आँखा दुख्ने, टाउको दुख्ने, धमिलो देखिने, आँखा सुक्खा हुने, पोल्ने, बटारिने, आँखा चिलाउने, घाँटी र कुम दुख्नेजस्ता समस्या देखिन्छन्
-डा. अमित केसीके हो कम्प्युटर भिजन सिन्ड्रोम ?
कम्प्युटर भिजन सिन्ड्रोम अथवा प्राबिधिक आँखा दुखाई भनेको लामो समय कम्प्युटर, मोबाईललगायत बस्तुको हेराई वा प्रयोगको कारणले आँखा र दृष्टिमा आउने समस्या हो भनेर बुझ्नुपर्छ। धेरै मानिसले लामो समय यस्ता वस्तु हेर्दा, पढ्दा आँखा असजिलो वा अप्ठेरो महसुस गर्छन र त्यसको मात्रा हेराई, पढाईको समय संगसंगै बढ्दै जान्छ। मतलब जति बढी स्क्रीनको प्रयोग भयो उति बढी अप्ठेरो महसुस हुन्छ।

कम्प्युटर भिजन सिन्ड्रोमका सामान्य लक्षण :
१. आँखा दुख्ने
२. टाउको दुख्ने
३. धमिलो देखिने
४. आँखा सुक्खा हुने, आँखा पोल्ने, बटारिने
५. आँखा चिलाउने
६. घाँटी र कुम दुख्ने
१. आँखा दुख्ने
२. टाउको दुख्ने
३. धमिलो देखिने
४. आँखा सुक्खा हुने, आँखा पोल्ने, बटारिने
५. आँखा चिलाउने
६. घाँटी र कुम दुख्ने
यी लक्षण निम्न कारणले गर्दा अझ बढ्न सक्छन् :
१. कम्प्युटर, मोबाइल चलाउने कोठामा प्रकाश नमिलेमा
२. कम्प्युटर स्क्रीनमा कुनै बस्तु टल्किएमा, चम्किएमा
३. स्क्रीन हेर्ने दूरी नमिलेमा
४. बसाईको अवस्था नमिलेमा
५. आँखामा दृष्टि दोष भएमा
२. कम्प्युटर स्क्रीनमा कुनै बस्तु टल्किएमा, चम्किएमा
३. स्क्रीन हेर्ने दूरी नमिलेमा
४. बसाईको अवस्था नमिलेमा
५. आँखामा दृष्टि दोष भएमा
धेरैजसो अवस्थामा यस्ता समस्या अस्थायी हुन्छन् र कम्प्युटर वा मोबाइलको काम गर्न छाडेपछि आफैँ हराउँछन् । तर कसैको आँखामा चस्मा र अरु समस्या छन् भने कम्प्युटर हेर्न छोड्दा पनि यो समस्या रहिरहन सक्छ। यदि यो समस्याको समाधान समयमै गरिएन भने यसले अरु बिकराल रुप लिंदै जान्छ र भविष्यमा कम्प्युटर, मोबाइल चलाउनै नसक्ने पनि हुन सकिन्छ।
यो समस्याको समाधानका लागि कम्प्युटरको स्क्रीनमा प्रकाश कन्ट्रोल गर्ने, हेर्ने दुरी मिलाउने, एसी कुलर पंखा सिधा आँखामा नपार्ने, कोठाको लाइट सिधा कम्प्युटर वा आँखा मा नपार्ने र सानोभन्दा सानो दृष्टि दोष देखिएमा पनि डाक्टरको सल्लाहअनुसार चस्मा लगाउने गर्नुपर्छ ।
यो समस्या छ भनेर कसरी पत्ता लगाउने ?
दुइ घण्टाभन्दा बढी कम्प्युटर वा मोबाइल चलाउने व्यक्तिलार्इ यो समस्या बढी हुन्छ र यो समस्या छ कि छैन भनेर पत्ता लगाउन आँखाको डाक्टरलाई नै भेटेर केही बिशेष जाँच गर्नुपर्ने हुन्छ। जसमा आँखाको दृष्टि क्षमता, दृष्टि दोष, आँखाले कुनै पनि चीज हेर्दा, पढ्दा मांशपेशीको खिचाब, तनाब बहन गर्न सक्ने क्षमता, दुवै आँखाले बराबर काम गर्न सक्ने खुबी आदिको जाँच गरिनुको साथै बिरामीको शारीरिक समस्या, औषधिको प्रयोग र बिरामीले काम गर्ने वातावरणको पनि विस्तृत छलफल गर्नुपर्ने हुन्छ।
कम्प्युटर भिजन सिन्ड्रोम को समाधान
कम्प्युटर भिजन सिन्ड्रोम समस्याको समाधान प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्था, आँखाको समस्या, काम गर्ने वातावरण र उसको दृष्टि क्षमताअनुसार फरक–फरक हुन सक्छन् । तर यहाँ केही यस्ता बिषयका बारेमा छलफल गरिएको छ जसका कारण यो समस्या कम गर्न वा निराकरण गर्न धेरै नै मद्द्त मिल्दछ।
१. आँखा स्वास्थ्य : कुनै–कुनै अवस्थामा सधैंका लागि चस्मा लगाउन नपर्ने व्यक्तिले पनि कम्प्युटर चलाउँदा बिशेष चस्मा लगाउनुपर्ने हुन सक्छ भने सँधैं चस्माको पावर लगाउने व्यक्तिले उसको चस्माको पावर कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने पनि हुन्छ। साधारण अवस्थाका लागि कन्ट्याक्ट लेन्स र चस्मा दिएको छ भने त्यही चीज कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने हुन्छ, जसमा लेन्सको डिजाइन, लेन्सको पावर परिवर्तन गरि रङ र कोटिंग हालेर आँखालाई आराम र सजिलो बनाउन सकिन्छ।
