प्रति १०० गाम भुईंकटरबाट शरिरलाई ५० क्यालोरी प्राप्त हुन्छ । यसमा ब्रोमेलियन इन्जाइम पाइन्छ जसले प्रोटिन पचाउन मद्धत गर्छ । ब्रोमेलियनले क्यान्सरबाट बचाउने काम पनि गर्छ । भुईंकटरले आर्थाइटिस र अपच हुनबाट पनि बचाउँछ । भुईंकटरमा भिटामिन सि, ए, बि कम्प्लेक्स, पोटासियम, म्याग्नेसियम र तामा पनि पाइन्छ । भुईंकटरले रुघाखोकी लाग्नबाट पनि बचाउँछ । यसमा फाइबर पनि प्रशस्त पाइन्छ । भुईंकटर एन्टिअक्सिडेन्टको प्रमुख श्रोत मानिन्छ । भुईंकटरमा पाइने म्याग्नेसियमले हड्डी बलियो बनाउन र तन्तुहरुलाई जोड्न मद्धत गर्छ । भुईंकटरले दाँत र गिजा बलियो बनाँउछ ।
पाकेको कटहरमा कार्वोहाइड्रेड प्रशस्त मात्रामा पाइन्छ । प्रति १०० ग्राम कटहरमा ९५ क्यालोरी पाइन्छ । यसमा एन्टिअक्सिडेन्ट प्रशस्त मात्रामा पाइन्छ जसले रोग प्रतिरोधात्मक शक्ति बढाउँछ । कटहरले कब्जियतबाट बचाँउछ । यसमा तामा पनि पाइन्छ जसले थाइरोइड ग्रन्थिलाई स्वस्थ बनाउँछ । कटहरमा भिटामिन सि, म्याग्नेसियम र पोटासियम पनि पाइन्छ यसमा पाइने पोटासियमले मुटु रोग र क्यान्सर हुनबाट बचाँउछ । यसले उच्च रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । कटहरले कोलोन क्यान्सर र पाइल्सबाट बचाउन पनि मद्धत गर्छ । यसले आँखाको ज्योती तेज बनाउन पनि मद्धत गर्छ । कटहरले छाला चाउरी पर्ने समस्याबाट पनि बचाँउछ । कटहरलाई काँचोमा तरकारीको रुपमा पनि खान सकिन्छ ।
स्ट्रबेरीका फाइदाहरू धेरै छन् । स्ट्रबेरी यौन शक्ति बढाउने सबै भन्दा राम्रो फल मानिन्छ । स्ट्रबेरीमा पाइने एन्टिअक्सिडेन्ट र एन्टी इन्फामेटरी तत्व हुन्छ जसले क्यान्सरसंग लड्न मद्धत गर्छ । यो आँखाका लागि फाइदाजनक हुन्छ । स्ट्रबेरी भिटामिन सी महत्वपूर्ण स्रोत हो । १०० ग्राम स्ट्रबेरीमा ३२ क्यालोरी प्राप्त हुन्छ । यसले चाउरीपना कम गर्छ र अनुहारमा चमक पनि ल्याउँछ । सेक्स र सुन्दरताका लागि स्ट्रबेरी निकै उत्कृष्ठ मानिन्छ । यसले मुटु रोगबाट पनि बचाउँछ । यसले रगतमा नराम्रो कालेस्टेरोल कम गर्छ । स्ट्रबेरीले जोर्नी दुखेको कम गर्छ । यसले रक्तचाप नियन्त्रण गर्न पनि मद्धत गर्छ । स्ट्रबेरीमा फाइबरको मात्रा पनि बढी हुन्छ ।अदुवा– मांसपेशीको दुखाईका लागि अदुवामा गिंगेरोल्स नामक तत्व पाइन्छ, जसले दुखाई गराउने हर्मोन उत्पादनलाई रोक्छ । अनुसन्धानकर्ताका अनुसार दैनिक एक चम्चा सुकेको अदुवा वा दुई चम्चा काटेको अदुवा समावेश गर्नुपर्छ ।
ल्वाङ– दाँत दुखाईका लागि दाँत या गिजा दुखेको छ भने एउटा ल्वाङ चपाउँदा दुई घण्टामै निको हुन्छ । ल्वाङमा भएको इजेनोल नामक तत्व प्राकृतिक एनेस्थेटिक मानिन्छ ।
प्याजको रस – कान दुखाईका लागि कान दुख्यो भने तातो बनाइएको प्याजको दुई थोपा रसलाई दैनिक दुई दिनका दरले ५ दिनसम्म राख्यो भने कान दुख्ने समस्या निको हुन्छ । यसले अन्य मेडिकल औषधिले भन्दा चाँडो कानको संक्रमण निको पार्छ । वैज्ञानिकका अनुसार प्याजमा पाइने जर्मानियम, सेलेनियम र सल्फर तत्वले दुखाई गराउने ब्याक्टेरिया मार्छन् ।
चेरी– जोर्नी दुखाईका लागि पछिल्लो अध्ययनअनुसार चार महिलामा एक महिला आर्थराइटिसस, क्रोनिक टाउको दुखाई तथा जोर्नी दुखाईबाट पीडित छन् । यस्ता समस्याका लागि चेरी उपयोगी मानिएको छ । चेरीलाई रातो बनाउन मद्दत गर्ने एन्थोसाइनिन्स नामक तत्व पीडा घटाउनमा सहयोगी हुन्छन् । यो आइबुफ्रेन र एस्पिरिनभन्दा १० गुणा बढी प्रभावकारी हुने बताइएको छ ।
माछा– पेटको समस्याका लागि पाचनमा समस्या, दिसा गर्दा समस्याहुने इरिटेबल बाउल सिन्ड्रोमजस्ता समस्या छन् भने माछाको नियमित सेवन प्रभावकारी हुन्छन् । अध्ययनका अनुसार माछामा पाइने इपिए तथा डिएचए नामक फ्याटी एसिडले पेटको जलन तथा पेट दुखाई निको पार्न मद्दत गर्छ । इपिए र डिएचएले ग्याष्ट्रोइन्टेस्टीनल ट्र्याक्टको कार्यमा सुधार गर्छन् ।
दही– महिनावारीअघिको पीडाका लागि विश्वभर ८० प्रतिशत महिलाहरु महिनावरीको चक्रअघि हुने दुखाईबाट पीडित हुन्छन् । यसका लागि दही उपयोगी हुने बताइन्छ । दहीमा पाइने क्याल्सियम तथा खनिजले हर्मोनका कारण हुने पीडालाई निको पार्न मद्दत गर्छन् ।
