साइकोसिस (पागलपन) भन्नाले विभिन्न कडा मानसिक रोगहरूको समूह बुझिन्छ । चिकित्साशास्त्रमा हाल साइकोसिसका विभिन्न प्रकारहरू छुट्याइसकिएको भएतापनि कडा मानसिक रोगहरूलाई समूहगत रूपमा पागलपन या साइकोसिस नै बोलीचालीको भाषामा भन्ने गरिन्छ । यी रोगीहरुले सामाजिक परिप्रेक्ष् मा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो । यस समूह अन्तर्गत विभिन्न कडा मानसिक रोगहरु पर्दछन . विभिन्न पागलपन रोग अनुसार उपचार पनि फरक फरक हुन्छ .
डिप्रेसन बढ्दै गएर हुने साइकोसिस (Depressive Psychosis)
डिप्रेसन बढ्दै गएर पनि पागलपन हुन सक्दछ । डिप्रेसनको चरमसीमामा उदास हुने लक्षणहरू सँगसँगै पागलपनका लक्षणहरू पनि भेटिन सक्छन् । आफ्ना स्वजनहरू मरिसके या आफ्नो शरीरका भागहरू कुहिएर झरिसके जस्ता कुराकानी यस्ता व्यक्तिले गर्न सक्दछन् । उपचार नगरेमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्न । संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको पागलपनमा बढी हुने हुनाले औषधि नगरी हुन्न । ठीक भइसकेपछि पनि कमसेकम एक वर्ष औषधि खानु पर्दछ ।
स्कित्जोफ्रेनिया (Schizophrenia)
यो एक वैचारिक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । झण्डै १ प्रतिशन जनसंख्या यस रोगबाट जिन्दगीभरिमा पीडित हुन सक्छन । यो रोग लागेको मानिस हरु मद्धे दुइ तिहाइ लै सधै औषधि को आवश्यकता पर्दछ ।
यो रोगीपिच्छे फरक फरक लक्षण हुनसक्ने मानसिक रोग हो । यसका लक्षणहरूलाई विभिन्न भागमा बाडन् सकिन्छ ।
- कुनै आधार बिना गलत बिश्वास मा अडिग रहनु (Delusion)
- बाहिर आवाज नआइकन आवाज सुन्ने (Auditory Hallucination)
- नभएको कुरा देख्ने (Visual Hallucination)
- लक्ष्यहीन तथा दिशाहीन क्रियाकलापहरू (Disorganized behaviour)
- अर्थ हिन बोलिचालि (Thought disorder – जुन अर्थ हिन बोलिचालिको रुप मा प्रकट हुन्छ)
- क्रमिक रूपमा व्यक्तित्वमा गिरावट ।
यस रोग को लक्षणमा पनि एकरूपता नपाइने हुनाले यसको पहिचान को लागि मानसिक रोग बिशेसज्ञ को आवश्यकता पदर्छ । सबै भन्दा बढी भेटिने PARANOID SCHIZOPHRENIA को बारेमा पढ्न यहा क्लिक गर्नु होला ।
उन्मादको साइकोसिस (Bipolar Affective Disorder)