कुनै–कुनै अवस्थामा चस्मा र कन्ट्याक्ट लेन्सले पनि राम्रो काम नगरेमा आँखाको कोअर्डिनेसन मिलाउने भिज्युअल ट्रेनिङको पनि जरुरत पर्छ। यस्ता ट्रेनिंग डाक्टरको सल्लाह र निगरानीमा आँखा क्लिनिक, आफनै घर वा अफिसमा पनि गर्न सकिन्छ।

२. कम्प्युटरको दुरी र अवस्था : कम्प्युटर चलाउँदा आवश्यक पर्ने केही महत्वपूर्ण कुराहरु कोठाको प्रकाश, कुर्चीको बसाई, आफूले हेर्ने बस्तुको दुरी, कम्प्युटरको मोनिटरको अवस्था र आफूले आँखालाई बेला–बेलामा दिने आराममा भर पर्छ। धेरैजसो मानिसहरु कम्प्युटरलाई आँखाभन्दा तल राख्दा आराम भएको महसुस गर्छन। जसमा कम्प्युटरको स्क्रीन आँखाको लेबलभन्दा १५–२० डिग्री वा ४–५ इन्च तल र २०–२८ इन्च पर हुनु पर्छ।
कम्प्युटरमा धेरै टाईप गर्नुपर्ने व्यक्तिले आफूले टाइप गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ। यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।
कम्प्युटरमा धेरै टाईप गर्नुपर्ने व्यक्तिले आफूले टाइप गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ। यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।
३. प्रकाश : कम्प्युटरको सेटिङ गर्दा झ्याल वा चिमको प्रकाश स्क्रीनबाट परावर्तन भै आँखामा नपर्ने किसिमले सेटिंग गर्नुपर्ने हुन्छ। यदि त्यो सम्भव नभएमा झ्यालमा पर्दा र चिम थोरै वाटको राख्नुपर्छ। यदि प्रकाशको परावर्तन अझै पनि राम्रोसंग रोक्न सकिएन भने कम्प्युटरको स्क्रीनमा एन्टी–ग्लेयर फिल्टर पनि प्रयोग गर्न सकिन्छ।
५. आँखालाई आराम : आँखाको दुखाई कम गर्न हामीले बेला– बेलामा आँखालाइ आराम दिनु पर्छ। यदि हामीले २ घण्टासम्म लगातार कम्प्युटर, मोबाइलमा काम गर्छौं भने १५ मिनेट आँखालाइ आराम दिनुपर्छ। साथै २०/२०/२०/२० नियम पनि पालन गर्नुपर्छ। जसमा कम्प्युटर हेरेको प्रत्येक २० मिनेटमा २० सेकेन्ड आँखा बन्द गर्ने, अनि २० फीट पर हेर्ने, अनि २० पाइला हिँड्ने। यसो गर्दा के हुन्छ भने – २० सेकेन्ड आँखा बन्द गर्दा हाम्रो आँखाले उत्पादन गरेको आँशुले आँखालाई पूरा भिजाउन पाउँछ र हाम्रो आँखा सुक्खा हुन पाउन्न , २० फीट पर हेर्दा हाम्रो आँखाको मांशपेशीले आराम पाउँछ र २० पाइला हिँडदा घाँटी र ढाडको समस्या कम हुन्छ।
६. आँखा झिमझिम गर्ने : साधारण मानिसले एक मिनेटमा २२–२५ पटकसम्म आँखा झिमझिम गर्छ तर लामो समय कम्प्युटर चलाउँदा हाम्रो आँखा झिमझिम गर्ने दर १०–१२ पटकमा झर्छ। त्यसो हुँदा हाम्रो आँखा सुक्खा भै पोल्ने बिझाउने समस्या आउछ, त्यसैले लामो समय कम्प्युटर चलाउँदा बेला–बेलामा सम्झिएर आँखा झिमझिम गर्नुपर्छ। यदि त्यसो गर्दा पनि आँखा पोल्न बिझाउन छाडेन भने सुक्खा आँखाको जाँच गर्नुपर्ने हुनसक्छ । आँखाको आँसु नै सुकेको हुनसक्छ । यसका लागि डाक्टरको सल्लाहअनुसार आँसु बढाउने औषधि प्रयोग गर्न सकिन्छ।
अन्त्यमा नियमित आँखा जाँच,सही हेराईका बानी, चस्माको प्रयोग र विशेषज्ञसंगको परीक्षण, उपचार र परामर्शले कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न मद्दत गर्दछ।
अन्त्यमा नियमित आँखा जाँच,सही हेराईका बानी, चस्माको प्रयोग र विशेषज्ञसंगको परीक्षण, उपचार र परामर्शले कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न मद्दत गर्दछ।
(लेखक लुम्बिनी आँखा उपचार क्लिनिक, मणिग्राम रुपन्देहीमा नेत्र चिकित्सकका रुपमा कार्यरत छन्)
- See more at: http://swasthyakhabar.com/2015/02/21648.html#sthash.cUluCkwF.dpufपिनास वा साइनोसाइटिस भनेको के हो?
