दुषित खाना तथा पानीका कारण लाग्ने रोग झाडापखाला बालमृत्युको प्रमुख कारक तत्वको रुपमा रहँदै आएकेा छ विकाशोन्मुख देशहरुमा । नेपालमा पनि झाडापखालाजन्य रोगका कारण वर्षमा झण्डै १५ हजार बालबालिकाको ज्यान जाने गरेको तथ्यांक छ । विश्वमा हुने कुल बाल मृत्युमध्ये एक चौथाइ झाडापखालाकै कारण हुने गरेको बताइन्छ ।अहिले वर्षातको समय छ ।
यो समय झाडापखालाले सबैभन्दा धेरै सताउने वा महामारीकै रुप लिने समय पनि हो । तर यहाँनेर बुझ्नैपर्ने कुरा के हो भने झाडापखाला सजिलैसँग उपचार गरेर निको पार्न सकिने रोग हो । समयमै यसका लक्षण पहिचान गर्नेहो भने सामान्य औषधि तथा जिवनजलकै सेवनले समेत यो रोग निको हुन्छ । अलिक जटिल अवस्थामा सुइ मार्फत पनि सरीरमा तरल पदार्थ तथा औषधि आपूर्ति गर्नुपर्छ ।
तर यदि झाडापखाला लाग्दा हेलचेक्राइ गरियो भने यसले ज्यानै लिन बेर लगाउँदैन । त्यसैले झाडापखाला रोगको बारेमा जान्नैपर्ने केही तथ्यहरु छन्, जुन यस्ता छन्-
- वास्तवमा झाडापखाला आफैमा रोग होइन, लक्षण हो । विभिन्न रोगका कारणले झाडापखाला लाग्नसक्छ । सामान्य अवस्थामा भन्दा धेरै पटक दिसा भयो र दिसा पातलो भयो भने त्यसलाई झाडापखालाको रुपमा लिइन्छ । त्यसका साथै पेट दुख्ने, ज्वरो आउने, भोक नलाग्ने तथा वान्ता आउने यसका लक्षण हुन् । त्यसैले झाडापखाला लागेपछि चिकित्सककोमा उपचारका लागि जानुपर्छ ।
- प्रायः जिवाणु, विषाणु तथा परिजिवी लगायतको संक्रमणले गर्दा झाडापखाला लाग्दछ, तर कतिपय अवस्थामा संक्रमण विनानै पनि झाडापखाला लाग्नसक्छ । कतिपय अवस्थामा औषधि सेवन, खानाको एलर्जी, अन्य रोग तथा खानेकुराको अपचका कारण पनि झाडापखाला हुनसक्छ । खासगरी खानेकुरामा हुने ल्याक्टोज, चिल्लो तथा कार्बोहाइड्रेटको अपच हुँदा पनि झाडापखला लाग्न सक्छ भने कतिपय अवस्थामा केवल खानपिनको गडबडीले मात्र नभै तनावका कारण पनि पाचन क्रिया असन्तुलित भएर पखाला लाग्नसक्छ ।
- झाडापखाला लाग्दा दिसा पातलो हुने वा धेरैपटक लाग्ने मात्र होइन, पिसाब निकै कम लाग्ने हुन्छ । पेट बटारिने, दुख्ने, वाकवाकी लाग्ने लगायतका समस्या पनि देखिन्छन् । यदि ४८ घण्टासम्म पनि झाडापखला निको भएन र ज्वरो पनि घटेन भने डाक्टरकोमा गएर परामर्श लिइहाल्नु पर्छ, किनकी यो निकै कडा खालको झाडापखलाको संकेत हो ।
- झाडापखालाको उपचारको आधारभुत उद्धेश्य भनेको दिसा हुने प्रक्रियालाई सामान्य अवस्थामा ल्याउनु नै हो । औषधि खाँदा पनि पखाला रोकिएको छैन भने घरेलु जडिबुटी लगायतको सेवन गर्ने तथा पर्याप्त पानी तथा झोलिलो पदार्थ खाएर पानीको कमी हुनबाट बच्नुपर्छ । तर यसो गर्दा डाक्टरको परामर्शमै गर्नुपर्छ । झाडापखालाको बेलामा सरीरमा जलवियोजन भयो भने मृगौला फेल हुने तथा सरीरमा इलेक्ट्रोलाइटहरुको असन्तुलन भएर विभिन्न खाले समस्या उत्पन्न हुने जोखिम रहन्छ ।
- झडापखाला खाना तथा पानीबाट सर्ने रोग हो । त्यसैले स्वस्थ जिवनशैली तथा आनीवानी र स्वस्थ आहार विहारले यो रोग लाग्न तथा फैलिनबाट जोगाउँछ । खाना बनाउनुअघि, खानुअघि तथा दिसा धोइसकेपछि राम्रोसँग साबुनपानीले हात धुने गर्नुपर्छ । खानेकुरा राम्रोसँग पकाएर मात्र खाने, फोहोर, बासी तथा सडेगलेको खानेकुरा नखाने, पानी उमालेर मात्र पिउने, फलफूल, सागपात तथा सलादहरु राम्रोसँग धोएर तथा सफा गरेर मात्र खाने गर्नाले पनि झाडापखालाबाट बच्न सकिन्छ ।
लामो समयसम्म जुत्ता तथा मोजा लगाएर काम गर्नुपर्दा धेरै मानिसको खुट्टाबाट दुर्गन्ध आउने समस्या हुन्छ । अझ नियमित सफाइ भएन भने त त्यो समस्या अझै बढ्छ । यद्यपि केही मानिसले खुट्टाबाट दुर्गन्ध आउने समस्यालाई नजरअन्दाज गर्दछन् । किनकी यस्तो समस्याबाट मुक्ति पाउने उपाय धेरैलाई थाहा पनि हुँदैन ।
खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट आफुमात्र होइन आफ्नो आसपासमा मानिस अझै बढि पीडित बन्दछन् । त्यसकारण खुट्टाबाट दुर्गन्ध आउने समस्याबाट मुक्ति पाउनका लागि निम्नानुसारका घरेलु उपाय अपनाउनु उपयुक्त हुन्छ ।
क ) अदुवालाई पिँधेर त्यसको रस निकाल्नुहोस् । त्यसपछि अदुवाको रसमा कपास भिजाउनुहोस् र त्यसलाई राति सुत्नुभन्दा अघि पाइतालामा दलेर रातभर छाड्नुहोस् । बिहान राम्रोसँग खुट्टा धुनुहोस् । खुट्टाको सरसफाइमा ध्यान दिनुहोस् । सफा जुत्ता तथा सफा मोजा लगाउने गर्नुहोस् । यदि यसो गर्दाप्नि खुुट्टाबाट दुर्गन्ध आउने समस्या नहटेमा छाला रोग विशेषज्ञसँग परामर्श लिनुपर्छ ।
ख) मनतातो पानीमा नुन घोल्नुहोस् अनि त्यो घोलमा खुट्टा डुबाउनुहोस् । केहीबेर नुनपानीमा खुट्टा डुबाइसकेपछि निकाल्नुहोस् अनि चिसो पानीले मज्जाले खुट्टा पखाल्नुहोस् । सिधे नुन पानीमा घोलेर खुट्टा डुबाउँदा अझ लाभदायी हुन्छ ।
ग) एउटा भाँडोमा मनतातो पानी राखेर त्यसमा दुइ चम्चा बेकिङ सोडा तथा कागतीको रस हाल्नुहोस् । अनि त्यसमा दश मिनेटसम्म खुट्टा डुबाएर राख्नुहोस् । हप्तामा एकपटक यसो गर्दा खुट्टा गन्हाउने समस्या कम हुन्छ ।
घ) राम्रोसँग पिँधेर मीहिन बनाएको अलिकति मकैको पिठो जुत्ताभित्र हाल्नुहोस् । यसले खुट्टाबाट निस्किने पसिना सोस्दछ अनि खुट्टाबाट दुर्गन्ध आउनबाट रोक्दछ । जुत्ता र खुट्टा भने हरेक दिन सफा गर्नुपर्छ ।
२० असार, बिराटनगर । मोरङको बिराटनगर एवं रानी भन्सारसँग सीमा जोडिएको जोगवनी नाका मानव तस्करहरुका लागि सुरक्षित नाकाका रुपमा प्रयोग हुने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।
मानव बेचबिखनमा संलग्न रहेको भन्दै प्रहरीले आइतबार एक महिलालाई सार्वजनिक गरेको छ । ती महिलाले भारत लैजान लागेका पाँच युवतीलाई प्रहरीले उद्धार गरेको छ ।
डरलाग्दो तथ्यांक
मोरङका प्रहरी प्रमुख तारणीप्रसाद लम्सालका अनुसार भारत तथा तेश्रो मुलुकमा रोजगारीको आश्वासनमा यही मार्ग भएर महिला एवं वालवालिकाहरु ओसार्ने गरिएको छ । उनीहरुलाई अरबसम्म लैजाने भनिए पनि भारतमा बेच्ने गरिएको प्रहरीको आशंका छ ।
जिल्ला प्रहरी कार्यालय मोरङमा आइतबार अपरान्ह आयोजित कार्यक्रममा प्रहरी उपरीक्षक लम्सालले एक वर्षको अवधिमा १ सय ४६ जनालाई जोगवनी नाकाबाट उद्धार गरिएको तथ्यांक सार्वजनिक गरे ।
यसरी उद्धार गरिएका मध्ये बढीजसो महिला र वालिकाहरु छन् भने केही वालकहरु छन् । उद्धार गरिएका मध्ये १२ देखि १८ वर्षका ४२ जना वालिका छन् । त्यस्तै १२ देखि १५ वर्षका १७ जना वालकको उद्धार गरिएको छ । तस्करहरुको पञ्जाबाट १८ देखि ३८ वर्षका ८८ जना महिलाको उद्धार गरिएको छ । वर्ष दिनमा यतिठूलो संख्यामा महिला र वालवालिका बेचबिखनमा पर्नु चानचुने घटना नभएको प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार सो एक वर्षको अवधिमा मानव ओसार प्रसार तथा बेचबिखन तथा ओसार पसारमा संलग्न १५ जनालाई पक्राउ गरी मुद्दा चलाइएको छ ।
सातदोबाटोबाट उठाएर नाइट बसमा बिराटनगर
वैदेशिक रोजगारमा पठाइदिने बहानामा पाँच युवतीलाई बिराटनगर हुँदै जोगवनी नाकाबाट भारत लाने क्रममा पथरी शनिश्चरे नगरपालिका ८ की मोटी भनिने शान्ता लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई आइतबार बिराटनगरमा पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको छ ।
मोरङ घर भई ललितपुरको ठेचोमा बस्दै आएकी ३२ वर्षीया लिम्बुलाई पाँचजना युवतीसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
मोरङ वयरवन-८ की २१ वर्षीया दुर्गा जोगी, कञ्चनपुर त्रिभुवन वस्तिकी २१ वर्षीया कोपिला तामाङ, म्याग्दी सिंहकी ३८ वर्षीया मनमाया विक, उदयपुर राजावास गाईघाटकी २३ वर्षीय सुकिका दनुवार र सप्तरी ढकली वथनाहाकी २५ वर्षीया मंगलीदेवी रामलाई भारत लैजाने क्रममा लिम्बू पक्राउ परेकी हुन् ।
उनीहरुलाई वैदेशिक रोजगारीका लागि भारतको बाटो हुँदै कुवेत पठाइदिने बाहनामा जोगवनी नाका पुर्याइएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक गंगाप्रसाद पाण्डेले जानकारी दिए ।
शान्तिले पाँच युवतीहरुलाई ललितपुरको सात दोबाटोबाट स्थल मार्गको प्रयोग गरी जोगवनी ल्याएकी थिइन् । शान्तिले आफुलाई जोगवनीको बाटो प्रयोग गरी भारत लान एजेन्टले अह्राएको पत्रकार सम्मेलनमा बताइन् ।