गोलभेंडा जूस– खुट्टाको ऐंठनका लागि अध्ययनअनुसार ५ जनामा एकजना खुट्टाको क्र्याम्प अर्थात् ऐंठनबाट पीडित भइरहेका हुन्छन् । पोटासियमको कमीका कारण यस्तो भएको हो । यसका लागि खानामा पोटासियम समावेश गर्नुपर्छ । दैनिक गोलभेंडाको जुस पिउने हो भने यो समस्या हट्छ ।
बेसार– दुखाई निको पार्न अध्ययनहरुका अनुसार पूर्वीय देशमा निकै प्रचलित बेसार एस्पिरिन, आइबुफ्रेनभन्दा तीन गुणा बढी प्रभावकारी हुन्छ । यसले क्रोनिक दुखाईलाई ५० प्रतिशतसम्म घटाउँछ ।
दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ । यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ । यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ । यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो । तर, धेरै अमिलो हुनुहुँदैंन । जानौं दहीका फाइदा :
१. दहीले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ, दही बनाउने ब्याक्टेरियाले हाम्रो शरीरमा हुन सक्ने कुनै पनि संक्रमणबाट बचाउँछ ।
२. दहीले हाम्रो शरीरमा स्वेतरक्त कणिकाको काम गर्छ । दूध मन नपर्नेहरुले दही सेवनबाट पोषक तत्व प्राप्त गर्न सक्छन् ।
३. दहीको नियमित सेवनबाट गाभा इन्टरफरान नन प्रोटीनको मात्रा बढी पाइन्छ ।
४. यसले रोग प्रतिरोधात्मक क्षमतालाई सुदृढ बनाउँछ ।
५. दहीको नियमित सेवनले ठूलो आन्द्रा र कोलोनको क्यान्सर हुनबाट बचाउँछ ।
६. दहीमा ल्याक्टिक अम्ल बढी मात्रामा पाइन्छ । जसले ठूलो आन्द्रामा दुर्गन्ध उत्पन्न गर्ने जीवाणु– फूटरे फेक्टिभ ब्याक्टेरियाको विकासलाई रोक्छ ।
७. ठूलो आन्द्रामा जीवाणुको सन्तुलन बनाइराख्न दहीको नियमित सेवन गर्नुपर्छ ।
८. दहीमा क्याल्सियम,मिनरल बढीमात्रामा पाइन्छ । ओस्टियोपोरोसिस नामक रोगले ग्रस्त रोगीलाई दही खाने सल्लाह दिइन्छ ।
९. दहीमा कार्बोहाइड्रेट, प्रोटीन, भिटामिन बी ५, भिटामिन बी १२ पनि पाइन्छ ।
१०. दहीको सेवनले उच्च कोलेस्टेरोलका रोगीलाई लाभदायी हुन्छ ।
११. इन्टरनेशनल जर्नल अफ ओवेसिटीका अनुसार कम चिल्लो भएका दहीको सेवनले मोटोपना घटाउन राम्रो सहयोग गर्छ ।
१२. एक अध्ययनले दहीलाई एलर्जी रोकथामका लागि समेत उपयोग गर्न सकिने बताएको छ ।
१३. दहीले सौन्दर्य बढाउन मद्दत गर्छ । दहीको नियमित सेवन र घाममा बस्ने हो भने कालो छाला पनि गोरो हुँदैं जान्छ ।
१४. दहीमा हुने ल्याक्टिक एसिड तत्व प्राकृतिक रुपमा एन्टी फङगल हुन्छ, त्यसकारण यो चाया हटाउन पनि प्रयोग गरिन्छ भने यसले कपालका लागि प्राकृतिक कण्डिसनरको पनि काम गर्छ ।
१५. दहीले मुटुलाई स्वस्थ राख्न मद्दत गर्छ । यसले धमनीको क्षेत्रमा कोलेस्टेरोल बन्न दिँदैंन । यसबाट हाइपरटेन्सन र उच्च रक्तचाप हुँदैंन ।
एजेन्सी- धेरैले फलामको भाँडामा खाना बनाउँछन् । जुन हाम्रो परम्पराको एउटा अंश पनि हो । सामान्य नजरले पनि यसलाई राम्रो मानिन्छ । यति मात्रै होइन, यससँग जोडिएका केही स्वास्थ्यका लागि लाभदायक कारण पनि छन् । जब हामी फलामको भाँडामा खाना बनाउँछौँ, यसको केही अंश हाम्रो खानामा मिसिएर शरीरमा पुग्छ । जसले रगतमा हेमोग्लाबिनको मात्रा बढाउँछ जसले गर्दा एनेमिया (रक्तअल्पता)जस्ता समस्या आउनबाट जोगाँउछ । पालक र टमाटर जस्ता आइरन भएको तरकारी जब फलामको भाँडामा पकाइन्छ । यीनमा पोषकतत्वको मात्रामा वृद्धि हुन्छ । आजकाल धेरैले खाना राम्रो देखाउनका लागि एल्युमिनियमका भाँडाको प्रयोग गर्छन् । तर, लामो समयसम्म यस्ता भाँडामा खाना बनाएर खानाले अपच, पाचन प्रणालीको कार्यक्षमतामा कमी आउने जस्ता समस्या उत्पन्न हुनसक्ने विभिन्न अध्ययनले देखाएका छन्
कागती बहुउपयोगी र गुणकारी फल हो । कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ । यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि बचाउँछ । कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोगबाट बचाउँछ । कागतीले ब्ल्डप्रेसर घटाउँछ, पाचन शक्ति बढाउँछ, राम्रो कोलेस्टेरोल बढाउँछ , भोक जगाउँछ र शरीरमा स्फूर्ति बढाउँछ । यसमा पर्याप्त मात्रामा भिटामिन सी पाइन्छ । दालसँग कागती प्रयोग गर्दा यसले शरीरलाई लौहतत्वको शोषण गर्न मद्दत गर्छ । सधैं कागती खाने घरमा मानिस बिरामी हुँदैनन् भन्ने मान्यता पनि छ । चिसो मौसममा कागतीले रुघाखोकीबाट बचाउँछ । कागतीको जुसले छालालाई सुन्दर र कोमल पनि बनाउछ । ‘हट