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो।साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा),म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडलसाइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडल साइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजलसाइनसेस(Paranasal sinuses) पनि भनिन्छ।
किन हुन्छ साइनोसाइटिस?
साइनोसाइटिस हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट आउनुहावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउननसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप(Polyp), ट्युमर आदिले पनिसाइनसका मुखहरु बन्द गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्। साथैचुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस हुनसक्छ। त्यस्तै रुघाकोऔषधीहरु (एन्टिहिस्टामीनिक्स/Antihistaminics - जसले नाकको तरल पदार्थ कम गरीसुख्खा बनाउँछ)को बढि प्रयोग, सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएकोहावा)मा श्वास लिने गर्नाले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थम्युकस(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस हुनसक्छ।
कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ।
क) एलर्जीक साइनोसाइटिस
ख) भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने साइनोसाइटिस
एक्युट र क्रोनिक साइनोसाइटिस भनेका के हुन्?
एक्युट साइनोसाइटिसः- ३० दिनभन्दा कमको साइनोसाइटिस। १० दिनभन्दा कमसमयसम्म रहने साइनोसाइटिस प्राय: भाइरल संक्रमणका कारणले गर्दा हुनेगर्छ। यदि १०दिनभन्दा बढि यो समस्या रहेमा व्याक्टेरियल कारण हुने सम्भावना बढि रहन्छ।
क्रोनिक साइनोसाइटिसः- ३ महिना वा १२ हप्ताभन्दा बढि रहने साइनोसाइटिस। प्राय:गरेर एलर्जीक व्यक्तिहरुमा नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा साइनोसाइटिसलामो समयसम्म रहने हुन्छ।
आफूलाई साइनोसाइटिस भएको कसरी थाहा पाउने? यसका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु निम्न हुन्।
१) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,
२) नाक बन्द भइरहने,
३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
४) सँुघ्ने शक्तिमा कमि आउने आदि
कसैकसैमा विशेष गरी एक्युटसाइनोसाइटिसमा ज्वरोआउने जीउ दुख्ने पनि हुन्छ।त्यस्तै टाउको विशेष गरीअगाडी झुक्दा दुख्ने भारीभएको जस्तो लाग्ने हुन्छ।म्याक्जिलरी साइनोसाइटिसभएको हो भने माथिकादाँतहरु दुख्ने गालातिर दुख्नेर इथमोइडल साइनोसाइटिसभएको हो भने आँखाहरुको पछाडि दुख्ने हुनसक्छ।
साइनोसाइटिस र रुघा भाइरल यु आर आइ/Viral URI (Upper Respiratory Infections), एलर्जीक राइनाइटिस(Allergic Rhinitis) भनेका फरक कुराहरु हुन्। रुघार भाइरल URI भनेका नाक र माथिल्लो श्वासप्रश्वास नलीको साधारण संक्रमण वाइन्फ्लामेसन हो। एलर्जीक राइनाइटिस भनेको नाकबाट लगातार पानी जस्तो तरल पदार्थबगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हो, यो प्राय: गरेर मौसमकोपरिवर्तनसँगै देखिने गर्छ।
नाक, श्वासप्रश्वासको नली, साइनसहरु, घाँटी आदी एकआपसमा जोडिएका हुनाले यीसमस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय: लक्षण र रोगहरु संयुक्त रुपमादेखिन्छन्। जस्तै साधारण रुघाबाट शुरु भएर पछि साइनोसाइटिस हुनसक्छ, त्यस्तैसाइनोसाइटिस, URI एकैपल्ट पनि देखिनसक्छ।
यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दती अपनाउनुवा औषधी सेवन गर्नु उचित हुन्छ।
यो समस्याको लागि के के जाँचहरु गर्नुपर्ने हुनसक्छ?
साइनोसाइटिस प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छअर्थात क्लिनिकल डायग्नोसिस गरिन्छ।
तर कहिलेकाहीं यो विभिन्न प्रकारका टाउको दुख्ने रोगहरु क्लस्टर हेडएक(Cluster Headache), माइग्रेन हेडएक(Migraine Headache) आदी दाँतको समस्याहरु, URI(Upper Respiratory Tract Infections), आँखाको समस्याहरु आदीसँगझुक्किने हुन्छ। साथै क्रोनिक साइनोसाइटिसमा लामो समयसम्म किन साइनोसाइटिसठिक नभएको भनी कारण थाहा पाउनुपर्ने हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटिस्क्यान, रगतको जाँच (सेतो रक्तकोषहरुको संख्या, प्रकार, इ एस आर/ESR, ANCA कोमात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्नेहुनसक्छ।
साथै लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक साइनोसाइटिसहरुको बारेमा नाककान घाटी रोग विशेषज्ञसँग छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।
यसको उपचार के हो?