यो एक भावनात्मक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । यसबाट पनि झण्डै १ प्रतिशत जनसंख्या जिन्दगीभरिमा पीडित हुन्छन । यस रोगका लक्षणहरू भिन्न समयमा फरक हुन सक्दछन् । कहिले यसमा महिनौंसम्म डिप्रेसनका लक्षणहरू उपस्थित हुन्छन त कहिले डिप्रेसन को ठीक उल्टो अर्थात् बढी बोले को बोल्यै गर्ने, धाक धक्कु लगाउने, अनावश्यक रूपमा बढी आत्मबल हुने, भनेको कुरा नपुगेमा क्रोधित हुने, चन्चलता बढी हुने, थोरै सुते पनि ताजगी महसुस हुने, जस्ता लक्षणहरूको उपस्थितिमा उक्त व्यक्तिलाई Mania भन्ने मानसिक रोग भएको भनिने र समग्र रूपमा उक्त व्यक्ति Bipolar Affective Disorder नामक रोगबाट ग्रसित भएको भन्ने गरिन्छ। औषधि उपचारले लक्षणहरू नियन्त्रण गरी रोगि रोग लाग्नुपूर्वको अवस्थामा आउन सक्दछ । तर यस रोगमा लक्षणहरू हटे पनि औषधि टुटाउदा रोग बल्झिने सम्भावना रहिरहन्छ ।
पागलपन र हिंसा
पागलपनबाट ग्रसित व्यक्तिहरू हिंसक हुन्छन् भन्ने भनाइ भए पनि यो पूर्ण रूपमा सही होइन । पागलपनबाट ग्रसितमध्ये धेरैजसो वास्तवमा हिंसक हुँदैनन् । हिंसक हुनेहरूमध्ये पनि धेरैजसो अरुहरूले जिस्क्याएका अवस्थामा मात्र उनीहरूलाई हानि पुर्याउन आएको भन्ने सोचेर यस्तो व्यवहार गर्न पुग्दछन् । एउटा सानो समूह चाहिं वैचारिक गडबडीको कारणले विनाकारण एक्कासि हिंसक हुन पुग्दछ । पागलपनबाट ग्रसित व्यक्तिहरूलाई एउटा सामान्य मान्छे जस्तै व्यवहार गरेमा समग्रमा भन्दा एउटा मानसिक तबरले स्वस्थ व्यक्तिले भन्दा बढी हिंसक व्यवहार गर्दैन भन्दा पनि हुन्छ ।
उपचार, औषधिको प्रयोग र बल्झिने सम्भावना
पागलपनबाट ग्रसित व्यक्तिहरूलाई बाधेर राख्ने चलन परापूर्व काल देखि को हो । यसो गर्दा कतिपय व्यक्तिहरू केहि समयपछि आफै ठीक भएर आउथे भने कति लाइ लामो समय सम्म या जीवनभर त्यसरी नै राखिन्थ्यो । कतिचाहिं बाधेको अवस्थामा विभिन्न संक्रामक रोगको शिकार भएर या भोकाएर मर्दथे। केहि ठाउमा जडिबूटी को प्रयोगले उपचार गरिन्थ्यो । धेरै जसो रोगि हरुको हालत एकदमै दयनीय हुन्थ्यो
औसधि को प्रयोग पहिले देखि नै गरिए पनि झण्डै आधा शताब्दी अगाडिबाट मात्र आधुनिक असरदार औष् धीको प्रयोग गर्न थालियो । औष् धिको प्रयोग ले प्राय जसो रोगीहरुको लक्षण बिलकलु नै हराएर जान्छ । केहि रोगीहरूमा लक्षणहरू निमर्लू नै नभए पनि कम चाहिं हुन्छ । झण्डै १० प्रतिशतमा भने उपचारले खास असर ल्याउदैन। यस प्रकार ९०% ले औष्धीको प्रयोगले लाभ हासिल गर्दछन।
छोटो समयको लागि मात्र हुने पागलपनहरू दोहोरिने दर न्युन छ । लामो अवधिसम्म (छ महिनाभन्दा बढी) भएका पागलपनहरू चाही औषधि छोडेमा बल्झने सम्भावना हुन्छ .