लेमन’ले पाचनप्रक्रियालाई सहज र कलेजो सफा पार्छ । कागतीको रसले टाउको मालिस गर्दा टाउको दुखेको निको हुन्छ । कपालमा चाया परेको छ भने कागतीको रसले मालिस गर्दा चाया कम हुन्छ । वाकवाकी लागेको समयमा कागतीको टुक्रा काटेर चाट्नाले वाकवाकी कम हुन्छ । उच्च रक्तचाप भएका बिरामीले एक चम्चा कागती एक कप पानीमा मिसाएर खाने गर्नाले राम्रो हुन्छ । घाँटी दुख्दा वा रुघा लाग्दा उमालेको पानीमा कागती र मह मिसाएर पिउनाले बिमार निको हुन्छ । कागतीको रस पानीमा हालेर कुल्ला गर्नाले मुख गन्हाउने समस्या हट्छ । त्यस्तै मुखको घाउ र दाँतबाट रगत आउने निको हुन्छ । पसिना गन्हाउने समस्या भएकाहरूले पानीमा दुई चम्चा कागतीको रस राखेर नुहाउने, नुहाइ सकेपछि कागतीको बोक्रा काखी र खुट्टामा दल्ने गर्दा समस्या कम हुन्छ । जुम्रा पर्दा पनि कागतीको प्रयोग गर्न सकिन्छ । दुई चम्चा जति कागतीको रस र एक–दुई चम्चा लसुनको लेदो बनाएर तीन–चार घण्टासम्म टाउकामा यसको लेदोले मसाज गर्दा जुम्रा मर्छ ।
धेरैे लसुनलाई खाना स्वादिस्ट बनाउने मसला ठान्छन् । यस उपादेयता यति मात्रै ठान्नु लसुनप्रतिको ठूलो अन्याय हो । मानव स्वास्थ्यका लागि धेरै लाभदायी गुण हुन्छन् लसुनसँग । कति प्रकारका रोगब्याधि लसुनले ढिम्किनै दिँदैन, कतिलाई लखेट्छ । लसुनमा एलिएम नामको एन्टिबायोटिक हुन्छ । जसले प्राकृतिक एन्टिबायोटिकका रुपमा काम गरिरहेको हुन्छ । स्वास्थ्यका लागि फाइदा गर्ने भएकैले विश्वका हरेक ठाउँमा यसको प्रयोग जरुरी ठानिएको हो ।
एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ ।
एसिडिटीको समस्यामा यसको प्रयोग असाध्यै लाभदायी मानिन्छ ।
लसुनले उच्च रक्तचाप कन्ट्रोल गर्न मद्दत गर्छ । यसले रगत प्रसारणमा नियन्त्रण गरेर कतिपय अवस्थामा मुटुका रोग लाग्नबाट समेत जोगाउँछ ।
पेटका रोग जस्तै डाइरियाका लागि यसको प्रयोग असाध्यै प्रभावकारी ठानिएको छ । त्यसैगरी प्राचन प्रक्रियालाई यसले सघाउँछ । आत्तिने वा तनावबाट सिर्जना हुने एसिडिटी कन्ट्रोल गर्न पनि काम आउछ ।
लसुनमा रहेको डिटक्सिफिकेसन गुणका कारण विश्वमैं वैकल्पिक चिकित्सामा यसलाई सबभन्दा राम्रो खाद्य सामग्री मानिएको हो । यो त्यति शक्तिशाली हुन्छ, कतिपय परजीविलाई शरीरभित्रै सिध्याइदिन्छ । मधुमेह र कति प्रकारका क्यान्सर समेत निको गर्न यसले मद्दत गर्छ ।
लसुन श्वासप्रश्वास प्रणालीका लागि पनि राम्रो हुन्छ । यसले टिबी, दम, निमोनिया, रुघालगायतका रोगको रोकथाम गर्न सक्छ ।
टीबी रोगको समस्या भएकाहरुले बिहानै खाली पेटमा यसको प्रयोग गर्नु उपयुक्त हुन्छ ।
दाँतको दुखाइमा पनि यसको प्रयोग गुणकारी हुन्छ ।
फूलका समस्यमा पनि बिहान उठ्नेबित्तिकै मनतातो पानीसँग यसको प्रयोग गर्न लाभदायक हुन्छ ।
बिबिसी - एक अध्ययनले बेसारले मस्तिष्कको क्षमता बढाउने देखाएको छ । स्टेम सेल रिसर्च एण्ड थेरापी जर्नलमा प्रकाशित अध्ययन अनुसार बेसारमा पाइने एक तत्वले मस्तिष्क कोशिकाको बृद्धि विकास गर्छ । अनुसन्धानकर्ताका अनुसार मुसामा गरिएको यो अनुसन्धानबाट अल्जाइमर र ब्रेन स्ट्रोकको औषधि बनाउन पनि बेसार उपयोगी साबित हुनेछ ।
तापनि अनुसन्धानकर्ताले मानिसका लागि यसको प्रभावकारीता जान्न थप अनुसन्धान आवश्यक रहेको बताएका छन् ।
जर्मनस्थित इन्स्टिच्युट आफ न्युरो साइन्स एण्ड मेडिसिनका अनुसन्धानकर्ताले बेसारमा पाइने ‘टर्मेरोन’ तत्वको अध्ययन गरेका थिए । सुइको माध्यमले मुसामा ‘टर्मेरोन’ दिइएको थियो । ‘टर्मेरोन’ दिएपछि फेरी मुसाको मस्तिष्कको स्क्यान गरिएको थियो । यसले मस्तिष्कको कोशिकाको विकासका लागि मिम्मेदार एक भाग ज्यादा सक्रिय रहेको देखिएको थियो ।
अर्को एक अध्ययनमा ति अनुसन्धानकर्ताले मुसाको नर्भस सिस्टमको स्टेम सेललाई बेसारको ‘टर्मेरोन’को घोलमा डुबाएका थिए । घोलमा डुबाएका कोशिकाहरु मस्तिष्कको अन्य कुनै पनि कोशिकामा बदलिने क्षमता रहेको पाइएको थियो । अनुसन्धानकर्ता टोलिका एक सदस्य डा. मारिया एडेल रुजर भन्छिन् ‘मानिस वा अन्य कुनै विकसित प्राणिमा मस्तिष्कको ‘रिपेयर’ गर्न सक्ने क्षमता देखिदैन तर माछा र अन्य साना जिवमा यस्तो क्षमता अधिक हुन्छ ।’