साइनोसाइटिस प्राय: गरेर भाइरल संक्रमणका कारणले गर्दा हुने भएकोले यसको उपचारसिमटोम्याटिक अर्थात लक्षणहरुको उपचार गर्ने हुन्छ। भाइरल साइनोसाइटिसमाएन्टिबायटिकले काम गर्दैन र ७ देखि १० दिनमा यो आफैं ठिक भएर जान्छ। हाम्रोमायस्ता समस्याहरुमा एन्टिबायटिक प्रयोग नगर्ने डाक्टर र एन्टिबायटिक खान नखोज्नेविरामी विरलै भेटिन्छन्, जसले गर्दा एन्टिबायटिकहरुको दुरुपयोग बढ्दो मात्रामा हुनेगर्छ। हेर्नुहोस्- http://myhealthynepal.blogspot.com/2011/01/blog-post_11.html
यसको उपचारमा प्रयोग गरिने औषधीहरु:-
१) टपिकल डिकन्जेस्टेन्ट(Topical Decongestant) वा नाकभित्र प्रयोग गरिने बन्दनाक खुलाउने औषधीहरु। जस्तै अक्सीमेटाजोलीन/ Oxymetazoline
२) टपिकल स्टेरोइड(Topical Steroid) - सिस्टेमीक स्टेरोइडले भने साइनोसाइटिसमाकेहि फाइदा गर्दैन।
३) म्युकोलाइटिक(Mucolytic) - यसले नाकको स्रावलाई पातलो बनाएर यसलेसाइनसहरुको बन्द मुख खोल्नुका साथै साइनस सफा गर्न पनि मद्दत गर्छ।
४) दुखाइ ज्वरोका औषधीहरु(Painkillers) - पारासिटामोलले साइनोसाइटिसको ज्वरोटाउको दुखाइमा काम गर्छ। ब्रुफेन, इन्डोमेथासिन जस्ता पेनकिलरहरुको धेरै प्रयोग गर्नुहुदैंन।
५) एन्टिबायटिक्स(Antibiotics) - भाइरल साइनोसाइटिसमा यसले केहि काम गर्दैन।हुनसक्ने सम्भावित व्याक्टेरियल संक्रमणलाई रोक्न यसको प्रयोग गर्न सकिन्छ तरत्यसो गर्दा फाइदा र बेफाइदा राम्रोसँग विचार गरेर मात्र प्रयोग गर्ने गर्नुपर्छ। व्याक्टेरियलसंक्रमण हुनसक्ने अवस्थाहरु (उच्च ज्वरो आउने, एक्कासी अनुहार दुख्ने, सुन्निने, रातोहुने भएमा, १० दिनभन्दा लामो समयसम्म ठिक नभएमा, लक्षणहरु पहिला कम भएरफेरी दोहोरिएमा) मा भने एमोक्सीसीलिन, एमोक्सी-क्लाभ, एजिथ्रोमाइसिन, सेफाक्लोरआदी एन्टिबायटिकहरुको प्रयोगले फाइदा गर्ने गर्छ।
यसको साथै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ। पानी मात्रको वाफ वा पानीसँगभिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गईआराम महसुस हुन्छ। त्यस्तै मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहिराहत मिल्छ। मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनियसको दुखाइ कम हुन्छ।
साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ?
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको मात्रा कमि हुन दिदैन रसाइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ।
२) नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
३) धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराबअसर पुर् याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
स्रोतहरु:-
मधुमेह रोगीहरुले यो खान नहुने, त्यो खान नहुने, यो बार्नुपर्ने, त्यो बार्नुपर्ने भनेर भनिन्छ। विकसित देशहरुमा डायटिसियनसँग छलफल गरेर खानाको बारेमा राम्रो जानकारी लिएर त्यसै अनुसार गर्ने गर्छन्। हाम्रो देशमा त्यो अलि सम्भव हुदैंन। चिनीरोगीको खाना भनेको एक छाक सुख्खा रोटी, एक छाक उसिनेको चामलको भात, चिनी नहालेको चिया यस्तैयस्तै हुन्छ। गुलियो कुरा केही नि खानु हुदैंन, माटोमुनि फल्ने आलु, पिडालु खानुहुदैंन भन्ने गरिन्छ। आज मधुमेहका रोगीले के खान हुने, के नहुने बारे चित्रहरुका मार्फत केही जानकारी दिने प्रयास गर्दैछु।
वास्तवमा भन्ने हो भने मधुमेहका रोगीले (र सकेसम्म सबैले पनि)खानुपर्ने खाना भनेको 'सन्तुलित खाना/Balanced Diet' नै हो। चित्रमा देखाएको खानाहरुको समिश्रणलाई 'प्लेट मोडल' भनिन्छ अर्थात् सम्पूर्ण खानालाई एउटा प्लेट मानेर त्यसको कति भाग के खाने भनेर बाडिएको मोडल। जस्तो माथिको चित्रमा एक छाकको खाना/एक प्लेटलाई बराबर तीन भागमा बाँडिएको छ। एक भागमा कार्बोहाइड्रेट, दोस्रोमा भिटामीन र खनिज पदार्थ र तेस्रो भागमा प्रोटिन र चिल्लो पदार्थ राखिएका छन्। चित्रमा कार्बोहाइड्रेट, भिटामीन, खनिज, प्रोटिन, चिल्लो पदार्थ पाउने खानाहरु पनि देखाइएका छन्। त्यसैले मधुमेह रोगीहरुले पनि सबै खालका खानाहरु खान हुन्छ तर सन्तुलित रुपमा खानुपर्ने हुन्छ। सामान्य अवस्थामा खाना सन्तुलित नभए पनि तत्कालै खासै फरक पर्दैन तर मधुमेह रोग लागेपछि भने खाना सन्तुलित हुनु अति जरुरी हुनजान्छ, जुन गर्न अलि गाह्रैं हुन्छ। त्यसैले प्राय: चिकित्सकहरुले सजिलोको लागि गुलियो पदार्थ, चामलको भात नखानु भन्छन्, तर ती खानै नहुने भने पक्कै होइन।