भक्तपुरका प्रदीप तामाङ र काभ्रेकी कविता सेवाले आफूलाई जोगवनी पठाएको शान्तिले जानकारी दिइन् । जोगवनीमा रेल सेवाको सहजता भएकाले घुम्न जाने बहानामा तस्करहरुले रानी नाका प्रयोग गर्ने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ । प्रहरीका अनुसार मानव तस्करहरुले मुलुकका अन्य नाका पनि प्रयोग गर्ने गरेका छन् तर, जोगवनी नाका भने उनीहरुको मुख्य मार्ग भएको पाइएको छ ।
प्रहरीले शान्तिलाई मानव वेचविखन तथा ओसार प्रसारमा मुद्दा चलाइएको जनाएको छ ।
२० असार, काठमाडौं । सरकारद्वारा गठित उच्चस्तरीय कर प्रणाली पुनरावलोकन आयोगको प्रतिवेदनले सर्वसाधारण किसानको ढाड सेक्ने र व्यापारी एवं कर्मचारीहरुलाई सहुलियत प्रदान गर्ने उदार पुँजीवादी कर प्रणाली प्रस्ताव गरेको छ ।
अर्थमन्त्री डा. रामशरण महतले आगामी बजेट यही प्रणालीअनुसार ल्याएमा रामचन्द्र पौडेलले भनेको ‘लोक कल्याणकारी मन’ बकवास सावित हुनेछ । र, यस्तो कर प्रणालीबाट कुकुर र बिरालाले सहुलियत पाए पनि सर्वसाधारणले भने निकै ठूलो मूल्य चुकाउनुपर्ने देखिन्छ ।
मालपोत र भूमिकर परिमार्जन हुने
आयोगले आइतबार अर्थमन्त्रीलाई बुझाएको कर सुधार सम्बन्धी प्रतिवेदनमा पुख्र्यौली सम्पतिको स्वामित्व हस्तान्तरणमा लाग्ने रजिष्ट्रेशन दस्तुरको दर बढाउन सिफारिस गरिएको छ । यस्तो भएमा अंशवण्डा गर्दा लिइने जग्गाको रजिष्ट्रेसन दस्तुर बढ्ने छ ।
आयोगले मालपोत र भूमिकरका दरहरुलाई आवधिकरुपमा पुनरावलोकन गर्न र जग्गाधनीले चाहेमा ५ वर्षको मालपोत एकैपटक तिर्न सक्ने व्यवस्था गर्न सिफारिस गरेको छ ।
कुकुर बिरालाको दानामा कर छुट
आयोगले कुकुर र बिरालाको खानेकुरामा अन्तःशुल्क छुट गर्न सिफारिस गरेको छ । आयोगको प्रतिवेदनमा निएको छ- ‘किचेन तथा बाथरुमका सामान, कुकुर बिरालोको खाना, माछा मासुजन्य पदार्थ, जंक फुडलगायतका राजस्व नगण्यरुपमा प्रदान गर्ने र साधारणतया अन्तःशुल्कको दायरामा नआउने वस्तुमा लागेको अन्तःशुल्क खारेज गरिनु पर्दछ ।’
भ्याटको दायरा बढाउन सिफारिस
विदेशी ऋण दाताले भ्याटको दर बढाउन ग्रीस सरकारलाई दबाब दिइरहेका बेला नेपालमा पनि मूल्य अभिवृद्धिकर भ्याटको दायरा बढाउन आयोगले सरकारलाई सिफारिस गरेको छ ।
आयोगको सिफापिरस अनुसार भ्याटको दायरा बढेमा जनताको क्रयशक्ति घट्ने र सर्वसाधारणले राज्यलाई बढी पैसा तिर्नुपर्ने हुन्छ । भ्याटबारे आयोगको प्रतिवेदन भन्छ-‘मूल्य अभिवृद्धि करलाई राजस्वको मेरुदण्डको रुपमा विकसित गर्दै जानुपर्दछ र नीतिगत तथा प्रशासनिक सुधार गरेर कुल कर राजस्वमा यसको योगदान ३५ देखि ४० प्रतिशतसम्म पुर्याइनु पर्दछ ।’
आयोगले भनेको छ-‘मूल्य अभिवृद्धि करको आधार विस्तार गर्नका लागि यस करमा दिइएका छुटसम्वन्धी प्रावधानहरु क्रमशः घटाउँदै जानुपर्दछ ।’
पेट्रोलियम पदार्थ र दुरसञ्चारमा अन्तःशुल्क
आयोगले सडक मर्मत तथा सुधार दस्तुर र प्रदुषण नियन्त्रण शुल्क खारेज गरेर पेट्रोल र डिजेलमा अन्तःशुल्क लगाउन आयोगले सरकारलाई सुझाव दिएको छ ।
यसैगरी दूर सञ्चार सेवा दस्तुर लगाउनको सट्टा यस सेवामा पनि अन्तःशुल्क लगाउन सिफारिस गरिएको छ ।
सार्वजनिक यातायातको भाडा बढ्ने
आयोगले कर प्रणाली सुधार गर्ने बाहनामा सार्वजनिक सवारी साधानको भाडा बढाउने जुक्ति सरकारलाई सुझाएको छ । आयोगले आफ्नो प्रतिवेदनमा भनेको छ, ‘भाडाका सवारी साधनमा प्रतिसवारी साधनको आधारमा तोकिएको दर लामो समयसम्म यथावत राखिएकाले यसलाई बढाउनु जरुरी छ ।’
आयोगको सिफारिस अनुसार प्रतिसवारी साधनमा लाग्ने कर बढाइएमा त्यसको असर सवारी भाडामा पर्न गई सोको भार पनि सर्वसाधारण जनताले नै तिर्नुपर्ने हुन्छ ।
व्यापारी र कर्मचारीलाई सहुलियत
आयोगले राजस्व संकलनको मुख्य आधार भ्याट र आयकरलाई बनाउन खोजेको छ भने भन्सारतर्फ कर छुटको प्रावधान ल्याएर व्यापारीहरुलाई सहुलियत प्रदान गर्न खोजेको छ ।
त्यसैगरी पूर्वकर्मचारीहरुको पेन्सनमा लाग्ने कर मिनाहा गर्न सिफारिस गरिएको छ । सरकारको कर नीति हेर्दा जनतालाई बढी भार थोपर्न खोजेको देखिन्छ ।
त्यसैगरी पूर्वकर्मचारीहरुको पेन्सनमा लाग्ने कर मिनाहा गर्न सिफारिस गरिएको छ । सरकारको कर नीति हेर्दा जनतालाई बढी भार थोपर्न खोजेको देखिन्छ ।
दुई वर्षसम्म पुनर्निर्माण कर
भूकम्पका बेला सरकारी सुविधान बढाउने र मितव्ययिता पटक्कै नअपनाउने कार्यमा लागेको सरकारले दुई वर्षसम्म जनताबाट पुनर्निर्माण कर उठाउने बाटो खुलेको छ । आयोगले सरकारलाई दुई आर्थिक वर्षसम्म पुनर्निर्माण कर उठाउन सिफारिस गरेको छ ।
आयोगले सिफारिस गरेका केही बुँदाहरु यस्ता छन् :
मूल्य अभिवृद्धि कर
मूल्य अभिवृद्धि करलाई राजस्वको मेरुदण्डको रुपमा विकसित गर्दै जानु पर्दछ र नीतिगत तथा प्रशासनिक सुधार गरेर कुल कर राजस्वमा यसको योगदान ३५ देखि ४० प्रतिशतसम्म पुर्याइनु पर्दछ ।
मूल्य अभिवृद्धि करको आधार विस्तार गर्नको लागि यस करमा दिइएका छुट सम्वन्धी प्रावधानहरु क्रमशः घटाउदै जानु पर्दछ । कर नलाग्ने कारोबारको सीमा वढाइनु पर्दछ, दरलाई यथावत राखिनु पर्दछ, र शुन्य दर निकासीमा सीमित गरिनुपर्दछ ।
मूल्य अभिवृद्धि करको मूल मान्यता अनुरुपकरलाग्ने कारोवारसँग सम्वन्धित वस्तु वा सेवामा तिरेको पूरै कर कट्टी गर्न पाइने व्यवस्था गरिनु पर्दछ, र कर फिर्ता व्यवस्थालाई सहज र प्रभावकारी वनाइनु पर्दछ ।
मूल्य अभिवृद्धि करको कार्यान्वयन पक्ष कम्जोर भएकोले आर्थिक वर्ष २०७२/७३ को पहिलो छ महिनामा यस करका स्वेच्छिक दर्ता, समयमा विवरण नवुझाउने, समयमा कर नतिर्ने, र अधिक क्रेडिट विवरण तथा कर कट्टी रकम सम्वन्धी समस्या सुल्झाइ यस करलाई सार्क क्षेत्रमै नूनमा कर प्रणालीको रुपमा स्थापना गर्ने अठोट गरिनु पर्दछ ।
आय कर
आय कर राजस्वको दोश्रो महत्वपूर्ण श्रोत हो र नीतिगत तथा प्रशासनिक सुधार गरी यस करबाट कुल कर राजस्वको एक तिहाइसम्म राजस्व संकलन गरिनु पर्दछ ।
सामाजिक न्यायको लागि प्रभावकारी रुपमा लागु गर्न सकिने कर पनि यही हो । आय करको आधार विस्तार गर्नका लागि मुलुकको विकास नीतिमा टेवा पुर्याउने, रोजगारी वढाउने, पिछडिएका क्षेत्रको औद्योगिक विकास गर्ने उद्देश्यले दिइएका छुट वाहेक अन्य छुट हटाउंदै जानु पर्दछ । आधारभूत छुट रकमलाई मुद्रास्फितिको दरसँग आवद्ध गरिनु पर्दछ ।
प्राकृतिक व्यक्तिले अवकाश वचत स्वरुप स्वीकृत अवकाश कोषमा जम्मा गर्ने रकम, लगानी बीमा, सामाजिक उत्तरदायित्व र कर छुट पाएका संस्थाहरुलाई दिइने चन्दा उपहार वापत कट्टी गर्न पाउने रकमको मात्रा वढाइनु पर्दछ भने एउटा घर खरिद/निर्माण गर्दा लिएको कर्जाको साँवा तथा ब्याज बापत बाषिर्क निश्चित रकमसम्मको भुक्तानी छुट दाबी गर्न सक्ने ब्यबस्था गरिनु पर्दछ ।
व्यक्तिगत आय करको न्यूनतम तथा उच्चतम सीमान्त दर वढी भएकोले घटाउनु र्पदछ र आय कर लाग्ने विभिन्न व्राकेटको रकम बढाइनु पर्दछ ।
संस्थागत आय करको दरमा गरिएका विभिन्न कटौतिलाई क्रमिक रुपले हटाउदै संस्थागत कर सवै क्षेत्रमा समान किसिमले लाग्ने वातावरण सिर्जना गर्दै जानु पर्दछ । मुलुकको सर्वांगिण विकास नीतिमा सहयोग पुर्याउनका लागि लगानी आकषिर्त गर्न संस्थागत आय करको दर अन्य सार्क मुलुकको आय करको दरभन्दा कम हुनु पर्दछ ।
भाडाका सवारी साधनमा प्रति सवारी साधनको आधारमा तोकिएको दर लामो समयसम्म यथावत राखिएकोले यसलाई वढाउनु जरुरी छ । घर वहाल कर संकलनमा केन्द्रले नगरपालिकालाई सहभागी बनाइ त्यसबाट संकलित राजस्वको ६० प्रतिशत केन्द्रले र ४० प्रतिशत नगरपालिका (स्थानीय निकाय) ले प्राप्त गर्ने व्यवस्था गरिनु पर्दछ ।
वाषिर्क रु. २० लाख देखि मूल्य अभिवृद्धि कर नलाग्ने सिमा सम्मको कारोवार गर्ने प्राकृतिक ब्यक्तिले सरलीकृत रुपमा कारोवार कर (Turnover tax) तिर्नु पर्ने व्यवस्था गरिनु पर्दछ ।
भन्सार महसुल
भंसार महसुल माथिको निर्भरता घट्दै जाने भएतापनि नेपालको सिँगो कर प्रणाली तथा कर प्रशासनलाई पारदर्शि तथा प्रभावकारी वनाउन वस्तुको विस्तृत र सहि किसिमले वर्गीकरण गर्ने, मूल्यांकन पद्धति सुधार्ने, अवैध व्यापार नियन्त्रण गर्ने र व्यापार सहजिकरण गर्ने कार्य महत्वपूर्ण भैरहने हुदा भस्थालाई सुदृढ गर्दै जानु पर्दछ ।
मालवस्तुको पैठारी गर्नका लागि प्रतिंसार व्यव तपत्र खोल्दा सो को विस्तृत विवरण प्रतितपत्र एवं विलविजकहरुमा खोल्नु पर्ने व्यवस्थालाई अनिवार्य गरी प्रभावकारी रुपमा लागू गर्नु पर्दछ । उद्योगहरुले पैठारी गर्ने कच्चा पदार्थ, सरकारी पैठारी, सरकारी संस्थानको आयात र ५ प्रतिशतसम्म भन्सार महसुल लाग्ने वस्तुको पैठारीलाई सहज र सरल मूल्याँकन प्रणाली अवलम्वन गरी जाँचपास गर्नुपर्छ ।