अनुसन्धानकर्ताले टर्मेरोनको घोल जति गाढा बनाएका थिए मस्तिष्कको स्टेम सेलमा त्यतिनै मात्रामा विकास भएको पाएका थिए । ती कोशिकाहरु कुनै खास प्रकारका कोशिकामा परिवर्तन हुने प्रक्रिया पनि छरितो रहेको थियो । यसअघि भएको एक अध्ययनले बेसारमा पाइने ‘सर्कुमिन’ तत्व क्यान्सरका लागि लाभदायी र सूजन पनि कम गर्ने देखाएको थियो ।
तपाईं नियमित स्याउ खानुहुन्छ ? खानुहुन्न भने आजैदेखि खान सुरु गर्नुस् । किनकि दैनिक एउटा या दुईटा स्याउ खानेलाई मुटुको रोग लाग्ने सम्भावना कम हुने एक अनुसन्धानबाट पुष्टि भएको छ । अंग्रेजीमा उखानै छ– एन एपल अ डे किप्स डक्टर अवे अर्थात् दिनमा एउटा स्याउ खानुभयो भने तपाईं विरामी भएर डाक्टरकोमा जानुपर्दैन । दैनिक स्याउ खानेको शरीरमा कोलेस्ट्रोलको मात्रा कम हुन्छ । त्यतिमात्र होइन, स्याउ खाँदा रगतमा सुगरको मात्रा सन्तुलनमा हुने, अरुचि नहुने र फोक्सो स्वस्थ हुनेजस्ता फाइदा हुन्छन् । नियमित स्याउ खानेलाई क्यान्सर हुने सम्भावना पनि कम हुन्छ । अनुसन्धानका क्रममा १ सय ६० जना महिलालाई एक वर्षसम्म दिनहुँ ड्राइड् (सुकाएको) स्याउ र ड्राइड् आलुबखडा खान लगाइएको थियो । यसबाट उनीहरूको स्वास्थ्यमा परेको प्रभाव मापन गर्न तीन, छ र १२ महिनामा उनीहरूको रगत परिक्षण गरिएको थियो । रगत परिक्षण गर्दा स्याउ खाने महिलाको शरीरमा कोलेस्ट्रोलको मात्रा १४ प्रतिशतले कम भएको थियो । साथै, उनीहरूको वजन करिब साढे एक किलो कम भएको थियो । अनुसन्धानमा संलग्न डा. बाहरम एच अर्जमान्दीका अनुसार आलुबखडा खाने महिलाका स्वास्थ्यमा पनि केही प्रगति देखिएको थियो, तर स्याउ खानेका भन्दा कम ।
असार लागेको छ । बजारमा आँप छ्याप्छ्याप्ति देखिन थालेका छन् । आँपलाई स्वाद र स्वास्थ्यका दृष्टिले ‘फलको राजा’ भन्ने गरिन्छ । एउटा आँपमा ८६.१ प्रतिशत पानी, ६.६ प्रतिशत प्रोटिन, ०.१ प्रतिशत चिल्लोपदार्थ, ०.३ प्रतिशत खनिज लवण, ११.८ प्रतिशत कार्बोहाइड्रेट, १.१ प्रतिशत फाइबर (रेशा), ०.०१ प्रतिशत कार्बोहाइड्रेट र ०.०२ प्रतिशत फोस्फोरस पाइन्छ । एउटा पाकेको १०० ग्राम आँपमा ५० देखि ८० क्यालोरी उर्जा तथा ४५०० आइयु भिटामिन ए पाइन्छ । यसका अलावा भिटामिन बी, सी, तथा डी पनि पर्याप्त मात्रामा पाइन्छ । सोडियम, पोटासियम, ताम्र, गन्धक, म्याग्नेसियम, क्लोरोन तथा नियासिन पनि पाकेको आँपमा पाइन्छ । यसका फाइदा निम्न छन् :
१. क्यान्सरबाट बचाउछ : आँप एन्टिअक्सिडेन्टयुक्त हुन्छ, जसले स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर कोलोन क्यान्सर तथा ल्युकेमियाबाट बचाउछ ।
२. दृष्टिशक्ति बढाउछ : यसमा हुने भिटामिन ए र रेटिनोलले आँखाको शक्ति बढाउछ ।
३. फाइबर र भिटामिन सिको भण्डार : आँपमा हुने फाइबर र भिटामिन सिको प्रचूर मात्राले लिपोप्रोटिनको कम उपस्थितिलाई घटाउन मद्दत गर्छ, जसबाट कोलेस्टेरोलको मात्रा घट्छ ।
४. शरीरमा अल्कालाइनलाई सन्तुलित पार्छ ः यसले मानव शरीरमा अल्कालाइनलाई सन्तुलित राख्न मद्दत गर्छ, किनभने यसमा मालिक एसिड, टार्टारिक एसिड तथा राम्रो मात्रामा साइट्रिक एसिड हुन्छ ।
५. पाचन प्रक्रिया राम्रो बनाउछ : मेवाले जस्तै, आँपले पनि पाचन शक्तिलाई राम्रो बनाउछ, किनभने यसमा फाइबर उल्लेख्य मात्रामा हुन्छ । फाइबरले दिसा राम्रो हुन्छ र मेटाबोलिक रेटलाई वृद्धि गर्छ ।
६. रोगप्रतिरोधी : आँपमा २५ प्रकारका क्यारोटेनोइड्स हुन्छन् र तिनीहरुमा उच्च मात्रामा भिटामिन सि हुने हुनाले शरीरलाई रोग प्रतिरोधी बनाउन मद्दत गर्छ ।
७. एन्टिअक्सिडेन्टयुक्त : आँपमा एन्टिअक्सिडेन्ट हुनाले कोषलाई पुनजीर्वन दिन तथा पुननिर्माण गर्न मद्दत गर्छ । यसले छालालाई भित्रैबाट रासायनिक पदार्थको असरबाट जोगाउछ ।
८. प्रजनन क्षमतामा वृद्धि गर्छ : आँँप फोलेट र फोलिक एसिडयुक्त हुन्छ, जसले प्रजनन क्षमता बढाउन मद्दत गर्छ ।
९. खनिजयुक्त : आँपमा कपर, सेलेनियम, जिंक तथा पोटासियम हुन्छ, जुन मानव स्वास्थ्यका लागि आवश्यक हुन्छ । यस्ता खनिजको अभावमा मानिसमा विभिन्न स्वास्थ्य समस्या देखापर्छन् ।
१० यौन क्षमता बढाउछ : आँपमा हुने भिटामिन ईले मानिसमा यौनक्षमता बढाउन मद्दत गर्छ । यसले कोलेस्टेरोल घटाउन र मधुमेह रोक्न मद्दत गर्छ । आँपले रगतमा हुने घातक होमोसिस्टाइन तहलाई नियन्त्रण गरी हृदयाघात हुनबाट बचाउछ । होमोसिस्टाइन रक्त नलीलाई अवरुद्ध गर्न सक्छ र हृदयाघात हुने सम्भावना हुन्छ ।