शरीरमा चिनीको मात्रा नियन्त्रित राख्नु अति जरुरी हुन्छ। सामान्य अवस्थामा यो काम इन्सुलिन र अन्य हर्मोनहरुले आफैं गरिरहेका हुन्छन्। तर मधुमेह भएपछि त्यो सम्भव हुदैंन र रगतमा चिनीको मात्रा नियन्त्रण गर्ने जटिल काम विरामी आफैंले परिवार, चिकित्सक र औषधीहरुको सहयोगमा गर्नुपर्ने हुन आउँछ। चिनीको मात्रा नियन्त्रित राख्न सकिएमा मधुमेहका खराब असरहरुलाई धेरै कम गर्न र पछाडी सार्न सकिन्छ।
मधुमेहमा पोषण सम्बन्धी पालना गर्नुपर्ने केही महत्वपूर्ण बुँदाहरु चित्रमा दिइएका छन्। माथि भनिए जस्तै यी कुराहरु मधुमेह रोगीका लागि मात्र नभएर सबैजनाले अपनाउनु सबैभन्दा उत्तम हुन्छ। त्यस्तै घरमा मधुमेह रोगीका लागि भनेर छुट्टै प्रकारको खाना बनाएर छुट्याउनु पनि हुदैंन। बरु घरका सबैजनाले सन्तुलित खाना खानु उचित हुन्छ।
कार्बोहाइड्रेट खानामा हुने शक्तिको प्रमुख स्रोत हो। त्यसैले यो अति जरुरी हुन्छ। दिनभरी चाहिने जम्मा क्यालोरी शक्तिको ५० देखि ६०% कार्बोहाइड्रेटबाट लिनुपर्छ। त्यसमा खस्रोपना भएका खानाहरु/Fibre Dietsको बढी मात्रामा प्रयोग गर्नुपर्छ, त्यो भन्नाले उसिना चामल, मिलमा नपिनीएको चामल, ब्राउन राइस, मकैको पिठो, गहुँको पिठो आदी पर्छन्।
माछामासु, अण्डा, दूधदही पनि खान नहुने भन्ने होइन। यिनमा प्रोटिनको मात्रा प्रशस्त हुन्छ र शरीरको वृद्धिविकास, मर्मतसम्भारको लागि यो आवश्यक हुन्छ। त्यसैले चिल्लो कम भएका प्रोटिनयुक्त खानाहरु आवश्यक मात्रामा खान जरुरी हुन्छ। मधुमेहका कारणले मृगौलामा समस्या देखापरेमा भने चिकित्सकको सल्लाहमा प्रोटिनयुक्त खानाको मात्रा घटाउनुपर्ने हुनसक्छ।
भिटामीन, खनिज पदार्थ भएका हरियो सागसब्जी, फलफूलहरु पनि आवश्यक मात्रामा सेवन गर्नुपर्छ। रेशादार खानाहरुले खानापछि रगतमा चिनीको मात्रा नियन्त्रणमा राख्न, रगतमा बोसो कोलेष्टेरोलको मात्रा नियन्त्रणमा राख्न, कब्जियतको समस्या कम गर्न, रक्तचाप नियन्त्रणमा राख्न मद्दत गर्ने गर्छ।
चिल्लो पदार्थ पनि हाम्रो शरीरका लागि आवश्यक हुन्छ। तसर्थ यो पनि प्रयोग गर्नुपर्ने हुन्छ तर आवश्यक मात्रामा मात्र र स्वर्थवर्धक तेलको प्रयोग गर्नुपर्छ। के हो त स्वस्थवर्धक तेल भनेको? मुटुको लागि राम्रो मानिने बोसो HDL/एचडिएलको मात्रा बढाउने र हानिकारक बोसो(LDL)लाई घटाउने खालका तेलहरु (जस्तै चित्रमा हरियो बक्समा देखाइएका तेलहरु)लाई स्वस्थवर्धक तेल भनिन्छ। कुन तेल स्वस्थवर्धक हो र कुन होइन भनेर सजिलै थाहा पाउन- जुन तेल सामान्य तापक्रममा तरल हुन्छ, ती सामान्य तापक्रममा जम्ने तेल वा घ्युभन्दा स्वस्थवर्धक हुन्छन्। रातो बक्समा भएका तेल, घ्युहरु स्वास्थ्यका लागि हानिकारक हुन्, तिनीहरुको सेवन सकेसम्म कम गर्नुपर्छ। त्यस्तै ओमेगा-3 बोसो भएको माछाको सेवन पनि स्वास्थ्यको लागि राम्रो मानिन्छ।
माथिका खानाहरुको साथसाथै पानी पनि प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। दिनभरमा कम्तिमा ६ देखि ८ गिलास पानी सेवन गर्ने गर्नुपर्छ।
अन्त्यमा,
मधुमेहका रोगीले खान नहुने र अन्य सबैजनाले पनि सकेसम्म कम खानुपर्ने केही खानेकुराहरु र भोक लागेमा थप खान सकिने खानाहरु:
खाना सम्बन्धी उचित ज्ञान लिइ आफ्नो जीवन सहज, सरल र सुखद बनाऔं।

रामकुमारीको सधैंजसो टाउको दुखिरहन्छ। टाउको दुखेको बेलामा वाकवाकी लाग्ने,वान्ता हुने पनि गर्छ। उनको टाउको यति नराम्रोसँग दुख्छ कि कहिलेकाहीं त उनलाई टाउको चर्किएर फुट्ला जस्तै लाग्छ। उनको कहिले आधा टाउको त कहिले पूरै टाउको उम्लिएको जस्तै गरी दुख्छ। कति ठाँउमा जँचाइसकियो, कति डाक्टरलाई देखाइसकियो, तैपनि ठिक भएको हैन। एक्सरे को त के कुरा सिटी स्क्यान नै तीनचार पटक गरिसकियो, तैपनि न रोग पत्ता लाग्छ न त ठिक नै हुन्छ।
रामकुमारीलाई के भएको होला त?