राजस्वको दृष्टिकोणले महत्वपूर्ण वस्तुहरुको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय वजार मूल्यको तथ्यांक संकलन गरी यसलाई अद्यावधिक गर्दै जानु पर्दछ ।
स्वदेशी उद्योगले पैठारी गर्ने केही आधारभूत कच्चा पदार्थहरुमा आर्थिक वर्ष २०७२/७३ मा भंसार महसुल शुन्य प्रतिशतले लगाउने र यस्तो व्यवस्था आगामी वर्षहरुमा अन्य औद्योगिक कच्चा पदार्थ, सहायक कच्चा पदार्थ, रसायनिक पदार्थ, प्याकेजिंग सामाग्री र औद्योगिक मेशिनरीको सन्दर्भमा पनि विस्तार गर्दै जानु पर्दछ ।
सन् २०१६ देखि साफ्टा पूर्ण रुपमा कार्यान्वयनमा आई व्यापार उदारीकरण कार्यक्रमसमाप्त हुने भएकोले संवेदनशील सूचीमा परेका मालवस्तुहरु वाहेक अन्यको हकमा नेपालले ५ प्रतिशतभन्दा वढी पैठारी महसुल लगाउन सक्ने अवस्था नरहने हुंदा सार्क मुलुकहरुबाट पैठारी गरिने मालवस्तुमा लाग्ने पैठारी महसुलको संरचना परिवर्तन गर्नु पर्ने हुन्छ ।
यसैगरीसार्क वाहेक अन्य मुलुकहरुबाट पैठारी गरिने मालवस्तु र साफ्टाको संवेदनशील सूचीमा समावेश गरिएका वस्तुमा लाग्ने भन्सार महसूलका दरको संख्या तथा तह घटाउदै जानु पर्दछ । साफ्टा लागु गर्ने सन्दर्भमा नेपालले व्यक्त गरेको क्षेत्रीय प्रतिवद्धता अनुसार संवेदनशील सूचीमा समावेश भएका वस्तुलाई क्रमशः यस सूचीबाट हटाउदै जानु पर्दछ । निकासी पैठारी गर्दा आवश्यक पर्ने कागजताको संख्या कटौति गरिनु पर्दछ ।
अन्तःशुल्क
अन्तःशुल्क लाग्ने वस्तुको संख्या सीमित राख्ने, निकासीलाई कर मुक्त गर्ने र अन्तःशुल्क व्यवस्थालाई स्वयं निस्काशन प्रणाली अन्तर्गत संचालन गर्ने नीति अपनाउदै जानु पर्दछ । सडक मर्मत तथा सुधार दस्तुर र प्रदुषण नियन्त्रण शुल्क खारेज गरेर पेट्रोल र डिजेलमा अन्तःशुल्क लगाउनु पर्दछ ।
यसैगरी दूर संचार सेवा दस्तुर लगाउनको सट्टा यस सेवामा अन्तःशुल्क लगाउनु पर्दछ । किचेन तथा वाथरुमका सामान, कुकुर विरालोको खाना, माछा मासुजन्य पदार्थ, जंक फुड लगायतका राजस्व नगण्य रुपमा प्रदान गर्ने र साधारणतया अन्तःशुल्कको दायरमा नआउने वस्तुमा लागेको अन्तःशुल्क खारेज गरिनु पर्दछ ।
निकासी गरिने वस्तुको उत्पादनमा प्रयोग भएको कच्चा पदार्थमा लागेको अन्तःशुल्क फिर्ता दिने व्यवस्था हुनु पर्दछ ।
स्वयं निष्काशन प्रणाली सूर्तिजन्य पदार्थमा आर्थिक वर्ष २०७२/७३ मा लागू गर्ने र त्यसको प्रभाव मुल्यांकन समेतका आधारमा त्यसपछि मदिरामा लागू गर्ने व्यवस्था गर्नु पर्दछ ।
मालपोत तथा घर जग्गा रजिष्ट्रेशन दस्तुर
मालपोत/भूमिकरका दरहरुलाई आवधिक रुपमा पुनरावलोकन गर्ने, जग्गाधनीले चाहेमा ५ वर्षको मालपोत एकैपटक तिर्न सक्ने व्यवस्था गर्ने, घर जग्गा करको न्यूनतम छुट हटाउने, दर घटाउने, र न्यूनतम र अधिकतम दरको सीमा तोक्ने, व्यवस्था गर्नु पर्दछ । घर जग्गा रजिष्ट्रेशन दस्तुरलाई कारोवार मूल्यमा लगाउने र दर घटाउने व्यवस्था गर्नु पर्दछ भने पुख्र्यौली सम्पतिको स्वामित्व हस्तान्तरणमा लाग्ने रजिष्ट्रेशन दस्तुरको दर बढाउनु पर्दछ ।
सवारी कर
सवारी कर एकद्वार प्रणाली अन्तर्गत संकलन गर्नु पर्दछ ।
सामाजिक सुरक्षा कर
सामाजिक सुरक्षा करलाई विकसित गर्दै जाने क्रममा कर्मचारी तथा रोजगारदाता दुवैको योगदान हुनुपर्ने व्यवस्था लागु गर्नु पर्दछ । निवृत्तिभरण सम्वन्धी वर्तमान योगदानरहित व्यवस्थाको सट्टा योगदानमा आधारित व्यवस्था लागु गर्नु पर्दछ र निवृतिभरण आयको भुक्तानीमा एक प्रतिशतका दरले लाग्ने सामाजिक सुरक्षा कोष करलाई खारेज गर्नु पर्दछ ।
पुनर्निर्माण कर
आर्थिक वर्ष २०७२/७३ र आर्थिक वर्ष २०७३/७४ मा व्यक्तिगत तथा संस्थागत आय करको आधारमा पुनर्निर्माण कर लगाउनु पर्दछ ।
गैर कर
गैर करका दरलाई समसामयिक वनाउने, हाल कुनै किसिमले प्रयोग नभएका सरकारी सम्पत्तिको विक्रीबाट थप राजस्व परिचालन गर्ने र राष्ट्रिय स्तरको कल्याणकारी कोष, वैदेशिक रोजगार प्रवर्धन कोष, सैनिक, प्रहरी तथा सशस्त्र प्रहरी कोषहरु, ग्रामीण दूर संचार कोष जस्ता कोषहरुमा अनुत्पादक स्थितिमा रहेको रकम अर्थतन्त्रको पुनर्निर्माण कार्यमा लगाउने व्यवस्था गर्नु पर्दछ ।
राजस्व प्रशासन
राजस्व वोर्ड स्थापना गर्ने, राजस्व सेवा लागु गर्ने,कर्मचारीहरुको दरवन्दी श्रृजना, छनौट, नियुक्ति, पदस्थापन, सरूवा, वढुवा, तथा कार्य सम्पादन मूल्यांकन जस्ता सवै पक्षहरुको सुधार गर्नु पर्ने, कर्मचारी प्रशिक्षण युद्ध स्तरमा लागु गर्ने, करदाता शिक्षालाई निरन्तरता दिनु पर्दछ । आर्थिक वर्ष२०७२/७३ र २०७३/७४ लाई राजस्व प्रशासनको क्षमता वृद्धि वर्षको रुपमा लिइनु पर्दछ ।
प्रशासकीय पुनरावलोकन
प्रशासकिय पुनरावलोकनलाई छिटो छरितो वनाउनको लागि प्रशासकिय पुनरावलोकनको अधिकारलाई महानिर्देशकले प्रत्यायोजित गर्न सक्ने वा महानिर्देकको सट्टा उपमहानिर्देशकको नेतृत्वमा छुट्टै महाशाखा खडा गरी सोबाट गर्ने व्यवस्था मिलाउनु पर्दछ । यस सम्वन्धी निर्णय ६० दिन भित्र गरि सक्नु पर्ने र धरौटी राख्न आवश्यक नहुने गर्नु पर्दछ ।
पुनरावेदन
पुनरावेदन सम्वन्धी व्यवस्थालाई प्रभावकारी वनाउन यसको वनोट, संख्या तथा समयावधी मा सुधार हुनु पर्दछ ।
कर विवाद समस्या समाधान समिति
आन्तरिक राजस्व विभागको संरचना बाहिर एउटा छुट्टै स्वतन्त्ररुपले काम गर्ने गरी एउटा तीन सदस्यीय कर विवाद समस्या समाधान समितिको व्यवस्था गरिनु पर्दछ ।
सम्पत्ति घोषणा
तोकिएको रकमभन्दा माथिको चल अचल सम्पत्ति भएको प्राकृतिक व्यक्तिले आय करको प्रयोजनका लागि अनिवार्य रुपमा सम्पत्ति घोषणा गर्ने व्यवस्था गर्नु पर्दछ । यसरी विवरण दाखिला गर्ने व्यक्तिको सम्पत्ति निश्चित रकमभन्दा वढी थप भएको अवस्थामा पहिला पेश गरेको सम्पत्तिको विवरणमा समावेश गर्नको लागि विबरणहरु दाखिला गर्दै जानु पर्ने व्यवस्था गर्नु पर्दछ ।
कर संहिता
कर संहिता हाल आय कर, अन्तशुल्क, भंसार महसुल, मूल्य अभिवृद्धि कर जस्ता विभिन्न करका लागि छुट्टा छुट्टै ऐन नियम लागु गरिएकोमा ती सवै कानूनको सट्टा सवै करको प्रयोजनका लागि एउटै कर संहिता तयार गर्नु पर्दछ ।
सर्वोच्चका एक जना न्यायाधीशले १६ बुँदे सहमति कार्यान्वयन नगर्न आदेश गरेलगत्तै उनैको धनुषा जिल्लाका राष्ट्रपति रामवरण यादवले आफूलाई बोलाएर अदालतको आदेशविपरीत संविधान प्रमाणिकरण कसरी गर्ने भन्नुमा षड्यन्त्र रहेको प्रचण्डले बताएका छन् ।
सोमबार साँझ संविधानसभामा संविधान मस्यौदा समितिमा रहेका सदस्यसहित आफ्ना पार्टी पदाधिकारी समक्ष उनले राष्ट्रपति यादवले त्यसयता लगातार संविधान बन्न नदिन लबिङ गरिरहेको सूचना पाएको बताएका हुन् ।
‘यादवले पर्दाभित्र बसेर षड्यन्त्र गर्नु र उनका सल्लाहाकार खुलेआम मैदानमै उत्रेर १६ बुँदे सहमति विरुद्ध लाग्नुले शीतल निवास, चुपचाप बसेको छैन र बस्दैन भन्ने देखिन्छ,’ प्रचण्डको भनाई थियो ।
उनले राष्ट्रपति यादवका प्रतिनिधिले आफूलाई अर्को चुनाव नभएसम्म राष्ट्रपति, उपराष्ट्रपति कायमै राख्न जोड गर्नु राष्ट्रपति यादवले संविधान प्रमाणिकरण गर्दिन भन्नु कांग्रेसको संस्थापन पक्ष विवाद बढाएर समय लम्ब्याउन चाहनु तथा कांग्रेस समर्थक न्यायाधीशबाट १६ बुँदे कार्यान्वयन नगर भनिनु ठूलै षड्यन्त्रभित्रकै तानावाना भएको आशंका व्यक्त गरेका थिए ।
उनले अमरेश सिंह र खुफिया एजेन्टले आफू र बाबुरामलाई आएर १६ बुँदेमा नफस्न बारम्बार धम्कीपूर्ण भाषा बोलिरहेको समेत जानकारी गराए ।
यी सबैको बाबजुद १६ बुँदे कार्यान्वयन गराउन आफ्नो तर्फबाट सम्पूर्ण ढंगले लागिपर्ने र सारा षड्यन्त्रको भण्डाफोर गर्ने प्रचण्डको भनाई थियो । आजको जनआस्था साप्ताहिकमा खबर छ ।
साइकोसिस (पागलपन) भन्नाले विभिन्न कडा मानसिक रोगहरूको समूह बुझिन्छ । चिकित्साशास्त्रमा हाल साइकोसिसका विभिन्न प्रकारहरू छुट्याइसकिएको भएतापनि कडा मानसिक रोगहरूलाई समूहगत रूपमा पागलपन या साइकोसिस नै बोलीचालीको भाषामा भन्ने गरिन्छ । यी रोगीहरुले सामाजिक परिप्रेक्ष् मा अमिल्दो व्यवहार गर्ने भएको, कुराकानीमा पनि गडबडी भेटिने र आफ्नो दिमागी असन्तुलन ठम्याउन नसक्ने हुनाले पागलपन भन्ने गरिएको हो । यस समूह अन्तर्गत विभिन्न कडा मानसिक रोगहरु पर्दछन . विभिन्न पागलपन रोग अनुसार उपचार पनि फरक फरक हुन्छ .