एकपटक पागलपन भएर ठीक भएको व्यक्तिको रोग बल्झिने सम्भावना केहि हदसम्म भए तापनि उनीहरू धेरै अवस्थाहरूमा आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन भन्ने हामीले बुझनु जरुरी छ । एकपटक पागलपनबाट ग्रसित भएपछि ठीक हुदैन भन्ने धारणालाई गलत नै भन्नु उपयुक्त हुन्छ, तर बल्झिदैन भन्ने अवस्थामा चाहिं हामी पुगिसकेका छैनौ . न्यानो पारिवारिक वातावरण, उपयुक्त व्यक्तिगत स्वतन्त्रता तथा आपसी विश्वासले रोग बल्झाउने सम्भावनालाई कम गछर्न भन्ने अनुसन्धानहरूले देखाएका छन् ।
बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन । जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ । डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।
डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ । विश्वव्यापी रूपमा, त्यसमा पनि आप्रवासी कामदारहरूमा बढदै आत्महत्याको दर् ले यस को प्रमुख कारण दिप्रेसन पनि बढ्दै गएको सूचित गर्दछ ।
सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानवजातिलाई पिरोल्ने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छा । तर यहाँ बझ्नु पार्ने कुरा के पनि छा भने यस स्थितिको पछाडि डिप्रेसन एउटा रोग हुनु मात्र कारण होईन । रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोग हरू सम्झरे सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित प्रकार र समयावधिसम्म उपचार नहुनु ले यसको जटिलता झन बढेको हो । डिप्रेसन चिन्नको लागि सबैभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी हुनुपर्दछ । यसका साथै यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।
पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।
बच्चाहरूमा पनि डिप्रेसन हुन्छ । तर उनीहरूमा भएका डिप्रेसनका लक्षणहरू बयस्कहरूको भन्दा फरक हुन सक्दछ । डिप्रेसन लक्षणहरू बच्चाहरूमा विभिन्न शारीरिक तथा व्यावहारिक समस्याहरूको रूपमा प्रकट हुन सक्दछ । डिप्रेसनको सही पहिचान तथा निदान नभएमा यी बालबालिकाको व्यक्तित्व विकासमा नराम्रो असर पुग्न सक्दछ ।
उपचार
डिप्रेसनको उपचार छ । झण्ड ९० प्रतिसत सम्म, जस्तो सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ । कतिपय मानिसहरूमा डिप्रेसन पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ त कतिपयलाई निकै हदसम्म लक्षणहरू हटाउन सहायता गर्न सकिन्छ । औषधि उपचार तथा मनोबैज्ञानिक पद्धतिद्वारा उपचार नेपालमा उपलब्ध छ । डिप्रेसन ठीक पार्न मानसिक रोग विशेषज्ञ लाई नै संपर्क गर्नु पार्छ भन्ने छैन् । मानसिक रोगको उपचारमा अनुभवी सामान्य चिकित्सक, मनोबिज्ञ र मानसिक स्वास्थ मा तालिम् प्राप्त अन्य स्वास्थकर्मीहरुद्वारा कम तिब्रताको डिप्रेसनको उपचार सम्भव छ । तर डिप्रेसन बढी कडा भएमा, आफ्नो हेर बिचार गर्न नसक्ने अवस्थामा भएमा या आत्महत्या गर्ने सोच उत्पन्न भएमा मानसिक रोग