माइग्रेन भनेको के हो?
माइग्रेन भनेको एक प्रकारको टाउको दुख्ने रोग हो। यो रोग भएका विरामीको टाउको भित्रका, मस्तिष्कका रक्तनलीहरु समयसमयमा फूक्ने गर्नाले ती रक्तनलीहरुका वरीपरीका स्नायुहरु (नसाहरु) तन्किन्छन् र ती स्नायुहरुले विभिन्न प्रकारका रसायनहरु निकाल्न थाल्छन्, जसले टाउकोभित्र इन्फ्लामेसन(Inflammation) गराएर टाउको दुख्ने तथा माइग्रेनका अन्य लक्षणहरु देखिने हुन्छ। टाउको र मस्तिष्कका रक्तनलीहरु किन त्यसरी फूक्ने गर्छन् भन्ने कुराको चाहिँ निश्चित कारण पत्ता लागेको छैन।
माइग्रेनका लक्षणहरु के के हुन्?
माइग्रेन एउटा क्रोनिक (लामो समयसम्म रही रहने) रोग हो र यसका लक्षणहरु बेलाबेलामा बल्झिरहने र पूर्णरुपमा ठिक हुन निकै नै गाह्रों हुने हुन्छ। यसमा प्राय:गरेर टाउकोको एक भागमा मात्र दुख्ने हुन्छ तर करिब एक तिहाइ विरामीमा यो दुवैतिर हुने गर्छ। साथै कहिले टाउकोको एकपट्टि र कहिले अर्को पट्टि दुख्ने गर्छ। यसमा टाउको टनटनी दुख्ने, बुलुकबुलुक उफि्रएको जस्तो गरी दुख्ने, कहिलेकाही आँखाका गेडाहरु दुख्ने, निधारतिर दुख्ने, घाँटीतिर दुख्ने पनि गर्छ। यसमा टाउको दुखाइको साथसाथै वाकवाकी लाग्ने, वान्ता हुने, उज्यालो प्रकाश, हल्ला, आवाज सहन नसक्ने, हातखुट्टा चिसो हुने आदि हुन्छन्। त्यसैले पनि यो टाउको दुखाइले समाएपछि विरामीहरु प्राय: अध्यारो कोठामा कसैसँग नबोली बस्दा आराम भएको महसुस गर्छन्।
यसको टाउको दुखाइ बल्झिनुभन्दा अघि कसैकसैमा (लगभग ४० देखि ६०%मा)चिडचिडापन आउने, निद्रा लागेको जस्तो हुने, लगातार हाई आइरहने, थकाई लागेको जस्तो हुने, मिजाजमा एक्कासी परिवर्तन आउने (डिप्रेशन/ Depression वा युफोरिया/ Euphoria) हुने आदि हुन्छ।
यसको टाउको दुखाइ करिब ६ देखि ४८ घण्टासम्म रहने गर्छ। त्यस्तै माइग्रेनको टाउको दुखाइ सकिएको करिब २४ घण्टासम्म विरामीले थकान महसुस गर्ने र मन्द टाउको दुखाइ महसुस गर्ने गर्छन्।
माइग्रेनमा औरा (Aura) भनेको के हो?
माइग्रेन भएको करिब २०% विरामीमा टाउको दुखाइ शुरु हुनु भन्दा अघि अनौठो प्रकारका लक्षणहरु देखिन्छन्। कसैले आँखा अगाडि चम्किला प्रकाशका उज्यालाहरु यताउति छरिएका देख्ने गर्छन् भने कसैले आँखा अगाडी कालो धब्बा देख्ने गर्छन्। त्यस्तै कसैकसैले अनौठो आवाजहरु सुन्ने गरेको वा अनौठो गन्ध महसुस गरेको पनि भन्ने गर्छन्। माइग्रेन टाउको दुखाइ अघिका यी लक्षणहरुलाई औरा (Aura) भनिन्छ। लामो समयदेखि माइग्रेन भएको विरामीहरुले यी लक्षणहरुका आधारमा आफूलाई टाउको दुखाइ शुरु हुन लागेको थाहा पाउँछन्।
माइग्रेन विभिन्न प्रकारका हुन्छन्। मष्तिस्कको कुन भागमा माइग्रेनको असर भएको हो, त्यस अनुसार लक्षणहरु फरकफरक देखिने गर्छन्।
भरटिब्रो बेसिलर माइग्रेन (Vertibro-basilar Migraine) - मष्तिस्कको ब्रेन स्टेम(Brainstem) भनिने भाग (सन्तुलन र होसमा राख्ने कार्य गर्ने मष्तिस्कको तल्लो भाग) मा माइग्रेनको असर परेको छ भने औराको रुपमा विरामी बेहोस हुने साथै रिंगटा, चक्कर लाग्ने, कुनैपनि वस्तु दुईटा देखिने (Double vision) गर्छ।
हेमीप्लेजीक माइग्रेन (Hemiplegic Migraine) - माइग्रेनको टाउको दुखाइसँगसँगै कसैकसैमा शरीरको कुनै भाग नचल्ने/ प्यारालाइसिस हुने (तर प्राय: गरेर केहि समयको लागि मात्र) गर्छ।
माइग्रेन रोग नै हो भनेर कसरी पत्ता लाग्छ?
