युवतीलाई मन पराउनुहुन्छ र ती युवतीले तपाईलाई टेडो आँखले पनि हेरेकी छैनन् ? तैपनि तपाई यसैको यादमा दिनरात बिताउनु हुन्छ । तपाई उनैलाई आफ्नो जीवन साथी बनाउन चाहनुहुन्छ। तर यो कुरा ती युवतीलाई पनि थाहा हुनु जरुरी छ । कतिपय अवस्थामा तपाईभित्रको कुरा युवतीसम्म नपुगेका कारण पनि उनले तपाईलाई नहेरेको हुन सक्छ । त्यस्तो अवस्थामा तपाईले नै पहल गर्नु आवश्यक छ । त्यसका लागि तपाईले केही तरिका त अपनाउनैपर्छ । त्यसका लागि तलको सबै कुरा पढ्नुस् । आजैबाट उनलाई इम्प्रेस गर्नतिर लाग्नुस् । सवैभन्दा पहिले कुनै पनि सम्वन्ध सुरुवात गर्दा इमान्दार हुनैपर्छ । केटीहरुले त्यस्तो केटालाई मनपराउदैनन जसले हरेक कुरामा धाक लगाउछ । तपाई आफुलाई विश्वस्त राख्नुस र आत्मविश्वास बढाउनुस् । तपाई पैसा र आफ्नो स्टाटसको धाक नदेखाउनुस् । यसले तपाई प्रति युवतीको मनमा घृणा मात्र होइन तपाईकै प्रतिष्ठाप्रति पनि आँच पु¥याउन सक्छ । धेरै महिला आफुलाई हँसाउने पुरुष मन पराउछन । युवतीलाई भेट्दा सफा र राम्रो भएर जानु भने जरुरी छ । पेहेलो दाँत, गनाउने मोजा जस्ता कुराबाट टाढा रहनु नै बेस हुन्छ। युवतीको धेरै खोजी नगर्दा राम्रो । आवस्यक परेको बेलामा मात्र उनलाई प्रश्न गर्नुस । आफ्नो परिवारको बारेमा कुरा गर्नुस । केटीहरु पारिवारिक कुरामा आफुलाई सुरक्षित महशस गर्छन । तपाई एक स्थिर परिवारमा जन्मेहुर्केको कुरा थाहा पाए भने केही महिला झन आकर्षित हुन्छन् । आफ्नो पूर्व गर्लफ्रेण्डको बारेमा झुक्किएर पनि कुरा नगर्नु राम्रो । त्यस्तो कुराले तपाईलाई उनको नजरमा तल पर्ने सम्भावना रहन्छ । तपाईले पूर्व गर्लफ्रेन्डको बारेमा भन्नुभयो भने उनले आफुलाई पनि त्यस्तै व्यवहार गर्ने शंका गर्ने पक्का छ । आफ्ना जेन्युन इच्छाहरु उनलाई भन्नुस । तपाई उनलाई हेर्दा सिधै आँखामा हेर्नुस । यताउता आँखा नघुमाउनुस । केटीहरुलाई सिधै आँखामा हेरेको मनपर्छ । उनलाई दोस्रो पटक भेट्न बोलाउनुस । भेट्दा साथीजस्तै गरेर कुरा गर्नुस् त्यस्तो कुराले तपाईप्रतिको विश्वास बढाउनेछ । बरु भेटमा उनकै तारिख गर्नुस् । किनभने प्रशंसा सबैलाई मनपर्छ । महिलामा यो कुरा अलि बढी नै लागु हुन्छ । उनीसँग बसेको बेला अरु केटीलाई नहेर्नुस । यदि हेर्नुभयो भने यसले तपाईप्रति नकारात्मक भावना जगाउन सक्छ । उनलाई बुझ्ने कोशिस गर्नुस, उनैका कुराहरु सुन्नुस । उनलाई मनपर्ने, नपर्ने कुराहरु ख्याल गर्नुस । उनका रुचीहरुमा ध्यान दिनुस । उनलाई छुनुभन्दा अगाडी दुवै