डिप्रेसन बढ्दै गएर हुने साइकोसिस (Depressive Psychosis)
डिप्रेसन बढ्दै गएर पनि पागलपन हुन सक्दछ । डिप्रेसनको चरमसीमामा उदास हुने लक्षणहरू सँगसँगै पागलपनका लक्षणहरू पनि भेटिन सक्छन् । आफ्ना स्वजनहरू मरिसके या आफ्नो शरीरका भागहरू कुहिएर झरिसके जस्ता कुराकानी यस्ता व्यक्तिले गर्न सक्दछन् । उपचार नगरेमा यो अवस्था कति लम्बिन्छ भन्न सकिन्न । संक्रमण र आत्महत्याको सम्भावना यस प्रकारको पागलपनमा बढी हुने हुनाले औषधि नगरी हुन्न । ठीक भइसकेपछि पनि कमसेकम एक वर्ष औषधि खानु पर्दछ ।
स्कित्जोफ्रेनिया (Schizophrenia)
यो एक वैचारिक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । झण्डै १ प्रतिशन जनसंख्या यस रोगबाट जिन्दगीभरिमा पीडित हुन सक्छन । यो रोग लागेको मानिस हरु मद्धे दुइ तिहाइ लै सधै औषधि को आवश्यकता पर्दछ ।
यो रोगीपिच्छे फरक फरक लक्षण हुनसक्ने मानसिक रोग हो । यसका लक्षणहरूलाई विभिन्न भागमा बाडन् सकिन्छ ।
- कुनै आधार बिना गलत बिश्वास मा अडिग रहनु (Delusion)
- बाहिर आवाज नआइकन आवाज सुन्ने (Auditory Hallucination)
- नभएको कुरा देख्ने (Visual Hallucination)
- लक्ष्यहीन तथा दिशाहीन क्रियाकलापहरू (Disorganized behaviour)
- अर्थ हिन बोलिचालि (Thought disorder – जुन अर्थ हिन बोलिचालिको रुप मा प्रकट हुन्छ)
- क्रमिक रूपमा व्यक्तित्वमा गिरावट ।
यस रोग को लक्षणमा पनि एकरूपता नपाइने हुनाले यसको पहिचान को लागि मानसिक रोग बिशेसज्ञ को आवश्यकता पदर्छ । सबै भन्दा बढी भेटिने PARANOID SCHIZOPHRENIA को बारेमा पढ्न यहा क्लिक गर्नु होला ।
उन्मादको साइकोसिस (Bipolar Affective Disorder)
यो एक भावनात्मक स्थितिमा गडबडी उत्पन्न भएर हुने रोग हो । यसबाट पनि झण्डै १ प्रतिशत जनसंख्या जिन्दगीभरिमा पीडित हुन्छन । यस रोगका लक्षणहरू भिन्न समयमा फरक हुन सक्दछन् । कहिले यसमा महिनौंसम्म डिप्रेसनका लक्षणहरू उपस्थित हुन्छन त कहिले डिप्रेसन को ठीक उल्टो अर्थात् बढी बोले को बोल्यै गर्ने, धाक धक्कु लगाउने, अनावश्यक रूपमा बढी आत्मबल हुने, भनेको कुरा नपुगेमा क्रोधित हुने, चन्चलता बढी हुने, थोरै सुते पनि ताजगी महसुस हुने, जस्ता लक्षणहरूको उपस्थितिमा उक्त व्यक्तिलाई Mania भन्ने मानसिक रोग भएको भनिने र समग्र रूपमा उक्त व्यक्ति Bipolar Affective Disorder नामक रोगबाट ग्रसित भएको भन्ने गरिन्छ। औषधि उपचारले लक्षणहरू नियन्त्रण गरी रोगि रोग लाग्नुपूर्वको अवस्थामा आउन सक्दछ । तर यस रोगमा लक्षणहरू हटे पनि औषधि टुटाउदा रोग बल्झिने सम्भावना रहिरहन्छ ।
पागलपन र हिंसा
पागलपनबाट ग्रसित व्यक्तिहरू हिंसक हुन्छन् भन्ने भनाइ भए पनि यो पूर्ण रूपमा सही होइन । पागलपनबाट ग्रसितमध्ये धेरैजसो वास्तवमा हिंसक हुँदैनन् । हिंसक हुनेहरूमध्ये पनि धेरैजसो अरुहरूले जिस्क्याएका अवस्थामा मात्र उनीहरूलाई हानि पुर्याउन आएको भन्ने सोचेर यस्तो व्यवहार गर्न पुग्दछन् । एउटा सानो समूह चाहिं वैचारिक गडबडीको कारणले विनाकारण एक्कासि हिंसक हुन पुग्दछ । पागलपनबाट ग्रसित व्यक्तिहरूलाई एउटा सामान्य मान्छे जस्तै व्यवहार गरेमा समग्रमा भन्दा एउटा मानसिक तबरले स्वस्थ व्यक्तिले भन्दा बढी हिंसक व्यवहार गर्दैन भन्दा पनि हुन्छ ।
उपचार, औषधिको प्रयोग र बल्झिने सम्भावना
पागलपनबाट ग्रसित व्यक्तिहरूलाई बाधेर राख्ने चलन परापूर्व काल देखि को हो । यसो गर्दा कतिपय व्यक्तिहरू केहि समयपछि आफै ठीक भएर आउथे भने कति लाइ लामो समय सम्म या जीवनभर त्यसरी नै राखिन्थ्यो । कतिचाहिं बाधेको अवस्थामा विभिन्न संक्रामक रोगको शिकार भएर या भोकाएर मर्दथे। केहि ठाउमा जडिबूटी को प्रयोगले उपचार गरिन्थ्यो । धेरै जसो रोगि हरुको हालत एकदमै दयनीय हुन्थ्यो
औसधि को प्रयोग पहिले देखि नै गरिए पनि झण्डै आधा शताब्दी अगाडिबाट मात्र आधुनिक असरदार औष् धीको प्रयोग गर्न थालियो । औष् धिको प्रयोग ले प्राय जसो रोगीहरुको लक्षण बिलकलु नै हराएर जान्छ । केहि रोगीहरूमा लक्षणहरू निमर्लू नै नभए पनि कम चाहिं हुन्छ । झण्डै १० प्रतिशतमा भने उपचारले खास असर ल्याउदैन। यस प्रकार ९०% ले औष्धीको प्रयोगले लाभ हासिल गर्दछन।
छोटो समयको लागि मात्र हुने पागलपनहरू दोहोरिने दर न्युन छ । लामो अवधिसम्म (छ महिनाभन्दा बढी) भएका पागलपनहरू चाही औषधि छोडेमा बल्झने सम्भावना हुन्छ .
एकपटक पागलपन भएर ठीक भएको व्यक्तिको रोग बल्झिने सम्भावना केहि हदसम्म भए तापनि उनीहरू धेरै अवस्थाहरूमा आफ्नो जिम्मेवारी बहन गर्दै सामान्य जिन्दगी बिताउन सफल हुन्छन भन्ने हामीले बुझनु जरुरी छ । एकपटक पागलपनबाट ग्रसित भएपछि ठीक हुदैन भन्ने धारणालाई गलत नै भन्नु उपयुक्त हुन्छ, तर बल्झिदैन भन्ने अवस्थामा चाहिं हामी पुगिसकेका छैनौ . न्यानो पारिवारिक वातावरण, उपयुक्त व्यक्तिगत स्वतन्त्रता तथा आपसी विश्वासले रोग बल्झाउने सम्भावनालाई कम गछर्न भन्ने अनुसन्धानहरूले देखाएका छन् ।
बेलामौकामा दिक्क जसलाई पनि लाग्छ । उदास पार्ने घटना जसको जिन्दगीमा पनि घटन् सक्दछ । भनाइ नै छ, चिन्ता नहुने त मान्छे नै हुदैन । तर सीमा जे कुराको पनि हुन्छ । तीव्रता होस् या समयावधि,उदसिपनाले निश्चित सीमा नाघेपछि चाहिं त्यसलाई सामान्य अवस्था मान्न सकिंदैन । जब दिक्दारीपना या उदासी लगातार केही हप्तासम्म रहिरहन्छ, जब उक्त व्यक्तिमा जाँगर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणहरूले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त व्यक्ति उदासिपनाको रोग वा सामान्य बोलिचालीको भाषामा डिप्रेसन (Depression) बाट पीडित भएको शँका गर्नुपर्ने हुन्छ । डिप्रेसन (Depression) बाट पीडित विभिन्न मानिसहरूमा लक्षणको समीकरण फरक फरक हुनुको साथै भएका लक्षणहरू पनि फरक फरक तीव्रताका हुन सक्दछन् । तसर्थ पीडित व्यक्तिहरूमा उनीहरूको लक्षणहरूमाझ एकरूपता नभेटिन पनि सक्छ ।
डिप्रेसन एक प्रकारको मानसिक रोग हो। यसले पीडित व्यक्तिको व्यवहारमा फरक ल्याउनुको साथसाथै शारीरिक तथा मानसिक पीडा पनि हुने हुन्छ । यसको कारणले पीडित व्यक्तिको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउने हुन्छ । सुरुसुरुमा पीडित व्यक्तिमा त्यति धेरै नकारात्मक विचारहरू नआउलान् । तर चाँडै पहिचान नगरिएमा बिस्तारै बिस्तारै नकारात्मक विचारले प्रभुत्व जमाउँछन् । केही गर्न सक्दिन जस्तो लाग्ने, जे गरे पनि सफल हुन्न र भविष्य पनि अन्धकार छ जस्तो लाग्ने डिप्रेसनबाट पीडित ब्यक्तिमा पाइने नकारत्मक सोचका उदाहरण हुन् । क्रमिक रूपले जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि आ अब त काल आइदिए हुन्थ्यो जस्तो लाग्ने पनि हुन जान्छ। रोगको तीव्रता बढ्दै गएमा मार्ने चाहना उत्पन्न हनु थाल्छ र चरमसीमा आत्महत्यासम्म पुग्न सक्छ । विश्वव्यापी रूपमा, त्यसमा पनि आप्रवासी कामदारहरूमा बढदै आत्महत्याको दर् ले यस को प्रमुख कारण दिप्रेसन पनि बढ्दै गएको सूचित गर्दछ ।
सन् १९९० मा विश्व बैङ्क तथा विश्व स्वास्थ्य संगठनले गरेका अध्ययनमा मानवजातिलाई पिरोल्ने रोगहरूमध्ये डिप्रेसन चौथो भएको तथ्य भएको पत्ता लागेको थियो । सन् २०२० सम्ममा डिप्रेसन यस परिप्रेक्ष् मा दोस्रो हुने अनुमान गरिएको छा । तर यहाँ बझ्नु पार्ने कुरा के पनि छा भने यस स्थितिको पछाडि डिप्रेसन एउटा रोग हुनु मात्र कारण होईन । रोग पहिचान नै नहनु, डिप्रेसनलाई नातागत या अन्य रोग हरू सम्झरे सही उपचार नहनु र डिप्रेसन भनेर भनरे पहिचान भए तापनि उचित प्रकार र समयावधिसम्म उपचार नहुनु ले यसको जटिलता झन बढेको हो । डिप्रेसन चिन्नको लागि सबैभन्दा पहिले यस प्रकारको रोग पनि हुन्छ भन्ने जानकारी हुनुपर्दछ । यसका साथै यस रोगका लक्षणहरूको बारेमा धेरेथोर जानकारी भएमा पहिचान गर्न अझ सजिलो हुन्छ ।