११. छालामा चमक ल्याउछ : आँपले छालाका लागि निकै राम्रो गर्छ, छालामा भएका काला धब्बा तथा दाग हटाउछ र प्राकृतिक चमक ल्याउछ । आँपमा हुने भिटामिन ए र बेटा क्यारोटिनले छाला पुनर्निर्माण गर्छ ।
१२. ब्ल्याकहेड (काला रौं) को उपचार : आँपले शरीरमा अंगमा भएका काला रौंका अंश हटाउन पनि मद्दत गर्छ । यसका लागि एक चम्चा आँपको गुदी, आधा चम्चा दुध या मह मिसाएर मिश्रण तयार पार्नुपर्छ । यसलाई गोलो तरिकाले संबन्धित ठाउँमा लगाउनुपर्छ । यसले मरेको छाला तथा नउम्रिएका रौं हटाई अनुहारमा चमक ल्याउछ ।
१३. एन्टि एजिङ फाइदा : यसले क्यान्सर गराउन सक्ने धुलोका खतरनाक कणबाट छालालाई जोगाउछ । यसमा भएका भिटाभिन सिले डण्डीफोर आउन दिदैंन । यसलाई प्रत्यक्ष लगाउने हो भने प्राकृतिक मोस्चराइजरको काम गर्छ । यस्तै, यसलाई फेसवासको रूपमा पनि प्रयोग गर्न सकिन्छ । एकचम्चा आँपको गुदी र बदामको पाउडरमा एक टेबलचम्चा दुध मिसाएर पेष्ट बनाउनुस् र अनुहारमा लगाउनुस् । २० मिनेटपछि धोएपछि यसले अनुहारमा चमक ल्याउछ ।
१४. कपालका लागि पनि लाभदायी : भिटामिन र खनिजयुक्त भएकाले यसले कपालको वृद्धिलाई पनि लाभदायी हुन्छ । यसले कन्डिसनरको पनि काम गर्छ । यसमा हुने भिटामिन एले चाँया हटाउछ र कपालमा चमक ल्याउछ ।

अरु पनि छन् आँपका फाइदा
– यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ ।
– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ ।
– मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ ।
– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ ।
– कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ ।
– गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुप्मा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ ।
– लू तथा गर्मीमा काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ ।
– आँप खाएपछि तातो दूध पिउनुस्, तर, पानी भने सेवन नगर्नुस् ।
– एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ ।
– यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ ।
– यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ ।
– २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ ।
- See more at: http://swasthyakhabar.com/2014/06/11891.html#sthash.A5lq120f.dpuf– यदि बच्चामा माटो खाने बानी छ भने त्यसलाई छुटाउन आँपको बियाको चूर्ण पानीमा मिलाएर दिनहु दुई तीनपटक खान दिने हो भने पेटको किरा पनि मर्छ ।
– सुख्खा खोकी छ भने एक पाकेको आँप लिनुहोस्, आगोमा सेकाउनुस्, सेलाइसकेपछि बिस्तारै चुस्नुहोस्, खोकी निको हुनेछ ।
– मधुमेहमा आँपको पातलाई छाँयामा सुकाएर चूर्ण बनाउनुस्, यसलाई ५–५ ग्रामको मात्रामा बिहान बेलुकी पानीमा राखेर १०–१५ दिन लगातार सेवन गर्ने हो भने लाभ मिल्छ ।
– कब्जियतमा पाकेको आँपमा तातो दूध पिउने हो भने दिसा खलास हुन्छ, जसबाट कब्जियतबाट छुट्कारा मिल्छ ।
– कान दुखेकोमा आँपको पातको रस निकाल्नुस्, हल्का तातो पार्नुस् र कानमा थोपा राख्नुस्, पीडाबाट लाभ मिल्छ ।
– गिजाबाट रगत निस्कने समस्यामा आँपको बिया निकालेर पिस्नुस् र यसलाई मन्जनको रुप्मा प्रयोग गर्ने हो भने पायरियासहित दाँतको सबै रोगबाट लाभ मिल्छ ।
– लू तथा गर्मीमा काँचो आँपलाई रस पिउनाले लू तथा गर्मीबाट हुने बेचैनी ठीक हुन्छ ।
– आँप खाएपछि तातो दूध पिउनुस्, तर, पानी भने सेवन नगर्नुस् ।
– एक कप आँपको रसमा ५० ग्राम मह मिसाएर बिहान बेलुकी सेवन गर्नाले क्षयरोगमा लाभ मिल्छ ।
– यसमा रहेको पोटासियम र म्याग्नेसियमले रक्तचाप नियन्त्रणमा रहन्छ ।
– यसले तौल बढाउछ, गर्भावस्थामा दैनिक एक आँप खानाले राम्रो हुन्छ ।
– २०० ग्राम आँपको रस, १० ग्राम अदुवाको रस र २५० ग्राम दूध मिसाएर पिउनाले शारीरिक र मानसिक निर्बलता नष्ट हुन्छ र स्मरणशक्ति बढ्छ ।
हाम्रो जिवनमा सबै भन्दा पहिलो कुरानै स्वास्थ हो ,त्यसैले हामीले स्वास्थको सारैख्याल गर्नुपर्दछ ।
मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन ।
सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स ?