विशेषज्ञको सहायता आवश्यक हुन्छ । डिप्रेसन मन कमजोर भएर या आफ्नो मन् लाई वशमा राख्न नसकेर भएको होईन भन्ने बुझ्नु जरूरी छ । डिप्रेसन भएका व्यक्तिहरूको दिमागको विभिन्न भागमा भएका रसायनिक गडबडीबाट पनि यो रोग हो भन्न सकिन्छ । तर महत्वपुर्ण कुरा के हो भने यसको उपचार छ । कडा डिप्रेसनमा औषधीको जरूरत हुन्छ । अस्पातलमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । कम कडा डिप्रेसन भने मनोबैज्ञानीक उपचार पद्दति (बिशेष प्रकार को काउन्सिलिङ) बाट पनि उपचार गर्न सकिन्छ । उपचार नगरेमा डिप्रेसन को परिणाम घातक हनु सक्दछ । उपचारले धेरै को मुहारमा मुस्कान फर्काएको छ । तपाईंलाई डिप्रेसन भएको छ भने तपाईं पनि फेरि मुस्कुराउन सक्नु हुन्छ ।
डिप्रेसनका प्रमुख लक्षणहरू
- उदासीपना लगभग सधैं भइरहनु
- खुशी महसुस गर्न असमर्थ हुनु
- इच्छाहरू मरेर जानु
- नकारात्मक र निराशावादी विचार आउनु
- मर्न मन लाग्नु
- ध्यान केन्द्रित गर्न गाह्रो हुनु
- विर्सने बानी भएको महसुस हुनु
- जिउ भारी हुनु, गल्नु वा दुख्नु
- टाउको भारी हुनु, गल्नु वा दुख्नु
- चिडचिडाहट हुनु
- निद्रा गडबडी हुनु
- खाना रुची कम हु¬दै जानु
- यौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।
डिप्रेसनले गर्दा हुने हानि नोक्सानिहरु
- उपचारको खर्च
- काम गर्न नसक्दा हुने आर्थिक नोक्सानी
- काम गरिहाल्दा पनि पूर्ण क्षमताको प्रयोग गर्न नसक्दा हुने कम क्रियाशीलता
- अकालमै मृत्यु - आत्महत्या । त्यस्तै आफ्नो हेर बिचार नगर्दा पौस्टिक तत्व को कमी भई क्रमिक रूप मा कमजोरी बढ्दै जाँदा सन्क्रमण भएर ।
डिप्रेसनको उपचार
- कम कडा डिप्रेसनमा काउन्सिलिङ्ग या साइकोथेरापी द्वारा उपचार गर्न सकिन्छ, तर कडापन बढेपछि औषधि को जरुरत हुन्छ ।
- औषधिहरूले लक्षणहरू नियन्त्रण गर्न कम्तीमा पनि दुई हप्ता लाग्छ ।
- त्यसैले औषधि सुरु गरेपछि तत्काल सुधार भएन भनेर आत्तिनु हु¬दैन ।
- औषधि सुरु गरेपछि कसै कसैलाई सुरुमा केही नकारात्मक असर आउ¬छन् । यस्ता धेरैजसो असरहरू प्रायः आफै¬ हराएर जाने हुन्छन्, तर सहन गाह्रो परेमा सम्बन्धित चिकित्सकस¬ग परामर्श लिनुपर्छ ।
- कुनै कुनै औसधि चाही तपाइलाई उपयुक्त नहुन पनि सक्दछ ।
- धेरैजसो बिरामीहरू दुई महिनाभित्र लक्षणहरूबाट मुक्त हुन्छन् या डिप्रेसन नियन्त्रणमा आउछ । तर, औषधि नौ महिनादेखि एक वर्ष सम्म सेवन गर्नुपर्छ।
- बीचैमा औषधि छोडेमा रोग पूर्ण रूपमा बल्झिन सक्छ ।
- याद राख्नुहोस, औषधिको प्रयोगले डिप्रेसन भएको व्यक्ति केहि हप्ता भित्रै पहिलेको अवस्थाको नजिक पुर्याउन सक्छ । त्यस्तै डिप्रेसन बढेर आत्महत्या गर्न खोज्नेलाई जीवनप्रति सकारात्मक सोच उत्पन्न गराउन सहायता गर्दछ ।
प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ ।
स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिनु पछाडि विभिन्न कारणहरू रहेका हुन सक्दछन् । यी मध्ये केही तल चर्चा गरिन्छ ।