माथि भनिएका लक्षणहरुको आधारमा माइग्रेन रोग हो भनेर अनुमान लगाउन सकिन्छ। यसको लागि कुनै निश्चित जाँच छैन र डाक्टरले गर्ने शारिरीक जाँचमा पनि प्राय:मा केहि पनि खराबी नदेखिने हुन्छ।
तर यो टाउको र मष्तिस्कका अन्य विभिन्न गम्भिर समस्याहरु (सबएराक्नोइड हेमोरेज/ Subarachnoid hemorrhage, स्ट्रोक/ Stroke, ब्रेन ट्युमर/ Brain Tumor, मेनिन्जाइटिस/ Meningitis) आदी सँग झुक्किने भएकोले ती रोगहरुबाट छुट्ट्याउनका लागि लक्षणहरु अनुसार डाक्टरको सल्लाहमा रगतको जाँच, टाउकोको सिटी स्क्यान, एम आर आइ, ढाडबाट पानी निकालेर गरिने जाँच आदी गर्न सकिन्छ।
यसको उपचार के हो?
यहाँ बुझ्नुपर्ने कुरा के छ भने माइग्रेनको उपचारले यो पूरा ठिक हुने र भविष्यमा कहिले पनि नदोहोरिने एकदमै कममा मात्र हुन्छ। तर त्यसो भनेर निरास हुनुपर्ने अवस्था छैन किनकी माइग्रेनका लक्षणहरु कम गर्ने, विरामीको दैनिक जीवन सजिलो बनाउने विभिन्न उपचार पद्दतीहरु हामीसँग उपलब्ध छन्।
यसको उपचारका दुई भागहरु छन्।
१. टाउको दुखाइ (माइग्रेन अट्याक) शुरु भैसकेपछि सो कम गर्न गरिने उपचार
यसमा सामान्य टाउको दुखाइका औषधीहरु जस्तै पारासिटामोल र NSAIDs (ब्रुफेन, नाप्रोक्सेन आदि) का साथै माइग्रेनमा प्रयोग गरिने विशेष औषधीहरु जस्तै ट्रिप्टान, एर्गोट समूहका औषधीहरु पर्छन्। पारासिटामोल र ब्रुफेनहरु टाउको दुखाइको शुरुवातसँगै सामान्य रुपमा प्रयोग गर्न सकिन्छ। तर यिनीहरु प्रयोग गर्दा यिनका खराब असरहरु (पारासिटामोलको अत्यधिक सेवनले कलेजोमा पार्ने खराब असर, ब्रुफेनको अत्यधिक प्रयोगले मृगौलामा पार्ने खराब असर) र अन्य औषधीहरु पनि सेवन गरिरहेको भए तिनीहरुसँग गर्ने प्रतिकि्रया बारे पनि ख्याल राख्नुपर्छ। त्यसैले अन्य औषधीहरु पनि खाइरहेको भए वा अन्य रोगहरु पनि भएको अवस्थामा डाक्टरको सल्लाहमा मात्रै यी औषधीहरुको सेवन गर्नु उचित हुन्छ।
यी औषधीहरु सिटामोल, आइबुप्रोफन, क्याफिन/ Caffeine, वान्ता रोक्ने औषधी मेटोक्लोप्रामाइड/ Metoclopramide आदीका विभिन्न कम्बिनेसनहरुमा पाइन्छन्।
टाउको दुखाइ सामान्यभन्दा बढि भएको अवस्थामा माथि भनिएका औषधीहरुले काम नगर्न सक्छन्। त्यस्तो बेलामा ट्रिप्टान र एर्गोट समूहका औषधीहरु प्रयोग गरिन्छन्। यिनीहरुले माइग्रेन हुने कारणलाई नै कम गर्छन् अर्थात् रगतका फूलेका नलीहरुलाई खुम्चाउने काम गर्छन्। त्यसैले माइग्रेनमा यिनीहरु सामान्य दुखाइका औषधीहरुभन्दा बढि प्रभावकारी हुन्छन् तर यिनीहरुले माइग्रेन गराई रहेका रक्तनलीहरुलाई मात्र नभई अन्य अँगहरुका रक्तनलीहरुलाई पनि खुम्चाउने भएकोले मुटु, मष्तिस्क जस्ता विभिन्न अँगहरुमा खराब असरहरु देखिन सक्छन्। साथै यी औषधीहरु गर्भवती महिलाहरुमा प्रयोग गर्नु हुदैंन।
ट्रिप्टान (Triptan) समूहका केहि औषधीहरु:-
सुमाट्रिप्टान/ Sumatriptan, जोलमीट्रिप्टान/ Zolmitriptan, रिजाट्रिप्टान/ Rizatriptan
एर्गोट (Ergot) समूहका केहि औषधीहरु:-
एर्गोटामीन/ Ergotamine, डाइहाइड्रो एर्गोटामीन/ Dihydroergotamine
नोट:- डाक्टरको सल्लाह विना यी औषधीहरुको सेवन गर्नुहुदैंन।
यी औषधीहरुका साथै अँध्यारो कोठामा सुत्नाले पनि सामान्य माइग्रेनमा विरामीले आराम महसुस गर्छन्। त्यस्तै टाउको दुखाइ अलिअलि मात्रै भएमा बरफको प्रयोग गर्ने, ध्यान गर्ने, आराम गर्ने पनि गर्न सकिन्छ।