कसरी हुन्छ पायल्स ?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
- See more at: http://www.osnepal.net/67237#sthash.Q1lMTNbc.dpufकलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
परिचय
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । पखाला लाग्दा निम्न तीन अवस्थाहरु देखिन्छन् । पानी जस्तो पातलो दिसा, धेरै पटक दिसा हुनु, धेरैमात्रामा दिसा हुनु हुन् । साधारणतया बच्चा वा केही ठूला मानिसहरुले पनि ३-४ पटक दिसा गरेको पाइन्छ तर माथिको तीन अवस्था नभएमा यसलाई झाडापखाला भनिदैन । यदि अधिकांश जनतालाई यस सम्बन्धमा ज्ञान हुने हो भने थोरै खर्चमा मृत्युलाई रोक्न पनि सकिन्थ्यो । अझै पनि हामी नेपालीको मृत्यु झाडापखालाकै कारण भएको छ भन्नुपर्दा हाम्रो जनस्वास्थ कति कमजोर छ प्रमाणित हुन्छ ।

प्रकारहरु
साधारणतया हामी झाडा पखालालाई दुई भागमा विभाजन गर्न सक्दछौ । आकस्मिक झाडापखाला र दीर्घझाडापखाला,आकस्मिक झाडापखाला केही घण्टादेखि २-३ दिनसम्म हुन्छ भने दीर्घ झाडापखाला २ हप्ता वा सो भन्दा बढी समयसम्मको हुन्छ ।
कारणहरु
झाडापखाला लाग्नुका धेरै कारणहरु हुन्छन् । मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु, परजीविहरु पर्दछन् ।दुषित पानी, दुषित खाना, लुगाफाटा बाट रोग सर्ने गरेको पाइन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पुर्ति गर्न नसक्दा मानिसको मृत्यु हुन्छ ।
जल बियोजन
जलबियोजनका बारेमा हामीले अघि नै केही थाहा पाइ सकेका छौ । अब हामी यसका प्रकारका सन्दर्भमा केही प्रष्ट पार्ने जमर्को गर्दैछौ । क) जलबियोजन नभएको, ख) केही जलबियोजन भएको , ग) कडा जलबियोजन भएको ।
कडा जलबियोजनको अवस्थामा आलस्य, बेहोसीपन हुन्छ भने आँखाहरु गाडिएका र सुख्खा रहन्छन् भने आँसु हुदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ, तरल पदार्थ पानी पिउन सकिदैन । पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।
उपचार
बिश्वा स्वास्थ्य सँगठन र युनिसेफले ७ मुख्य बुंदामा झाडापखाला निवारणमा कुरा गरेको छ ।पहिलो त जीवनजल प्रसस्त मात्रमा प्रयोग गर्नु पर्यो, दोश्रो जिन्क ट्याबलेटको उचित प्रयोग, तेस्रो रोटा भाईरस र दादुरा को खोप्, चौथो पुर्णरुपमा स्तनपान र भिटमिन ए को प्रयोग्,पाच साबुन पानिले सफा सँग हात धुने, छैठौ सफा तथा शुध्य पानीको प्रयोग,सातौ सामुदायिक सरसफाई कार्यकम ।
रोगको अर्थात जलवियोजनको अवस्था अनुसार उपचार प्रकृया सुरु गरिन्छ । जलबियोजन नभएको र केही जलबियोजन भएको अवस्थामा जीवनजल तथा घरेलु उपचार गरिन्छ भने कडा जल बियोजन भएको अवस्थामा नसाबाट शरीरमा आवश्यक तरल पदार्थ औषधि पठाई उपचार गर्ने गरिन्छ ।
घरेलु उपचार प्रक्रिया
विरामीलाई झोल पदार्थ प्रशस्त मात्रामा खुवाउने जस्तै भातको माड, गेडागुडी र तरकारीको रसहरु । विरामीलाई सजिलै पच्न सक्ने खानाहरु जस्तो जाउलो, लिटो, ताजा फलफूलको रस खान सहयोग गर्ने ।केही जलबियोजन भएको अवस्था वच्चालाई आमाको दुध खुवाउन जोड गर्ने र जीवनजलको सही प्रयोग गर्ने, यति गर्दा गर्दै पनि झाडापखाला ठीक नभएमा तृरुन्त स्वास्थ्य संस्थामा लानै पर्दछ ।
रोकथाम
बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने ।
खान खानु वा खुवाउने अघि सावुनपानीले हात राम्ररी धुने गर्नुपर्दछ ।
बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ ।
हामी कहाँ वच्चालाई जहाँ पायो त्यही दिसा पिसाब गराउने वानी छ र वच्चाको दिसाले रोग सार्दैन भन्ने एउटा नकारात्मक सोच पनि हाम्रो समाजमा रहेको पाइन्छ । यो सोचलाई आजैबाट त्याग्नु उपयुक्त देखिन्छ ।