पहिचान को अर्को पक्ष पनि छ । धेरैजसो व्यक्तिहरू आफू मा आएको परिवर्तन महसुस गर्न सक्दछन् । तर रोगको असरले केही व्यक्तिहरूलाई सोच्न गाह्रो हुन्छ र सोचाइ पहिलेको जस्तो प्रस्ट नभएको अवस्थामा उसलाई आफ्ना लक्षणहरू चिन्न त्यति सजिलो हुदैन । साथीभाइ तथा नजिकका व्यक्तिहरूले ध्यान दिएमा रोग चिनिन मद्दत पुग्छ ।
बच्चाहरूमा पनि डिप्रेसन हुन्छ । तर उनीहरूमा भएका डिप्रेसनका लक्षणहरू बयस्कहरूको भन्दा फरक हुन सक्दछ । डिप्रेसन लक्षणहरू बच्चाहरूमा विभिन्न शारीरिक तथा व्यावहारिक समस्याहरूको रूपमा प्रकट हुन सक्दछ । डिप्रेसनको सही पहिचान तथा निदान नभएमा यी बालबालिकाको व्यक्तित्व विकासमा नराम्रो असर पुग्न सक्दछ ।
उपचार
डिप्रेसनको उपचार छ । झण्ड ९० प्रतिसत सम्म, जस्तो सुकै कडा भए पनि डिप्रेसन लाई उपचार गर्न सकिन्छ । कतिपय मानिसहरूमा डिप्रेसन पूर्ण रुपमा निर्मूल गर्न सकिन्छ त कतिपयलाई निकै हदसम्म लक्षणहरू हटाउन सहायता गर्न सकिन्छ । औषधि उपचार तथा मनोबैज्ञानिक पद्धतिद्वारा उपचार नेपालमा उपलब्ध छ । डिप्रेसन ठीक पार्न मानसिक रोग विशेषज्ञ लाई नै संपर्क गर्नु पार्छ भन्ने छैन् । मानसिक रोगको उपचारमा अनुभवी सामान्य चिकित्सक, मनोबिज्ञ र मानसिक स्वास्थ मा तालिम् प्राप्त अन्य स्वास्थकर्मीहरुद्वारा कम तिब्रताको डिप्रेसनको उपचार सम्भव छ । तर डिप्रेसन बढी कडा भएमा, आफ्नो हेर बिचार गर्न नसक्ने अवस्थामा भएमा या आत्महत्या गर्ने सोच उत्पन्न भएमा मानसिक रोग विशेषज्ञको सहायता आवश्यक हुन्छ । डिप्रेसन मन कमजोर भएर या आफ्नो मन् लाई वशमा राख्न नसकेर भएको होईन भन्ने बुझ्नु जरूरी छ । डिप्रेसन भएका व्यक्तिहरूको दिमागको विभिन्न भागमा भएका रसायनिक गडबडीबाट पनि यो रोग हो भन्न सकिन्छ । तर महत्वपुर्ण कुरा के हो भने यसको उपचार छ । कडा डिप्रेसनमा औषधीको जरूरत हुन्छ । अस्पातलमा भर्ना गर्नु पर्ने पनि हुन सक्छ । कम कडा डिप्रेसन भने मनोबैज्ञानीक उपचार पद्दति (बिशेष प्रकार को काउन्सिलिङ) बाट पनि उपचार गर्न सकिन्छ । उपचार नगरेमा डिप्रेसन को परिणाम घातक हनु सक्दछ । उपचारले धेरै को मुहारमा मुस्कान फर्काएको छ । तपाईंलाई डिप्रेसन भएको छ भने तपाईं पनि फेरि मुस्कुराउन सक्नु हुन्छ ।
डिप्रेसनका प्रमुख लक्षणहरू
- उदासीपना लगभग सधैं भइरहनु
- खुशी महसुस गर्न असमर्थ हुनु
- इच्छाहरू मरेर जानु
- नकारात्मक र निराशावादी विचार आउनु
- मर्न मन लाग्नु
- ध्यान केन्द्रित गर्न गाह्रो हुनु
- विर्सने बानी भएको महसुस हुनु
- जिउ भारी हुनु, गल्नु वा दुख्नु
- टाउको भारी हुनु, गल्नु वा दुख्नु
- चिडचिडाहट हुनु
- निद्रा गडबडी हुनु
- खाना रुची कम हु¬दै जानु
- यौन इच्छामा कमी आउनु
यी लक्षणमध्ये तीन चार लक्षणहरू लगातार दुई हप्ता वा बढी लगातार वा दिनहुँ रहेमा डिप्रेसन भनरे शंका गर्नुपर्ने हुन्छ ।
डिप्रेसनले गर्दा हुने हानि नोक्सानिहरु
- उपचारको खर्च
- काम गर्न नसक्दा हुने आर्थिक नोक्सानी
- काम गरिहाल्दा पनि पूर्ण क्षमताको प्रयोग गर्न नसक्दा हुने कम क्रियाशीलता
- अकालमै मृत्यु - आत्महत्या । त्यस्तै आफ्नो हेर बिचार नगर्दा पौस्टिक तत्व को कमी भई क्रमिक रूप मा कमजोरी बढ्दै जाँदा सन्क्रमण भएर ।
डिप्रेसनको उपचार
- कम कडा डिप्रेसनमा काउन्सिलिङ्ग या साइकोथेरापी द्वारा उपचार गर्न सकिन्छ, तर कडापन बढेपछि औषधि को जरुरत हुन्छ ।
- औषधिहरूले लक्षणहरू नियन्त्रण गर्न कम्तीमा पनि दुई हप्ता लाग्छ ।
- त्यसैले औषधि सुरु गरेपछि तत्काल सुधार भएन भनेर आत्तिनु हु¬दैन ।
- औषधि सुरु गरेपछि कसै कसैलाई सुरुमा केही नकारात्मक असर आउ¬छन् । यस्ता धेरैजसो असरहरू प्रायः आफै¬ हराएर जाने हुन्छन्, तर सहन गाह्रो परेमा सम्बन्धित चिकित्सकस¬ग परामर्श लिनुपर्छ ।
- कुनै कुनै औसधि चाही तपाइलाई उपयुक्त नहुन पनि सक्दछ ।
- धेरैजसो बिरामीहरू दुई महिनाभित्र लक्षणहरूबाट मुक्त हुन्छन् या डिप्रेसन नियन्त्रणमा आउछ । तर, औषधि नौ महिनादेखि एक वर्ष सम्म सेवन गर्नुपर्छ।
- बीचैमा औषधि छोडेमा रोग पूर्ण रूपमा बल्झिन सक्छ ।
- याद राख्नुहोस, औषधिको प्रयोगले डिप्रेसन भएको व्यक्ति केहि हप्ता भित्रै पहिलेको अवस्थाको नजिक पुर्याउन सक्छ । त्यस्तै डिप्रेसन बढेर आत्महत्या गर्न खोज्नेलाई जीवनप्रति सकारात्मक सोच उत्पन्न गराउन सहायता गर्दछ ।
प्रायजसो मानसिक रोगहरू लोग्नेमानिस र स्वास्नीमानिसमा बराबर मात्रामा भेटिने भए पनि केही रोगहरू स्वास्नीमानिसमा बढी देखिएको छ । त्यसमध्ये डिप्रेसन पनि एक हो । डिप्रेसन रोग झन्डै दश देखि पन्ध्र प्रतिशत स्वास्नीमानिसमा पाइएको छ ।
स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिनु पछाडि विभिन्न कारणहरू रहेका हुन सक्दछन् । यी मध्ये केही तल चर्चा गरिन्छ ।
१. लोग्ने मान्छेभन्दा बढी मात्रामा स्वास्नी मानिसहरूले आफुमा मनोवैज्ञानिक लक्षणहरू पनि छन् भनी स्वीकार गर्ने प्रवृत्ति बढी पाइएको र यसले महिलाहरूमा डिप्रेसन पहिचान हुने सम्भावना बढ्ने हुन्छ भन्ने मनोविज्ञहरू महिलाहरूमा डिप्रेसन बढी भेटिने कारण यहि हो भन्छन ।
२. केही समाजशास्त्रीहरू महिलाहरूको सामाजिक स्थिति लोग्ने मानिसको तुलनामा तल्लो मानिनु, स्वास्नीमानिसहरूले परम्परागत समाजमा धेरैजसो समय घरमै बिताउने र आफ्ना मनका कुरा ब्यक्त गर्ने बातावरण तुलानात्मक रुपले नपाउनुले गर्दा महिलाहरूमा डिप्रेसन वास्तवमै बढी भएको भन्ने तर्क दिन्छन् । कामकाजमा लागेका महिलाहरूको हकमा भने दोहोरो जिम्मेवारी बहन गर्नु पर्दा हुने बढी तनाब डिप्रेसन को कारण हुन सक्ने बताइञ्छ ।
३. यी भन्दा बाहेक आर्थिक स्वतन्त्रताको अभाव, हिंसाका सिकार महिलाहरू बढी मात्रामा हुने इत्यादि विभिन्न सामाजिक कारणले पनि स्वास्नीमानिसमा डिप्रेसन बढी भेटिने तर्क अघि सारिएका छन ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् ।
माथिका तथ्यहरूलाई नेपालमै गरिएको केही अनुसन्धानहरूले पुष्टि गर्दछन् । ती अध्ययनहरूले सामान्य मानसिक रोगको तुलनामा कडा प्रकारका मानसिक रोगीहरूको संख्यामा महिलाहरू बढी भएको देखिएको छ । लेखकसमेत सम्मिलित ती अध्ययनहरूले हाम्रो देशमा महिलाहरूलाई रोग छिपिइसकेपछि मात्रै उपचारको लागि लैजाने तथ्यतर्फ संकेत गरेका छन् ।
४. तर महिलाहरूमा डिप्रेसन बढी हुनु को अर्को पक्ष पनि छ, जुन शरीर विज्ञानको दृष्टिकोणबाट अझ बढी महत्वपुर्ण छ । डिप्रेसनलार्इ महिनाबारी र प्रसव अवस्थासग प्रत्यक्ष रूपमा सम्बन्धित पाइएको छ जसको चर्चा तल गरिन्छ ।
महिनाबारी सुरु भएपछि कतिपय किशोरीहरू तथा महिलाहरूलाई प्रत्येक पल्ट सुरु हुनुभन्दा केही दिन अगाडिबाट चिडचिडाहट हुने, दिक्क लाग्ने, जागर नलाग्ने तथा अन्य विभिन्न लक्षणहरू उत्पन्न हुन्छन् । केहीमा चार पाच दिनपछि यो समस्या आफै हराएर जान्छ त केहीमा कम भए तापनि हल्का रूपमा महिनाभरि रहिरहन्छ । यो अवस्थालाइ डिप्रेसन भनिदैन । यो कतिपय केटीहरूमा हुनसक्ने एउटा सामान्य नै भन्न सकिने अवस्था हो जुन बिस्तारै ठीक हुदै जान्छ । के महिला लै चाही उपचार चाहिन्छ । अझै केहि महिला मा चाही यी लक्षणहरू डिप्रेसन कै हदसम्म पुग्ने हुनाले डिप्रेसन को उपचार गर्ने सल्लाह दिइन्छ ।
Menopause को समयमा अर्थात् उमेर पुगेपछि महिनाबारी रोकिने समयमा पनि यस्तै लक्षणहरू आउन सक्दछन् । धेरैजसो महिलाहरूका यी लक्षणहरू खासै कडा हुदैनन् । तर केहि अवस्थाहरूमा दैनिक क्रियाकलापमा नै गडबडी उत्पन्न हुनसक्ने हुनाले उपचार आवश्यक हुन्छ । महिनाबारी रोकिने उमेरमा आफ्नो प्रजनन क्षमता समाप्त भएको सोचेर कतिपय महिलाहरू हीनताग्रस्त हुन्छन् भन्ने एकथरि विशेषज्ञको राय छ । तर शरीरमा आएको रसायनिक परिवर्तनलाई यसो हुनुको मुख्य कारक मानिएको छ । माथिका समस्याहरूमध्ये केहीलाई हर्मोन (Hormone) उपचार को आवश्यकता पर्दछ । कडा लक्षण भएका केहीलाई भने मानसिक रोगविशेषज्ञको सल्लाह लिनु आवश्यक हुनसक्छ ।
प्रसव अवस्थामा हुने डिप्रेसन