१. लोग्ने मान्छेभन्दा बढी मात्रामा स्वास्नी मानिसहरूले आफुमा मनोवैज्ञानिक लक्षणहरू पनि छन् भनी स्वीकार गर्ने प्रवृत्ति बढी पाइएको र यसले महिलाहरूमा डिप्रेसन पहिचान हुने सम्भावना बढ्ने हुन्छ भन्ने मनोविज्ञहरू महिलाहरूमा डिप्रेसन बढी भेटिने कारण यहि हो भन्छन ।
२. केही समाजशास्त्रीहरू महिलाहरूको सामाजिक स्थिति लोग्ने मानिसको तुलनामा तल्लो मानिनु, स्वास्नीमानिसहरूले परम्परागत समाजमा धेरैजसो समय घरमै बिताउने र आफ्ना मनका कुरा ब्यक्त गर्ने बातावरण तुलानात्मक रुपले नपाउनुले गर्दा महिलाहरूमा डिप्रेसन वास्तवमै बढी भएको भन्ने तर्क दिन्छन् । कामकाजमा लागेका महिलाहरूको हकमा भने दोहोरो जिम्मेवारी बहन गर्नु पर्दा हुने बढी तनाब डिप्रेसन को कारण हुन सक्ने बताइञ्छ ।
३. यी भन्दा बाहेक आर्थिक स्वतन्त्रताको अभाव, हिंसाका सिकार महिलाहरू बढी मात्रामा हुने इत्यादि विभिन्न सामाजिक कारणले पनि स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिने तर्क अघि सारिएका छन ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् ।
४. तर महिलाहरूमा डिप्रेसन बढी हुनु को अर्को पक्ष पनि छ, जुन शरीर विज्ञानको दृष्टिकोणबाट अझ बढी महत्वपुर्ण छ । डिप्रेसनलार्इ महिनाबारी र प्रसव अवस्थासग प्रत्यक्ष रूपमा सम्बन्धित पाइएको छ जसको चर्चा तल गरिन्छ ।
महिनाबारी सुरु भएपछि कतिपय किशोरीहरू तथा महिलाहरूलाई प्रत्येक पल्ट सुरु हुनुभन्दा केही दिन अगाडिबाट चिडचिडाहट हुने, दिक्क लाग्ने, जागर नलाग्ने तथा अन्य विभिन्न लक्षणहरू उत्पन्न हुन्छन् । केहीमा चार पाच दिनपछि यो समस्या आफै हराएर जान्छ त केहीमा कम भए तापनि हल्का रूपमा महिनाभरि रहिरहन्छ । यो अवस्थालाइ डिप्रेसन भनिदैन । यो कतिपय केटीहरूमा हुनसक्ने एउटा सामान्य नै भन्न सकिने अवस्था हो जुन बिस्तारै ठीक हुदै जान्छ । के महिला लै चाही उपचार चाहिन्छ । अझै केहि महिला मा चाही यी लक्षणहरू डिप्रेसन कै हदसम्म पुग्ने हुनाले डिप्रेसन को उपचार गर्ने सल्लाह दिइन्छ ।
Menopause को समयमा अर्थात् उमेर पुगेपछि महिनाबारी रोकिने समयमा पनि यस्तै लक्षणहरू आउन सक्दछन् । धेरैजसो महिलाहरूका यी लक्षणहरू खासै कडा हुदैनन् । तर केहि अवस्थाहरूमा दैनिक क्रियाकलापमा नै गडबडी उत्पन्न हुनसक्ने हुनाले उपचार आवश्यक हुन्छ । महिनाबारी रोकिने उमेरमा आफ्नो प्रजनन क्षमता समाप्त भएको सोचेर कतिपय महिलाहरू हीनताग्रस्त हुन्छन् भन्ने एकथरि विशेषज्ञको राय छ । तर शरीरमा आएको रसायनिक परिवर्तनलाई यसो हुनुको मुख्य कारक मानिएको छ । माथिका समस्याहरूमध्ये केहीलाई हर्मोन (Hormone) उपचार को आवश्यकता पर्दछ । कडा लक्षण भएका केहीलाई भने मानसिक रोगविशेषज्ञको सल्लाह लिनु आवश्यक हुनसक्छ ।
प्रसव अवस्थामा हुने डिप्रेसन