प्रतिजैबिक औषधिको प्रयोग
साधारण प्रकारका झाडापखालामा प्रतिजैबिक औषधिको प्रयोग आवश्यक छैन बरु यसले त झन् नराम्रो असर गर्न सक्दछ । दिसामा आँउ रगत देखिएमा र हैजा भएमा प्रतिजैबिक औषधिको प्रयोग गरिन्छ ।
जीवनजल वनाउने तरिका
एक लिटर सफा पानीमा पुरै एक पुरिया जीवनजलको धुलो राखी राम्ररी घोल्ने, यसरी जीवनजल तयार हुन्छ । पुनश्च जीवनजल बनाउने भाँडो पनि सफा हुनुपर्दछ भने जीवनजल वनाउने व्यक्तिले हात सावुन पानीले सफासँग धोएको हुनु पर्दछ । एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।
सारांश
झाडापखालाबाट अकालमा मानिसको मृत्यु रोक्न आजैबाट तपाई हामी सवै मिलेर अघि बढ्ने हो भने यसको सार्थकता हुनेछ । कछुवाको गतिमा हिड्ने हाम्रो स्वास्थ्य मन्त्रालयलाई चेतना भया ।।
राम्रो निन्द्राको लागि केही उपयोगी टिप्सहरु
तपाईं औषधी बिना राम्रो निन्द्रा सुत्न सक्नु हुन्छ । तल दिईएका केही कुराहरुलाई ध्यान दिनु भयो भने तपाईंलाई अबस्य फाईदा हुनेछ ।
१ सुत्नु अगाडि relax हुने कोशीस गर्नुस् । हल्का walk गर्नुस् अथवा newspaper पढ्नुस् । सके सम्म यस्तो काम गर्नुस् जसले तपाईंलाई तनाब दिदैन ।
२ आफ्नो कागजी काम वा आफ्नो काम सँग सम्बन्धित कार्यहरु सके सम्म साँझ तिरै सक्याउनुहोस् ।
३ यो कुराको ध्यान राख्नुस् कि तपाईंको सुत्ने कोठामा धेरै हल्ला नहोस् , नसुनियोस ।
४ यदी तपाईंको कोठामा धेरै हल्ला हुन्छ भने सके सम्म त्यसलाई हटाउने कोशीस गर्नुस् तर नसक्ने हो भने कानमा earplugs लगाउनुहोस् ।
५ तपाईंलाई राम्रो निन्द्रा लाग्ने ठाउको बारेमा सोच्नुस् र आफु त्यही भएको कल्पना गर्नुस् । सकिन्छ भने आफ्नो कोठामा त्यो ठाउको माहोल बनाउने कोसिस गर्नुहोस् ।
६ तपाईंले खाने गरेको औषधीलाई चेक गराउनुहोस् कही त्यो औषधिले तपाईंमानर्भस हुने तत्वको साईड effect त गराइराखेको छैन ।
७ आफ्नो कोठाको ventilation खुल्ला राख्नुहोस् तर यो याद राख्नुहोस् कि कोठा धेरै चिसो नहोस् ।
८ धेरै blankets को प्रयोग नगर्नुहोस् , धेरै कम पनि होइन ।
९ आफ्नो खुट्टाहरुलाई Blanket ले धेरै टाइट हुने गरेर नछोप्नुहोस् , सके सम्म खुट्टाहरुलाई स्वतन्त्र छाडिदिनुहोस् ।
१० तपाईंको ओछ्यान धेरै नरम तथा लचिलो नहोस् ।
११ तपाईंको उचाइ अनुसार तपाईंलाई बेडमा स्वतन्त्र सँग सुत्ने ठाउँ होस् यदी तपाईंको उचाइ ६ फीट छ भने सिङगल बेडमा नसुत्नुहोस् ।
१२ तपाईंको पाइजामा वा नाइट ड्रेस धेरै टाइट नहोस् लुज होस् , तपाईंलाई कन्फर्टेबल महसुस होस् ।
१३ आफु सुत्ने तकिया तपाईंलाई कस्तो मन पर्छ नरम वा कडा जुन तपाईंलाई सजिलो र राम्रो लाग्छ त्यही प्रयोग गर्नुहोस् ।
१४ तपाईंलाई सुत्दा खेरी हल्का लाईट मन पर्छ कि अध्यारो त्यो सुनिस्चित गर्नुहोस् ।
मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
विश्वभरि मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।
उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन् । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला ‘फेल’ हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ । डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ ।
निदान मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सम्भव हुन सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही लक्षण नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला ‘फेल’ हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ ।
मृगौला बचाउन के गर्नुपर्छ ?
मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ । यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-
१. आफूलाई ‘फिट’ र सक्रिय राखौं । यसबाट उच्च रक्तचाप नियन्त्रणमा आउनुका साथै दीर्घकालीन मृगौला रोगको सम्भावनालाई कम गर्छ ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मृगौलाको रोग लाग्ने हुन्छ । तसर्थ्ा उहाँहरूले नियमित मृगौलाको परीक्षण गर्नु आवश्यक छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण
गरौं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मृगौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं र शरीरको तौल नियन्त्रणमा राखौं । यसबाट मघुमेह, मुटुरोग र मृगौला रोगलगायत अरू रोगबाट बच्न मद्दत पुग्छ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । यति मात्रामै पानी पिउनुपर्छ भन्ने निश्चित नियम नभए पनि करिब १.५ लिटरदेखि २ लिटरसम्म्ा पानी पिउने बानी बसाल्नु उत्तम हुन्छ ।
६. धूमपान नगरौं । धूमपानले मृगौलाको रक्तसञ्चारमा बाधा पुर्याई यसको कार्यक्षमतामा कमी ल्याउँछ । धूमपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं । जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू मृगौलाका लागि हानिकारक छन् ।
८. यदि तपाईं उच्च जोखिमयुक्त समूह जस्तैः उच्च रक्तचाप र मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू वा मोटोपना भएकाहरू, उमेर ५० नाघेका तथा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोग लागेका व्यक्तिहरूको परिवारका सदस्यमा पर्नुहुन्छ भने आफ्नो मृगौलाको नियमित जाँच गरौं ।
लेखक मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् ।

वातावरण प्रदुषण बढेसँगै अहिले दम लगायतका स्वासप्रस्वास सम्बन्धि रोग आम समस्या बनिरहेका छन् । बच्चादेखि बुढासम्ममा दमको समस्या देखिन थालेको छ । खासगरी स्वासनली तथा फोक्सोको संक्रमणका कारण दम हुन्छ ।
दमका कारण स्वासनली खुम्चिने तथा मांसपेशीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धूलो धुवाँ, धूमपान जस्ता कारणहरु दमका कारकतत्व हुन् । यसकारण दमबाट बच्नका लागि निम्न सावधानी अपनाउनु उत्तम हुन्छ :
हिँडडुल गर्दा, घर कोठाको सरसफाइ गर्दा रुमालले नाकमुख छोप्नुहोस् वा मास्क लगाउनुहोस् ।
गाडीको धुवाँमा विभिन्न खाले हानिकारक रसायन समेत हुन्छन् । त्यसैले गाडी बढि गुड्ने ठाउँमा हिँडडुल गर्दा मास्क लगाउनु अनिवार्य हुन्छ ।
धूमपान नगर्नुहोस, धूमपान गरिरहेको व्यक्तिको नजिक नजानुहोस् । आफुले धूमपान नगरेपनि अरुले गरेको धूमपानको धुवाँले तपाइँलाई धेरै असर पूराउँछ ।
तपाइँमा एलर्जीको समस्या छ भने त्यसले दमलाई झनै बढाउन सक्छ । त्यसकारण आफुलाई एलर्जी गराउने वस्तुहरुबाट बच्नुहोस् ।
तनावलाई कम गर्नुहोस् । तनावका कारण पनि दमको समस्या बढ्नसक्छ ।
नियमित हल्का व्यायाम गर्नुहोस् । तर जिउले नथेग्नेगरी दौडधुप र व्यायाम नगर्नु राम्रो हुन्छ ।
पेटमा बढि अम्लपना अर्थात ग्यास्टि्रकको समस्या छ भने त्यसले पनि दमलाई बढाउन सक्छ । त्यसैले ग्यास्टि्रकको समस्या हुन नदिन र भएमा कम गर्ने उपाय अपनाउनुपर्छ ।
पिनासको समस्या छ ? यदि छ भने उपचार गराइहाल्नुहोस् । यसले दमलाई निम्त्याउन सक्छ र बल्झाउँछ पनि ।
मोटोपन मुटुरोग देखि लिएर स्वासप्रस्वास सम्बन्धि रोगको जड हो । त्यसैले मोटोपन नियन्त्रणमा सजग हुनुहोस् ।
समग्रमा दमको जोखिमबाट बच्न प्रदुषित हावाबाट बच्नु नै मुख्य उपाय हो । जसका लागि धुलोधुवाँयुक्त क्षेत्रमा नहिड्ने, हिँड्नपरे मास्क लगाउने, धूमपान मध्यपान गर्ने र स्वस्थ जिवनशैली अपनाउने गर्नु उपयुक्त हुन्छ । त्यस्तै स्वासनली तथा फोक्सोको संक्रमणको पनि समयमै उपचार गरिहाल्नुपर्छ ।

– अनियमित दिनचर्या र खानपान
– पानी कम पिउनु र धेरै समयसम्म पिसाब रोक्नु।
– यो रोग आनुवांशिक पनि हुन सक्छ।
– मूत्रनलीमा इन्फेक्सन भएमा पनि हुन सक्छ।
उपचार विधि
– रगतमा रहेको विकार पिसाब दिशाको मार्फत बाहिर फ्याक्ने काम मृगौलाको हुन्छ। त्यसैकारण यसका लागि प्राकृतिक वाष्पिकरण, हाइड्रोथेरापी गरेर यस्ता पत्थरीहरू पगालेर बाहिर निकाल्ने प्रयास गरिन्छ।
– प्रारम्भिक चरणको पत्थरीमा अधिक पानी पिएर पिसाबमार्फत बाहिर निकाल्न सकिन्छ।
– यसका लागि होमियोप्याथी तथा आयुर्वेदहरूको सहायता लिन पनि सकिन्छ।
– यदि ठूला किसिमको पत्थरीहरू भएमा यसको अन्तिम उपाय भनेको सर्जरी नै हो।
– यसबाट बच्नका लागि माथिका प्रमुख कारणहरूबाट सजग रहनु पर्दछ।
– पत्थरी भएपछि दूध अथवा दुग्ध उत्पादनहरू, अचार, चटनी, मासु, माछा, चिकेन, जंक फुडहरूको सेवन कम गर्नु पर्दछ। सागपातहरू पनि राम्राेसँग पखालेर मात्र प्रयोग गर्नुपर्दछ।

खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई उँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
औषधिको रूपमा:-
तीतेकरेलको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
बियाँ -१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । (A) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।
(२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । पात (A) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । (B) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
(३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । जरा (A) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
(४) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।अन्य उपयोगितातीतेकरे लाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।
तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु:
(१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
(२) यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
(३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
(४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ । निष्कर्ष: यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ |