाएर बिक्रि गर्ने गरिएको पाइएको छ । सामान्य चामलमा मिलाएपछि प्लास्टिकको चामललाई पहिचान गर्न तथा छुट्टाउन गाह्रो हुन्छ ।
यस्तो चामल सेतो प्लास्टिकबाट बनाउने गरिन्छ । यो चामल पानीमा पकाउँदा तुरुन्तै गल्दछ, असली चामलजस्तै गरी पाकेर भातको सिता जस्तै बन्दछ । फरक यत्तिमात्र हो की असली चामलको भात खाइसकेपछि सरीरमा पोषक तत्व प्रदान गर्न भने यो चामलको भात खानु भनेको एउटा ठूलो पोलिथिनको झोला खाए बराबर हो, जुन हानिकारक हुन्छ ।
समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।
समाचार अनुसार चीनको शान्जी प्रान्तस्थित ताइयुआनमा सबैभन्दा धेरै प्लास्टिकको चामल उत्पादन तथा बिक्रि हुने गरेको छ । स साना पसलेहरुले धेरै नाफा कमाउनका लागि यस्तो चामलको अत्यधिक मात्रामा खरीद बिक्रि गर्ने गरेका छन्. ।
यसैबीच प्लास्टिकको अखाद्य चामल उत्पादन भैरहेको समाचार सार्वजनिक भएसँगै चीन सरकारले यसबारेमा चासो देखाएकेा छ । घरेलु व्यापार सम्बन्धी मन्त्री हसन मलिकले यो विषयमा छानविनको आदेश दिएका छन् ।
प्लास्टिकको चामल उत्पादन भैरहेको एक कारखानाको भिडियो हालै सार्वजनिक भएपछि त्यो इन्टरनेटमा भाइरल बनेको छ ।
मन हल्का पार्नको लागि मज्जाले रोएर प्रसस्तै आँशु झार्नुपर्छ भन्ने मान्यता छ । तर २० वर्षकी यी युवती भने धक फुकाएर रुन पनि सक्दिनन् । उनी जब रुन्छिन् उनको आँखाबाट आँशुको साटो रगतका धारा बग्न थाल्छन् । उनी जति रुन्छिन् उत्ति नै उनको आँखाबाट रगत चुहिन्छ ।
आँखाबाट रगतको आँशु झर्ने पीडा चिलीकी एक २० वर्षे युवतीले एक महिनादेखि झेलिरहेकी छिन् । चिलीको पुरानक क्षेत्रकी बासिन्दा यारित्जा ओलिभाको आँखाबाट आँशुको साटो रगत किन बग्यो ? भन्ने कुराको भेउ पाउन डाक्टरहरुले पनि सकेका छैनन् । उनी रुँदाखेरी आँखामा निकै पीडा हुन्छ र रगत बग्छ । यति पीडा हुन्छ की उनलाई सहनै गाह्रो हुन्छ र थप रुनुपर्छ । डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेपछि सामान्य थोपा औषधि दिएका छन् ।
आँखाबाट आँशुको रुपमा रगत बग्ने यस्तो समस्यालाई हेमोलार्किया भनिन्छ । इन्फेक्सन, टाउकाको चोट तथा ट्युमर लगायतका कारणबाट यस्तो समस्या पैदा हुने बताइन्छ ।
नाइजेरियाको कादुना स्टेटस्थित कारारको जनरल अस्पतालमा एक ३० वर्षीया महिलाले एउटा यस्तो बालकलाइ जन्म दिएकी छन, जसको दिमागनै छैन ।
इन्फोर्मेशन नाइजेरिया को एक रिपोर्ट अनुसार, हेर्दामा यो बच्चा कुनै बाँदरको बच्चा जस्तै देखिन्छ, तर यसको दिमाग भने छैन । अस्पताल प्रशासनले बताए अनुसार अहिले जन्मिएको यो बच्चा सामान्य छैन, यसै कारणले यस बच्चाको मृत्यु भएको छ ।
यद्दपी यस अचम्मको बच्चाको जन्मपछि त्यस क्षेत्रका मानिसहरूमा डरको वातावरण श्रृजना भएको छ । डक्टरहरू यस बालकको सम्बन्धमा कुनै पनि नतिजामा पुग्न सकेका छैनन । जब डक्टरहरूसंग सोधियो, उनीहरूले बताए अनुसार यस बच्चाको पुरा शिरनै थिएन । शिर त थियो तर नभएकै बराबर थियो ।
यद्दपी उक्त बच्चा धेरै समय जिउँदो भने रहन सकेन । जन्मिएको केही घण्टा पछिनै उसको मृत्यु भएको थियो ।
इन्फोर्मेशन नाइजेरिया को एक रिपोर्ट अनुसार, हेर्दामा यो बच्चा कुनै बाँदरको बच्चा जस्तै देखिन्छ, तर यसको दिमाग भने छैन । अस्पताल प्रशासनले बताए अनुसार अहिले जन्मिएको यो बच्चा सामान्य छैन, यसै कारणले यस बच्चाको मृत्यु भएको छ ।
यद्दपी यस अचम्मको बच्चाको जन्मपछि त्यस क्षेत्रका मानिसहरूमा डरको वातावरण श्रृजना भएको छ । डक्टरहरू यस बालकको सम्बन्धमा कुनै पनि नतिजामा पुग्न सकेका छैनन । जब डक्टरहरूसंग सोधियो, उनीहरूले बताए अनुसार यस बच्चाको पुरा शिरनै थिएन । शिर त थियो तर नभएकै बराबर थियो ।
यद्दपी उक्त बच्चा धेरै समय जिउँदो भने रहन सकेन । जन्मिएको केही घण्टा पछिनै उसको मृत्यु भएको थियो ।