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये झण्डै दुईतिहाइ महिलाहरूलाई शरुका केहि दिन भित्र हल्का उदासीपना हुनु सामान्य हो र यो अवस्था आफै केहि दिनमा ठीक भएर आउछ । सामान्य उदासीपन भन्दा निकै कडा रूपमा एक प्रकार को डिप्रेसन प्रसव अवस्थामा उत्पन्न भएको भेटिएको ले यस्ता समस्यालाई Post Partum Depression भनी नामाकरण गरिएको छ ।
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये १०–१५ प्रतिशतलाई बच्चा जन्मेको ६ महिनाअघि डिप्रेसन भएको भेटिएको छ । यसका लक्षणहरू प्राय जसो बच्चा जन्मेको दुइ हप्तापछि क्रमिक रुप ले थकित हुँदै जाने, दिक्दारिपना या उदासी लगातार भइरहने, जागर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, सानो सानो कुरामा पनि रोइहाल्ने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त महिला माथि उल्लेखित प्रकारको डिप्रेसन बाट पीडित भएको हुन सक्छ पीडित महिलाको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउन सक्छ । पीडित महिलामा नकारात्मक विचारहरू आउने क्रममा जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि “आ अब त काल आइदिएहुन्थ्यो” जस्तो लाग्ने पनि हुन जान्छ । रोगको तिब्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हनु थाल्छ र केहि व्यक्तिहरूमा चरमसीमा आत्महत्यासम्म पनि पुग्छ । यस प्रकार लक्षणहरू अरु अवस्थामा हुने डिप्रेसन जस्तै भए पनि यो अवस्था फरक यस कारणले छ कि यस अवस्थामा आमाले बच्चालाई फालिदिने या अन्य प्रकारले हानि नोक्सानी पुर्याउने गर्न सक्दछिन् । Post Partum Depression बाट पीडित आमाहरूले रोगको प्रभावमा आफ्ना नवजात बच्चाको हत्या गरेका प्रसस्त उदाहरणहरू छन् । त्यस्तै यस अवस्थामा आमाले बच्चालाई दूध ख्वाउन मन नगर्दा दूध जमेर स्तनमा संक्रमण पनि हुन सक्दछ । यस अवस्थाको अर्को दूरगामी नकारात्मक प्रभाबाछा मानसिक विकासमा पर्न जान्छ । यी विभिन्न कारणहरूले गर्दा यो समस्याको सही समयमै पहिचान हुनु एकदम जरुरी छ ।
सुत्केरी अवस्थामा हुने डिप्रेसन को वास्तविक कारण अझै राम्ररी थाहा हुन सकेको छैन । बच्चा जन्मिएपछि शरीरमा आएको रासायनिक पविर्तनलाई केही अनुसन्धानहरूले कारक भएको संकेत गरेका छन् । तर त्यस्ता रसायनहरूको उपचारबाट यो समस्या ठीक भएको पाइएको छैन तर अन्य डिप्रेसनलार्इ झै उपचार गर्दा फाइदा भएको छ । जटिल अवस्थामा पुगिसकेपछि चाहिं अस्पतालमा भर्ना गरेर उपचार गर्नु आवश्यक हुन सक्छ .जटिल स्थितिमा विद्युतीय उपचारको पनि आवश्यकता पर्न सक्छ । उपचारले झण्डै शतप्रतिशत लाभ हासिल गर्दछन् ।
फेरि हुन नदिन के गर्ने ?
एकपटक डिप्रेसन भएर ठीक भएका महिलाहरूलार्इ अर्को पटक को सुत्केरी अवस्थामा यो रोग बल्झिन सक्ने सम्भावना बढी भएकोले रोकथामको लागि उपचारको आवश्यकता गर्भावस्थामै हुन्छ । त्यसैले यस्ता महिलाहरूले गर्भ रहेको तीन-चार महिनापछि मानसिक रोग बिशेसज्ञ संग सम्पर्क गर्नु राम्रो हुन्छ । यसका साथै तनावरहित न्यानो पारिवारिक वातावरण कायम गर्न सके बल्झिने सम्भावना झन् कम हुन्छ ।