२. भविष्यमा कम माइग्रेन अट्याक होस् भनेर गरिने उपचार (प्रोफाइल्याक्टिक उपचार/ Prophylactic treatment)
यो दुइ तरिकाले गर्न सकिन्छ।
क) माइग्रेन गराउन सक्ने कारक तत्वहरुबाट टाढा रहने
विभिन्न वातावरणीय कुराहरु र शारिरीक कुराहरुले माइग्रेन टाउको दुखाइ निम्त्याउन सक्छन्। यो विरामी अनुसार फरक फरक हुन्छन् र कमैले मात्र‘यहि कारणले मलाई माइग्रेन निम्त्याउछँ’ भनेर थाहा पाँउछन्। मानसिक वा शारिरीक तनाव, अनिद्रा, खाली पेट बस्नु, जाँडरक्सी सेवन, चुरोटको धँवा, एमएसजी (MSG), टाइरामीन (Tyramine) भएका खाना, चीज(Cheese) चकलेटको सेवन, चम्किला झिमझिम गरिरहेका बत्तीहरु,महिनावारीको बेलामा हुने हर्मोनहरुको गडबडी आदी विभिन्न कारणहरुले माइग्रेन निम्त्याउने गर्छन्। यो कुरा थाहा भएमा उक्त कुराबाट टाढा बसी माइग्रेनको अट्याक कम गर्न सकिन्छ।
ख) माइग्रेनको अट्याक कम गराउने औषधीहरुको सेवन गर्ने
प्रोफाइल्याक्टिक औषधीहरुको सेवनले माइग्रेन अट्याक कहिल्यै पनि नहुने होइन तर यसको बारम्बारता र बल्झिरहने क्रम कम हुन्छ। निम्न औषधीहरु यो उद्देश्यले प्रयोग गर्ने गरिन्छन्।
१. बिटा ब्लकर (Beta blockers)
प्रोपानोलोल/ Propanolol, एटेनोलोल/ Atenolol, मेटोप्रोलोल/
Metoprolol, नाडोलोल/ Nadolol आदी
२. क्यालसियम च्यानल ब्लकर (Calcium Channel Blockers)
डील्टियाजाम/ Diltiazam, भेरापामील/ Verapamil आदी
३. ट्राइसाइक्लिक एन्टि डिप्रेसेन्ट/ टिसीए (Tricyclic
Antidepressants/ TCAs)
एमीटिप्टालीन/ Amitryptiline, नर टिप्टालीन/ Nortriptiline,
डोक्सेपिन/ Doxepin, इमीप्रामीन/ Imipramine आदी
४. एन्टि कन्भल्सेन्ट (Anticonvulsants)
भाल्प्रोइक एसिड/ Valproic Acid, फेनोबारबीटोल/
Phenobarbitol, गाबापेन्टिन/ Gabapentin आदी
यी औषधीहरुका विभिन्न खराब असरहरुको साथसाथै अन्य रोगहरु र औषधीहरुसँग प्रतिकि्रया गर्ने भएकाले डाक्टरको सल्लाहमा मात्र यिनीहरुको प्रयोग गर्नुपर्छ। त्यस्तै सबैमा यी औषधीहरुको प्रयोग गर्नुभन्दा अत्यधिक मात्रामा टाउको दुख्ने,महिनाको दुई पटक भन्दा बढि माइग्रेन अट्याक हुने, माइग्रेनले दैनिक जीवनमा धेरै नै असर गरेको अवस्थामा मात्र प्रयोग गर्ने गर्नुपर्छ। यी औषधीहरु लगातार रुपमा लामो समयसम्म खाइरहनुपर्ने हुन्छ।
माइग्रेनका विरामीहरुले के के गर्नुपर्छ?
१. माइग्रेन अट्याक वा टाउको दुखाइ कहिले कहिले हुन्छ, के गर्दा हुन्छ, के खाँदा हुन्छ भनेर ध्यान पुर् याउनुपर्छ। विभिन्न कुराहरुले यो टाउको दुखाइ हुने अवस्था सिर्जना गरिरहेका हुन्छन्। र त्यसरी ध्यान पुर् याइयो वा ख्याल राखियो भने पछि ती कुराहरुबाट बचेर माइग्रेन अट्याकलाई कम गर्न सकिन्छ।
२. यसको बारेमा धेरै भन्दा धेरै जानकारी लिनुपर्छ। आफ्नो रोगको बारेमा थाहा भएमा त्यसको असर देखिएको बेलामा के गर्ने भनेर थाहा हुन्छ।
३. जाडरक्सी, चुरोटको सेवन कम गर्ने, लामो समयसम्म खाली पेट नबस्ने,निद्रामा गडबडी हुन नदिने, ध्यान गर्ने, स्वस्थ खानाको सेवन गर्ने जस्ता जीवन पद्दतीमा परिवर्तन ल्याएर पनि माइग्रेनको अट्याकहरुलाई कम गर्न सकिन्छ।
स्रोतहरु:-