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये झण्डै दुईतिहाइ महिलाहरूलाई शरुका केहि दिन भित्र हल्का उदासीपना हुनु सामान्य हो र यो अवस्था आफै केहि दिनमा ठीक भएर आउछ । सामान्य उदासीपन भन्दा निकै कडा रूपमा एक प्रकार को डिप्रेसन प्रसव अवस्थामा उत्पन्न भएको भेटिएको ले यस्ता समस्यालाई Post Partum Depression भनी नामाकरण गरिएको छ ।
प्रसव अवस्थामा रहेका कूल महिलाहरूमध्ये १०–१५ प्रतिशतलाई बच्चा जन्मेको ६ महिनाअघि डिप्रेसन भएको भेटिएको छ । यसका लक्षणहरू प्राय जसो बच्चा जन्मेको दुइ हप्तापछि क्रमिक रुप ले थकित हुँदै जाने, दिक्दारिपना या उदासी लगातार भइरहने, जागर नहुने, अल्छी लागिरहने, नकारात्मक सोचाइ मात्र दिमागमा आउने, सानो सानो कुरामा पनि रोइहाल्ने, जिउ भारी भइरहने, निद्रा खराब हुने, खाना नरुच्ने आदि विभिन्न लक्षणहरूमध्ये कमसेकम तीन चारवटा लक्षण पनि हुन्छन् र जब यी लक्षणले व्यक्तिको दिनचर्यामा समेत खलल पुर्याउन थाल्दछन्, त्यस अवस्थामा उक्त महिला माथि उल्लेखित प्रकारको डिप्रेसन बाट पीडित भएको हुन सक्छ पीडित महिलाको दैनिक क्रियाकलाप, पढाइ तथा निर्णय लिनसक्ने क्षमतामा ह्रास आउन सक्छ । पीडित महिलामा नकारात्मक विचारहरू आउने क्रममा जिन्दगी नै बेकार भएजस्तो लाग्ने र त्यसपछि “आ अब त काल आइदिएहुन्थ्यो” जस्तो लाग्ने पनि हुन जान्छ । रोगको तिब्रता बढ्दै गएमा मर्ने चाहना उत्पन्न हनु थाल्छ र केहि व्यक्तिहरूमा चरमसीमा आत्महत्यासम्म पनि पुग्छ । यस प्रकार लक्षणहरू अरु अवस्थामा हुने डिप्रेसन जस्तै भए पनि यो अवस्था फरक यस कारणले छ कि यस अवस्थामा आमाले बच्चालाई फालिदिने या अन्य प्रकारले हानि नोक्सानी पुर्याउने गर्न सक्दछिन् । Post Partum Depression बाट पीडित आमाहरूले रोगको प्रभावमा आफ्ना नवजात बच्चाको हत्या गरेका प्रसस्त उदाहरणहरू छन् । त्यस्तै यस अवस्थामा आमाले बच्चालाई दूध ख्वाउन मन नगर्दा दूध जमेर स्तनमा संक्रमण पनि हुन सक्दछ । यस अवस्थाको अर्को दूरगामी नकारात्मक प्रभाबाछा मानसिक विकासमा पर्न जान्छ । यी विभिन्न कारणहरूले गर्दा यो समस्याको सही समयमै पहिचान हुनु एकदम जरुरी छ ।
सुत्केरी अवस्थामा हुने डिप्रेसन को वास्तविक कारण अझै राम्ररी थाहा हुन सकेको छैन । बच्चा जन्मिएपछि शरीरमा आएको रासायनिक पविर्तनलाई केही अनुसन्धानहरूले कारक भएको संकेत गरेका छन् । तर त्यस्ता रसायनहरूको उपचारबाट यो समस्या ठीक भएको पाइएको छैन तर अन्य डिप्रेसनलार्इ झै उपचार गर्दा फाइदा भएको छ । जटिल अवस्थामा पुगिसकेपछि चाहिं अस्पतालमा भर्ना गरेर उपचार गर्नु आवश्यक हुन सक्छ .जटिल स्थितिमा विद्युतीय उपचारको पनि आवश्यकता पर्न सक्छ । उपचारले झण्डै शतप्रतिशत लाभ हासिल गर्दछन् ।
फेरि हुन नदिन के गर्ने ?
एकपटक डिप्रेसन भएर ठीक भएका महिलाहरूलार्इ अर्को पटक को सुत्केरी अवस्थामा यो रोग बल्झिन सक्ने सम्भावना बढी भएकोले रोकथामको लागि उपचारको आवश्यकता गर्भावस्थामै हुन्छ । त्यसैले यस्ता महिलाहरूले गर्भ रहेको तीन-चार महिनापछि मानसिक रोग बिशेसज्ञ संग सम्पर्क गर्नु राम्रो हुन्छ । यसका साथै तनावरहित न्यानो पारिवारिक वातावरण कायम गर्न सके बल्झिने सम्भावना झन् कम हुन्छ ।
पहिले–पहिले मुटुरोगीलाई पाका मान्छेहरुको रोग मानिन्थ्यो तर पछिल्लो समयमा मुटु रोग किशोर तथा युवाअवस्थाकै मानिसहरुमा समेत डरलाग्दो रुपमा फैलिएको छ । मुटु रोग विश्वमा धेरै मानिसको ज्यान लिने प्रमुख रोग हो । त्यसकारण यसप्रति सावधान हुनैपर्छ ।
प्राय गम्भीर अवस्थामा पुग्नुभन्दा अगाडि नै आफुलाई मुटु रोग रहेको कुरा थाहा पाउन सकिन्छ, केही लक्षणहरुको आधारमा । यदि त्यस्ता लक्षणहरु देखिए र उपचार तर्फ लागियो भने मुट रोगबाट ज्यान गुमाउनुपर्ने जोखिम घट्न सक्ने विज्ञहरुले बताउँछन् ।
तर मुटुरोगको प्रारम्भिवक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ ।
यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाईलाई पनि मुटुरोग भएको हुनसक्छ ।
तर मुटुरोगको प्रारम्भिवक अवस्थामा उपचार नगर्ने र रोग छिप्पिदै गएपछि भने त्यसको उपचार पनि कठीन र बढि महंगो समेत हुन्छ । त्यसरी कतै आफुलाई पनि मुटुरोग पो छ की ? भनेर सचेत बन्नुपर्छ ।
यी लक्षणहरु देखिएमा सचेत हुनुहोस् की तपाईलाई पनि मुटुरोग भएको हुनसक्छ ।
१. छाति दुख्ने, ढक्क फुल्ने वा भारी हुने– छातिमा बेचैनी हुने वा भारीपन महसुस हुनु हृदयाघातको मुख्य सूचकाका रुपमा लिइन्छ । यस्तो भइरहेको छ भने तत्कालै अस्पताल गएर जचाउनुहोस् ।
२. सास फेर्न कठिनाई हने– यदि तपाईंलाई सास लिन बल लगाउनुपर्छ वा केही बेर हिड्दैमा अप्ठेरो भएको छ भने त्यो मुटुरोगको लक्षण हुन सक्छ ।
३. धेरै पसिना आउने– गर्मी मौसममा तथा धेरै परिश्रम गर्दा पसिना आउनु स्वभाविकै हो तर यदि चिसायाममा तथा बसेको बसै पनि पसिना धेरै आउँछ भने त्यो मुटुरोगको लक्षण हुन सक्छ ।
४. वाकवाक लागिरहने– नियमित रुपमा वाकवाक लाग्नु पनि हृदयरोगको लक्षण हुन सक्छ । मुटुको धमनी अवरुद्ध भएको कारणले यसो हुन सक्छ । वाकवाक लाग्ने, निकै थकाइ तथा कमजोरी महसुस हुने र तनाव महसुस हुने जस्ता लक्षण खतराका सूचक हुन सक्छन् ।
५. हात झम्झमाउने तथा चेतनाविहीन बन्ने– यदि तपाईको हात झमझमाउने वा चिमोटेको समेत थाहा नपाउने गरि सिथिल हुन्छ भने सचेत हुनुहोस् । यो मुटुरोग तथा प्यारालाइसिस लगायतको लक्षण हुन सक्छ ।
६. शरिरको कुनै अंगले काम गर्न छाड्नु– यदि शरिरको कुनै भाग जस्तै काँध, हात वा गर्धनको पछिल्लो भागले काम गर्न छाड्यो वा छुँदा पनि थाहा हुँदैन भने मुटुरोगको लक्षण हुनसक्छ ।
७. बोल्दा कठिनाई हुने, जिब्रो लरबराउने– यदि तपाईंलाई बोल्दा अप्ठेरो महसुस हुन्छ, स्पष्ट उच्चारण गर्न सक्नुहुन्न वा जिब्रो लरबरिन्छ भने त्यो मुटरोगको लक्षण हुनसक्छ ।
(एजेन्सी)–पाँच वर्षअघि डेरेक न्यान्से आफूले खाएको केहि पनि कुरा पचाउन सक्दैनथे र बिरामी मात्र भइरहन्थे । डेरेकलाई केहि प्रकारको एलर्जी भएको र डक्टरले उनलाई थुप्रै प्रकारको डाइटहरुको प्रयोग गर्न सल्लाह दिएर उनको यो समस्याको कारण पत्ता लगाउने बताएका थिए । रोग पत्ता लाग्छ भनेर उनले सयौँ प्रकारका डाइटहरु खाए । उनी केहि समयका लागि शाकाहारी पनि भए र पछि उनले थाहा पाए कि उनको रोगको लागि एक थरी मात्र उपयोग हुन्छ जुन हो काँचो मासु । कसैलाई थाहा नभएको यस्तो अचम्म लाग्दो रोगको बारेमा अनुसन्धान गर्ने क्रममा डेरेक न्यान्सेले आफ्नो जस्तै रोगको शिकार भएका मानिसलाई भेटे । उक्त मानिसले न्यान्सेलाई काँचो मासु मात्र खाएर बस्न सके रोगको उपचार हुनसक्ने बताए । उनलाई यस्तो बताउने मानिस वेस्टन प्राइसभन्ने डेन्टिस्ट हुन् जो काँचो मासुमा निकै शौखिन थिए । उनका अनुसार, काँचो मासुमा मात्र भरपर्ने प्राचिन मानिसहरु अहिलेको मानिसहरुभन्दा निकै स्वस्थ र बलियो भएका र उनको यो समस्यामा काँचो मासुले मात्र सहयोग गर्ने बताए । उनले खाएको प्रथम काँचो मासु उनको आफ्नै बाख्राको थियो र त्यसपछिका दिनहरुमा उनले काँचो मासु मात्र खाने गरेका छन् । सुरुका दिनहरुमा काँचो मासु खाएर उनलाई झाडापखाला लाग्यो र काँचो मासुमा हुने रगतका कारण उनको गलाको पछिल्लो भागमा एकदम नमिठो स्वादको महसुस गर्दथे । उनले यो अवस्थालाई मांसाहारी हुनका लागि गर्नुपरेको संघर्ष बताउँछन् । उनी अहिले आफ्नो यो अवस्थामा निकै खुसी छन् कि उनले जनावरको बोसोले नै आफ्नो दाँत नै सफा गर्ने गर्दछन् । समाजले उनलाई हेर्ने नराम्रो दृष्टिकोणबाहेक काँचो मासुले उनलाई फाइदै फाइदा पु¥याएको छ । यसका साथसाथै, मिठो मासु खाने मनसायका साथ उनले थुप्रैजनावरहरुको शिकार गरे र यसरी नै उनले कसाइको पेसा अंगाले । उनी आफ्नो काममा एकदम खुसी छन् र जनावरहरुको खप्पर फोड्ने, गिदि खानेजस्ता कुराहरु खुलेर गर्छन् ।
आँखा दुख्ने, टाउको दुख्ने, धमिलो देखिने, आँखा सुक्खा हुने, पोल्ने, बटारिने, आँखा चिलाउने, घाँटी र कुम दुख्नेजस्ता समस्या देखिन्छन्
-डा. अमित केसीके हो कम्प्युटर भिजन सिन्ड्रोम ?
कम्प्युटर भिजन सिन्ड्रोम अथवा प्राबिधिक आँखा दुखाई भनेको लामो समय कम्प्युटर, मोबाईललगायत बस्तुको हेराई वा प्रयोगको कारणले आँखा र दृष्टिमा आउने समस्या हो भनेर बुझ्नुपर्छ। धेरै मानिसले लामो समय यस्ता वस्तु हेर्दा, पढ्दा आँखा असजिलो वा अप्ठेरो महसुस गर्छन र त्यसको मात्रा हेराई, पढाईको समय संगसंगै बढ्दै जान्छ। मतलब जति बढी स्क्रीनको प्रयोग भयो उति बढी अप्ठेरो महसुस हुन्छ।
कम्प्युटर भिजन सिन्ड्रोम अथवा प्राबिधिक आँखा दुखाई भनेको लामो समय कम्प्युटर, मोबाईललगायत बस्तुको हेराई वा प्रयोगको कारणले आँखा र दृष्टिमा आउने समस्या हो भनेर बुझ्नुपर्छ। धेरै मानिसले लामो समय यस्ता वस्तु हेर्दा, पढ्दा आँखा असजिलो वा अप्ठेरो महसुस गर्छन र त्यसको मात्रा हेराई, पढाईको समय संगसंगै बढ्दै जान्छ। मतलब जति बढी स्क्रीनको प्रयोग भयो उति बढी अप्ठेरो महसुस हुन्छ।
कम्प्युटर भिजन सिन्ड्रोमका सामान्य लक्षण :
१. आँखा दुख्ने
२. टाउको दुख्ने
३. धमिलो देखिने
४. आँखा सुक्खा हुने, आँखा पोल्ने, बटारिने
५. आँखा चिलाउने
६. घाँटी र कुम दुख्ने
१. आँखा दुख्ने
२. टाउको दुख्ने
३. धमिलो देखिने
४. आँखा सुक्खा हुने, आँखा पोल्ने, बटारिने
५. आँखा चिलाउने
६. घाँटी र कुम दुख्ने
यी लक्षण निम्न कारणले गर्दा अझ बढ्न सक्छन् :
१. कम्प्युटर, मोबाइल चलाउने कोठामा प्रकाश नमिलेमा
२. कम्प्युटर स्क्रीनमा कुनै बस्तु टल्किएमा, चम्किएमा
३. स्क्रीन हेर्ने दूरी नमिलेमा
४. बसाईको अवस्था नमिलेमा
५. आँखामा दृष्टि दोष भएमा
२. कम्प्युटर स्क्रीनमा कुनै बस्तु टल्किएमा, चम्किएमा
३. स्क्रीन हेर्ने दूरी नमिलेमा
४. बसाईको अवस्था नमिलेमा
५. आँखामा दृष्टि दोष भएमा
धेरैजसो अवस्थामा यस्ता समस्या अस्थायी हुन्छन् र कम्प्युटर वा मोबाइलको काम गर्न छाडेपछि आफैँ हराउँछन् । तर कसैको आँखामा चस्मा र अरु समस्या छन् भने कम्प्युटर हेर्न छोड्दा पनि यो समस्या रहिरहन सक्छ। यदि यो समस्याको समाधान समयमै गरिएन भने यसले अरु बिकराल रुप लिंदै जान्छ र भविष्यमा कम्प्युटर, मोबाइल चलाउनै नसक्ने पनि हुन सकिन्छ।
यो समस्याको समाधानका लागि कम्प्युटरको स्क्रीनमा प्रकाश कन्ट्रोल गर्ने, हेर्ने दुरी मिलाउने, एसी कुलर पंखा सिधा आँखामा नपार्ने, कोठाको लाइट सिधा कम्प्युटर वा आँखा मा नपार्ने र सानोभन्दा सानो दृष्टि दोष देखिएमा पनि डाक्टरको सल्लाहअनुसार चस्मा लगाउने गर्नुपर्छ ।
यो समस्या छ भनेर कसरी पत्ता लगाउने ?
दुइ घण्टाभन्दा बढी कम्प्युटर वा मोबाइल चलाउने व्यक्तिलार्इ यो समस्या बढी हुन्छ र यो समस्या छ कि छैन भनेर पत्ता लगाउन आँखाको डाक्टरलाई नै भेटेर केही बिशेष जाँच गर्नुपर्ने हुन्छ। जसमा आँखाको दृष्टि क्षमता, दृष्टि दोष, आँखाले कुनै पनि चीज हेर्दा, पढ्दा मांशपेशीको खिचाब, तनाब बहन गर्न सक्ने क्षमता, दुवै आँखाले बराबर काम गर्न सक्ने खुबी आदिको जाँच गरिनुको साथै बिरामीको शारीरिक समस्या, औषधिको प्रयोग र बिरामीले काम गर्ने वातावरणको पनि विस्तृत छलफल गर्नुपर्ने हुन्छ।
कम्प्युटर भिजन सिन्ड्रोम को समाधान
कम्प्युटर भिजन सिन्ड्रोम समस्याको समाधान प्रत्येक व्यक्तिको स्वास्थ्य अवस्था, आँखाको समस्या, काम गर्ने वातावरण र उसको दृष्टि क्षमताअनुसार फरक–फरक हुन सक्छन् । तर यहाँ केही यस्ता बिषयका बारेमा छलफल गरिएको छ जसका कारण यो समस्या कम गर्न वा निराकरण गर्न धेरै नै मद्द्त मिल्दछ।
१. आँखा स्वास्थ्य : कुनै–कुनै अवस्थामा सधैंका लागि चस्मा लगाउन नपर्ने व्यक्तिले पनि कम्प्युटर चलाउँदा बिशेष चस्मा लगाउनुपर्ने हुन सक्छ भने सँधैं चस्माको पावर लगाउने व्यक्तिले उसको चस्माको पावर कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने पनि हुन्छ। साधारण अवस्थाका लागि कन्ट्याक्ट लेन्स र चस्मा दिएको छ भने त्यही चीज कम्प्युटरका लागि केही परिवर्तन गर्नुपर्ने हुन्छ, जसमा लेन्सको डिजाइन, लेन्सको पावर परिवर्तन गरि रङ र कोटिंग हालेर आँखालाई आराम र सजिलो बनाउन सकिन्छ।
कुनै–कुनै अवस्थामा चस्मा र कन्ट्याक्ट लेन्सले पनि राम्रो काम नगरेमा आँखाको कोअर्डिनेसन मिलाउने भिज्युअल ट्रेनिङको पनि जरुरत पर्छ। यस्ता ट्रेनिंग डाक्टरको सल्लाह र निगरानीमा आँखा क्लिनिक, आफनै घर वा अफिसमा पनि गर्न सकिन्छ।
कुनै–कुनै अवस्थामा चस्मा र कन्ट्याक्ट लेन्सले पनि राम्रो काम नगरेमा आँखाको कोअर्डिनेसन मिलाउने भिज्युअल ट्रेनिङको पनि जरुरत पर्छ। यस्ता ट्रेनिंग डाक्टरको सल्लाह र निगरानीमा आँखा क्लिनिक, आफनै घर वा अफिसमा पनि गर्न सकिन्छ।
२. कम्प्युटरको दुरी र अवस्था : कम्प्युटर चलाउँदा आवश्यक पर्ने केही महत्वपूर्ण कुराहरु कोठाको प्रकाश, कुर्चीको बसाई, आफूले हेर्ने बस्तुको दुरी, कम्प्युटरको मोनिटरको अवस्था र आफूले आँखालाई बेला–बेलामा दिने आराममा भर पर्छ। धेरैजसो मानिसहरु कम्प्युटरलाई आँखाभन्दा तल राख्दा आराम भएको महसुस गर्छन। जसमा कम्प्युटरको स्क्रीन आँखाको लेबलभन्दा १५–२० डिग्री वा ४–५ इन्च तल र २०–२८ इन्च पर हुनु पर्छ।
कम्प्युटरमा धेरै टाईप गर्नुपर्ने व्यक्तिले आफूले टाइप गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ। यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।
कम्प्युटरमा धेरै टाईप गर्नुपर्ने व्यक्तिले आफूले टाइप गरिरहेको डकुमेन्ट वा किताब किबोर्डभन्दा माथि र मोनिटरभन्दा तल हुनु पर्दछ। यदि त्यो सम्भब नभएमा मनिटरको छेउमा डकुमेन्ट होल्डर प्रयोग गर्न सकिन्छ।
३. प्रकाश : कम्प्युटरको सेटिङ गर्दा झ्याल वा चिमको प्रकाश स्क्रीनबाट परावर्तन भै आँखामा नपर्ने किसिमले सेटिंग गर्नुपर्ने हुन्छ। यदि त्यो सम्भव नभएमा झ्यालमा पर्दा र चिम थोरै वाटको राख्नुपर्छ। यदि प्रकाशको परावर्तन अझै पनि राम्रोसंग रोक्न सकिएन भने कम्प्युटरको स्क्रीनमा एन्टी–ग्लेयर फिल्टर पनि प्रयोग गर्न सकिन्छ।
५. आँखालाई आराम : आँखाको दुखाई कम गर्न हामीले बेला– बेलामा आँखालाइ आराम दिनु पर्छ। यदि हामीले २ घण्टासम्म लगातार कम्प्युटर, मोबाइलमा काम गर्छौं भने १५ मिनेट आँखालाइ आराम दिनुपर्छ। साथै २०/२०/२०/२० नियम पनि पालन गर्नुपर्छ। जसमा कम्प्युटर हेरेको प्रत्येक २० मिनेटमा २० सेकेन्ड आँखा बन्द गर्ने, अनि २० फीट पर हेर्ने, अनि २० पाइला हिँड्ने। यसो गर्दा के हुन्छ भने – २० सेकेन्ड आँखा बन्द गर्दा हाम्रो आँखाले उत्पादन गरेको आँशुले आँखालाई पूरा भिजाउन पाउँछ र हाम्रो आँखा सुक्खा हुन पाउन्न , २० फीट पर हेर्दा हाम्रो आँखाको मांशपेशीले आराम पाउँछ र २० पाइला हिँडदा घाँटी र ढाडको समस्या कम हुन्छ।
६. आँखा झिमझिम गर्ने : साधारण मानिसले एक मिनेटमा २२–२५ पटकसम्म आँखा झिमझिम गर्छ तर लामो समय कम्प्युटर चलाउँदा हाम्रो आँखा झिमझिम गर्ने दर १०–१२ पटकमा झर्छ। त्यसो हुँदा हाम्रो आँखा सुक्खा भै पोल्ने बिझाउने समस्या आउछ, त्यसैले लामो समय कम्प्युटर चलाउँदा बेला–बेलामा सम्झिएर आँखा झिमझिम गर्नुपर्छ। यदि त्यसो गर्दा पनि आँखा पोल्न बिझाउन छाडेन भने सुक्खा आँखाको जाँच गर्नुपर्ने हुनसक्छ । आँखाको आँसु नै सुकेको हुनसक्छ । यसका लागि डाक्टरको सल्लाहअनुसार आँसु बढाउने औषधि प्रयोग गर्न सकिन्छ।
अन्त्यमा नियमित आँखा जाँच,सही हेराईका बानी, चस्माको प्रयोग र विशेषज्ञसंगको परीक्षण, उपचार र परामर्शले कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न मद्दत गर्दछ।
अन्त्यमा नियमित आँखा जाँच,सही हेराईका बानी, चस्माको प्रयोग र विशेषज्ञसंगको परीक्षण, उपचार र परामर्शले कम्प्युटर भिजन सिन्ड्रोम कम वा निवारण गर्न मद्दत गर्दछ।
(लेखक लुम्बिनी आँखा उपचार क्लिनिक, मणिग्राम रुपन्देहीमा नेत्र चिकित्सकका रुपमा कार्यरत छन्)
- See more at: http://swasthyakhabar.com/2015/02/21648.html#sthash.cUluCkwF.dpufपिनास वा साइनोसाइटिस भनेको के हो?
साइनोसाइटिस भनेको साइनस (Sinus) हरुको इन्फ्लामेसन (Inflammation) हो।साइनस भन्नाले चाहिँ टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन्जो ससाना प्वालहरु ओस्टियम को माध्यमबाट नाकको श्वासमार्गसँग जोडिएका हुन्छन्।यस्ता साइनसहरु चार प्रकारका हुन्छन्।फ्रन्टल साइनस/ Frontal sinus (निधारमा),म्याक्जिलरी साइनस/Maxillary sinus (दुवैतिर गालाको भित्र), इथमोइडलसाइनस/Ethmoidal sinus (आँखाहरुको बीचमा), स्फेनोइडल साइनस/Sphenoidal sinus ( इथमोइडल साइनसको भित्रपट्टि)। यिनीहरुलाई समग्रमा पारानेजलसाइनसेस(Paranasal sinuses) पनि भनिन्छ।
किन हुन्छ साइनोसाइटिस?
साइनोसाइटिस हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केहि गरी रोकावट आउनुहावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउननसक्नु हो। साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।कहिलेकािहं नाकको भित्री भागमा मासु पलाउने पोलिप(Polyp), ट्युमर आदिले पनिसाइनसका मुखहरु बन्द गरी साइनोसाइटिस गराउनमा भूमिका खेलिरहेका हुन्छन्। साथैचुरोटको धँुवाले वायु प्रदुषणको कारणले पनि साइनोसाइटिस हुनसक्छ। त्यस्तै रुघाकोऔषधीहरु (एन्टिहिस्टामीनिक्स/Antihistaminics - जसले नाकको तरल पदार्थ कम गरीसुख्खा बनाउँछ)को बढि प्रयोग, सुख्खा मौसमको सुख्खा हावा (आद्रता कम भएकोहावा)मा श्वास लिने गर्नाले पनि नाक र साइनस भित्रको अर्धतरल पदार्थम्युकस(Mucus)को मात्रामा कमि आइ साइनोसाइटिस हुनसक्छ।
कारणहरुको आधारमा यसलाई मुख्य दुई प्रकारमा बाड्न सकिन्छ।
क) एलर्जीक साइनोसाइटिस
ख) भाइरल वा व्याक्टेरियल संक्रमणले गर्दा हुने साइनोसाइटिस
एक्युट र क्रोनिक साइनोसाइटिस भनेका के हुन्?
एक्युट साइनोसाइटिसः- ३० दिनभन्दा कमको साइनोसाइटिस। १० दिनभन्दा कमसमयसम्म रहने साइनोसाइटिस प्राय: भाइरल संक्रमणका कारणले गर्दा हुनेगर्छ। यदि १०दिनभन्दा बढि यो समस्या रहेमा व्याक्टेरियल कारण हुने सम्भावना बढि रहन्छ।
क्रोनिक साइनोसाइटिसः- ३ महिना वा १२ हप्ताभन्दा बढि रहने साइनोसाइटिस। प्राय:गरेर एलर्जीक व्यक्तिहरुमा नाकभित्र मासु पलाएको पोलिपहरु अवस्थामा साइनोसाइटिसलामो समयसम्म रहने हुन्छ।
आफूलाई साइनोसाइटिस भएको कसरी थाहा पाउने? यसका लक्षणहरु के के हुन्?
यसका मुख्य लक्षणहरु निम्न हुन्।
१) नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने,
२) नाक बन्द भइरहने,
३) टाउको भारी हुने अघिल्लो भाग निधारमा दुखिरहने,
४) सँुघ्ने शक्तिमा कमि आउने आदि
कसैकसैमा विशेष गरी एक्युटसाइनोसाइटिसमा ज्वरोआउने जीउ दुख्ने पनि हुन्छ।त्यस्तै टाउको विशेष गरीअगाडी झुक्दा दुख्ने भारीभएको जस्तो लाग्ने हुन्छ।म्याक्जिलरी साइनोसाइटिसभएको हो भने माथिकादाँतहरु दुख्ने गालातिर दुख्नेर इथमोइडल साइनोसाइटिसभएको हो भने आँखाहरुको पछाडि दुख्ने हुनसक्छ।
साइनोसाइटिस र रुघा भाइरल यु आर आइ/Viral URI (Upper Respiratory Infections), एलर्जीक राइनाइटिस(Allergic Rhinitis) भनेका फरक कुराहरु हुन्। रुघार भाइरल URI भनेका नाक र माथिल्लो श्वासप्रश्वास नलीको साधारण संक्रमण वाइन्फ्लामेसन हो। एलर्जीक राइनाइटिस भनेको नाकबाट लगातार पानी जस्तो तरल पदार्थबगिरहने, नाक, आँखा चिलाउने, हाँछ्यु आइरहने समस्या हो, यो प्राय: गरेर मौसमकोपरिवर्तनसँगै देखिने गर्छ।
नाक, श्वासप्रश्वासको नली, साइनसहरु, घाँटी आदी एकआपसमा जोडिएका हुनाले यीसमस्याहरु एउटाले अर्को निम्त्याउने गर्छ र प्राय: लक्षण र रोगहरु संयुक्त रुपमादेखिन्छन्। जस्तै साधारण रुघाबाट शुरु भएर पछि साइनोसाइटिस हुनसक्छ, त्यस्तैसाइनोसाइटिस, URI एकैपल्ट पनि देखिनसक्छ।
यस्ता लक्षणहरु देखिएमा आफ्नो डाक्टरलाई भेटेर परामर्श लिएर घरेलु पद्दती अपनाउनुवा औषधी सेवन गर्नु उचित हुन्छ।
यो समस्याको लागि के के जाँचहरु गर्नुपर्ने हुनसक्छ?
साइनोसाइटिस प्राय गरेर लक्षणहरु र डाक्टरले गर्ने जाँचको आधारमा नै पत्ता लाग्छअर्थात क्लिनिकल डायग्नोसिस गरिन्छ।
तर कहिलेकाहीं यो विभिन्न प्रकारका टाउको दुख्ने रोगहरु क्लस्टर हेडएक(Cluster Headache), माइग्रेन हेडएक(Migraine Headache) आदी दाँतको समस्याहरु, URI(Upper Respiratory Tract Infections), आँखाको समस्याहरु आदीसँगझुक्किने हुन्छ। साथै क्रोनिक साइनोसाइटिसमा लामो समयसम्म किन साइनोसाइटिसठिक नभएको भनी कारण थाहा पाउनुपर्ने हुन्छ। यस्ता अवस्थाहरुमा एक्सरे, सिटिस्क्यान, रगतको जाँच (सेतो रक्तकोषहरुको संख्या, प्रकार, इ एस आर/ESR, ANCA कोमात्रा), साइनसको मासुको, साइनसभित्र भएको पदार्थको जाँच कल्चर आदी गर्नुपर्नेहुनसक्छ।
साथै लामो समयसम्म ठिक नभएका यस्ता क्रोनिक साइनोसाइटिसहरुको बारेमा नाककान घाटी रोग विशेषज्ञसँग छलफल गरी सल्लाह लिनु उपयुक्त हुन्छ।
यसको उपचार के हो?
साइनोसाइटिस प्राय: गरेर भाइरल संक्रमणका कारणले गर्दा हुने भएकोले यसको उपचारसिमटोम्याटिक अर्थात लक्षणहरुको उपचार गर्ने हुन्छ। भाइरल साइनोसाइटिसमाएन्टिबायटिकले काम गर्दैन र ७ देखि १० दिनमा यो आफैं ठिक भएर जान्छ। हाम्रोमायस्ता समस्याहरुमा एन्टिबायटिक प्रयोग नगर्ने डाक्टर र एन्टिबायटिक खान नखोज्नेविरामी विरलै भेटिन्छन्, जसले गर्दा एन्टिबायटिकहरुको दुरुपयोग बढ्दो मात्रामा हुनेगर्छ। हेर्नुहोस्- http://myhealthynepal.blogspot.com/2011/01/blog-post_11.html
यसको उपचारमा प्रयोग गरिने औषधीहरु:-
१) टपिकल डिकन्जेस्टेन्ट(Topical Decongestant) वा नाकभित्र प्रयोग गरिने बन्दनाक खुलाउने औषधीहरु। जस्तै अक्सीमेटाजोलीन/ Oxymetazoline
२) टपिकल स्टेरोइड(Topical Steroid) - सिस्टेमीक स्टेरोइडले भने साइनोसाइटिसमाकेहि फाइदा गर्दैन।
३) म्युकोलाइटिक(Mucolytic) - यसले नाकको स्रावलाई पातलो बनाएर यसलेसाइनसहरुको बन्द मुख खोल्नुका साथै साइनस सफा गर्न पनि मद्दत गर्छ।
४) दुखाइ ज्वरोका औषधीहरु(Painkillers) - पारासिटामोलले साइनोसाइटिसको ज्वरोटाउको दुखाइमा काम गर्छ। ब्रुफेन, इन्डोमेथासिन जस्ता पेनकिलरहरुको धेरै प्रयोग गर्नुहुदैंन।
५) एन्टिबायटिक्स(Antibiotics) - भाइरल साइनोसाइटिसमा यसले केहि काम गर्दैन।हुनसक्ने सम्भावित व्याक्टेरियल संक्रमणलाई रोक्न यसको प्रयोग गर्न सकिन्छ तरत्यसो गर्दा फाइदा र बेफाइदा राम्रोसँग विचार गरेर मात्र प्रयोग गर्ने गर्नुपर्छ। व्याक्टेरियलसंक्रमण हुनसक्ने अवस्थाहरु (उच्च ज्वरो आउने, एक्कासी अनुहार दुख्ने, सुन्निने, रातोहुने भएमा, १० दिनभन्दा लामो समयसम्म ठिक नभएमा, लक्षणहरु पहिला कम भएरफेरी दोहोरिएमा) मा भने एमोक्सीसीलिन, एमोक्सी-क्लाभ, एजिथ्रोमाइसिन, सेफाक्लोरआदी एन्टिबायटिकहरुको प्रयोगले फाइदा गर्ने गर्छ।
यसको साथै प्रशस्त मात्रामा पानीको सेवन गर्नुपर्छ। पानी मात्रको वाफ वा पानीसँगभिक्स, सन्चो आदी मिसाएर वाफ लिने गर्नाले बन्द नाक र श्वासनलीहरु केहि खुल्न गईआराम महसुस हुन्छ। त्यस्तै मनतातो पानी वा नुनपानीले नाक सफा गर्ने गरेमा पनि केहिराहत मिल्छ। मनतातो पानीमा कपडा वा रुमाल भिजाएर निचोरी अनुहारमा राख्नाले पनियसको दुखाइ कम हुन्छ।
साइनोसाइटिस हुनबाट कसरी बच्न सकिन्छ?
१) पानी प्रशस्त मात्रामा सेवन गर्नुपर्छ। यसले शरीरमा पानीको मात्रा कमि हुन दिदैन रसाइनसहरु पनि सुख्खा हुनबाट बचाउँछ।
२) नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
३) धेरै सुख्खा हावापानीबाट बच्नुपर्छ। नाकको भित्री सतह त्यसमा हुने रौंहरुलाई खराबअसर पुर् याउने चुरोटको धँुवा प्रदुषण रसायनहरु एलर्जी हुनसक्ने कुराहरुबाट बच्नुपर्छ।
स्रोतहरु:-