एक हुनु जरुरी छ । सामान्य देखिनुस, शान्त देखिनुस । उनका परिवार तथा साथीसँग पनि राम्रोसँग प्रस्तुत हुनु राम्रो हुनेछ । उनका साथी तथा दिदीबहिनीको पनि ख्याल गर्नुस् । उनलाई मन नपर्ने कुराको प्रसंगै नकोट्याउनसु । यदि तपाईले यो सबै कुरा व्यवारहा लागु गर्न सक्नु भयो भने तपाईले मन पराएकी युवतीले तपाईलाई पनि मन पराउन समय लाग्ने छैन । एजेन्सी
हाम्रो जिवनमा सबै भन्दा पहिलो कुरानै स्वास्थ हो ,त्यसैले हामीले स्वास्थको सारैख्याल गर्नुपर्दछ ।
मानिसहरुको भिन्न जीवनशैली र खानपानले गर्दा थुप्रैलाई आजकाल धेरै प्रकारको रोग लाग्ने गर्दछ । यसमध्ये पायल्स रोग धेरै मानिसहरुको समस्या भएको छ । लोकलाजका कारण धेरै मानिसहरुले पायल्स रोगको बारेमा खुलेर परिवारसँग कुरा गर्दैनन् । अझ कतिलाई त पायल्स रोग के हो भन्ने नै थाहा हुँदैन ।
सामान्यतया पायल्स रोग त्यस्तो रोग हो जुन मलद्वारसँग सम्बन्धित छ । यसको लक्षण भनेको दिसा गर्दा रगत आउने, मलद्वारमा मासु पलाउने, दुख्ने, सुन्निने र चिलाउने गर्दछ । पायल्स रोगीमध्ये कसैको पीप बग्छ, अंगुरको झुप्पोजस्तो पलाएको हुन्छ र रातो सुन्निएको डल्लो हुन्छ । यो रोग लाग्दा कसैलाई रगत आउँछ भने कसैलाई आउँदैन ।
कसरी हुन्छ पायल्स ?
कसरी हुन्छ पायल्स ?
पायल्स हुनुको मुख्य कारण जीवनशैली र खानपान हो । पानी कम खाने, हरियो सागपात नखाने, शारिरिक व्यायाम कम गर्ने, धेरै व्रत बस्ने, बढि चिया पिउने, माछामासु तथा सुख्खा खानेकुरा जस्तै चाउचाउ, बिस्कुछ, चाउमिन बढि खाने, अनियमित खानपान, अनिन्द्रा, धेरै तनाव लिने, रक्सी, चुरोट, सूर्तीको अत्यधिक प्रयोग
कलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
- See more at: http://www.osnepal.net/67237#sthash.Q1lMTNbc.dpufकलेजोको खराबी, तथा भुटेतारेका कुरा बढी खाने गर्नाले पायल्स तथा दिसाबाट रगत आउने, मासु पलाउनेजस्ता समस्या बढी हुन्छ ।
दिसा कब्जियत, वा दिसा थोरै आउनु, गोटा पर्नु, नियमित दिसा नहुनु, दिसा तथा पाद रोक्नु, दिसा पिसाब लागेको बेलामा नगर्नु, अत्यधिक गर्मी वातावरणमा बस्नु, चिल्लो तथा तेलको प्रयोग बढी हुनु पनि यसको कारण हो । शरीरलाई आवश्यकभन्दा बढी खानु, तनाव लिनु तथा जीवनशैली एकनासको नभएका कारण पायल्स हुन्छ ।
परिचय
२४ घण्टा अर्थात १ दिनमा ३ पटक वा सो भन्दा बढी पानी जस्तो पातलो दिसा भएको अवस्थालाई सामान्यतया झाडापखाला भनेर बुझ्नुपर्दछ । पखाला लाग्दा निम्न तीन अवस्थाहरु देखिन्छन् । पानी जस्तो पातलो दिसा, धेरै पटक दिसा हुनु, धेरैमात्रामा दिसा हुनु हुन् । साधारणतया बच्चा वा केही ठूला मानिसहरुले पनि ३-४ पटक दिसा गरेको पाइन्छ तर माथिको तीन अवस्था नभएमा यसलाई झाडापखाला भनिदैन । यदि अधिकांश जनतालाई यस सम्बन्धमा ज्ञान हुने हो भने थोरै खर्चमा मृत्युलाई रोक्न पनि सकिन्थ्यो । अझै पनि हामी नेपालीको मृत्यु झाडापखालाकै कारण भएको छ भन्नुपर्दा हाम्रो जनस्वास्थ कति कमजोर छ प्रमाणित हुन्छ ।

प्रकारहरु
साधारणतया हामी झाडा पखालालाई दुई भागमा विभाजन गर्न सक्दछौ । आकस्मिक झाडापखाला र दीर्घझाडापखाला,आकस्मिक झाडापखाला केही घण्टादेखि २-३ दिनसम्म हुन्छ भने दीर्घ झाडापखाला २ हप्ता वा सो भन्दा बढी समयसम्मको हुन्छ ।
कारणहरु
झाडापखाला लाग्नुका धेरै कारणहरु हुन्छन् । मुख्य तीन कारणहरुमा जीवाणु, विषाणु, परजीविहरु पर्दछन् ।दुषित पानी, दुषित खाना, लुगाफाटा बाट रोग सर्ने गरेको पाइन्छ । झाडा पखाला हुँदा जलवियोजनका कारण शरीरबाट प्रशस्त पानी, नुन तथा पोषण तत्वहरु खेर जान्छन् जसलाई समयमै पुर्ति गर्न नसक्दा मानिसको मृत्यु हुन्छ ।
जल बियोजन
जलबियोजनका बारेमा हामीले अघि नै केही थाहा पाइ सकेका छौ । अब हामी यसका प्रकारका सन्दर्भमा केही प्रष्ट पार्ने जमर्को गर्दैछौ । क) जलबियोजन नभएको, ख) केही जलबियोजन भएको , ग) कडा जलबियोजन भएको ।
कडा जलबियोजनको अवस्थामा आलस्य, बेहोसीपन हुन्छ भने आँखाहरु गाडिएका र सुख्खा रहन्छन् भने आँसु हुदैन । मुख र जिब्रो एकदमै सुख्खा हुन्छ, तरल पदार्थ पानी पिउन सकिदैन । पेटको छालालाई तानेर छोड्दा निकै विस्तारै मात्र फर्कन्छ । पिसाब हुन छोड्ने अवस्था गम्भीर अवस्थामा पर्दछ ।
उपचार
बिश्वा स्वास्थ्य सँगठन र युनिसेफले ७ मुख्य बुंदामा झाडापखाला निवारणमा कुरा गरेको छ ।पहिलो त जीवनजल प्रसस्त मात्रमा प्रयोग गर्नु पर्यो, दोश्रो जिन्क ट्याबलेटको उचित प्रयोग, तेस्रो रोटा भाईरस र दादुरा को खोप्, चौथो पुर्णरुपमा स्तनपान र भिटमिन ए को प्रयोग्,पाच साबुन पानिले सफा सँग हात धुने, छैठौ सफा तथा शुध्य पानीको प्रयोग,सातौ सामुदायिक सरसफाई कार्यकम ।
रोगको अर्थात जलवियोजनको अवस्था अनुसार उपचार प्रकृया सुरु गरिन्छ । जलबियोजन नभएको र केही जलबियोजन भएको अवस्थामा जीवनजल तथा घरेलु उपचार गरिन्छ भने कडा जल बियोजन भएको अवस्थामा नसाबाट शरीरमा आवश्यक तरल पदार्थ औषधि पठाई उपचार गर्ने गरिन्छ ।
घरेलु उपचार प्रक्रिया
विरामीलाई झोल पदार्थ प्रशस्त मात्रामा खुवाउने जस्तै भातको माड, गेडागुडी र तरकारीको रसहरु । विरामीलाई सजिलै पच्न सक्ने खानाहरु जस्तो जाउलो, लिटो, ताजा फलफूलको रस खान सहयोग गर्ने ।केही जलबियोजन भएको अवस्था वच्चालाई आमाको दुध खुवाउन जोड गर्ने र जीवनजलको सही प्रयोग गर्ने, यति गर्दा गर्दै पनि झाडापखाला ठीक नभएमा तृरुन्त स्वास्थ्य संस्थामा लानै पर्दछ ।
रोकथाम
बच्चा जन्मेको छ महिनासम्म आमाको दुध मात्र खुवाउने ।
खान खानु वा खुवाउने अघि सावुनपानीले हात राम्ररी धुने गर्नुपर्दछ ।
बच्चा ९ महिना पूरा भएपछि दादुराको खोप दिनुपर्छ ।
सरसफाईमा परिवारका सवै सदस्यहरुले ध्यान दिने, शौचालयको नियमित प्रयोग गर्ने वानी बसाल्नु पर्दछ ।
हामी कहाँ वच्चालाई जहाँ पायो त्यही दिसा पिसाब गराउने वानी छ र वच्चाको दिसाले रोग सार्दैन भन्ने एउटा नकारात्मक सोच पनि हाम्रो समाजमा रहेको पाइन्छ । यो सोचलाई आजैबाट त्याग्नु उपयुक्त देखिन्छ ।
प्रतिजैबिक औषधिको प्रयोग
साधारण प्रकारका झाडापखालामा प्रतिजैबिक औषधिको प्रयोग आवश्यक छैन बरु यसले त झन् नराम्रो असर गर्न सक्दछ । दिसामा आँउ रगत देखिएमा र हैजा भएमा प्रतिजैबिक औषधिको प्रयोग गरिन्छ ।
जीवनजल वनाउने तरिका
एक लिटर सफा पानीमा पुरै एक पुरिया जीवनजलको धुलो राखी राम्ररी घोल्ने, यसरी जीवनजल तयार हुन्छ । पुनश्च जीवनजल बनाउने भाँडो पनि सफा हुनुपर्दछ भने जीवनजल वनाउने व्यक्तिले हात सावुन पानीले सफासँग धोएको हुनु पर्दछ । एक पटक वनाएको जीवनजल २४ घण्टासम्म मात्र प्रयोग गर्न सकिन्छ ।
सारांश
झाडापखालाबाट अकालमा मानिसको मृत्यु रोक्न आजैबाट तपाई हामी सवै मिलेर अघि बढ्ने हो भने यसको सार्थकता हुनेछ । कछुवाको गतिमा हिड्ने हाम्रो स्वास्थ्य मन्त्रालयलाई चेतना भया ।।
मन हल्का पार्नको लागि मज्जाले रोएर प्रसस्तै आँशु झार्नुपर्छ भन्ने मान्यता छ । तर २० वर्षकी यी युवती भने धक फुकाएर रुन पनि सक्दिनन् । उनी जब रुन्छिन् उनको आँखाबाट आँशुको साटो रगतका धारा बग्न थाल्छन् । उनी जति रुन्छिन् उत्ति नै उनको आँखाबाट रगत चुहिन्छ ।
आँखाबाट रगतको आँशु झर्ने पीडा चिलीकी एक २० वर्षे युवतीले एक महिनादेखि झेलिरहेकी छिन् । चिलीको पुरानक क्षेत्रकी बासिन्दा यारित्जा ओलिभाको आँखाबाट आँशुको साटो रगत किन बग्यो ? भन्ने कुराको भेउ पाउन डाक्टरहरुले पनि सकेका छैनन् । उनी रुँदाखेरी आँखामा निकै पीडा हुन्छ र रगत बग्छ । यति पीडा हुन्छ की उनलाई सहनै गाह्रो हुन्छ र थप रुनुपर्छ । डाक्टरहरुले उनको रोग पत्ता लगाउन नसकेपछि सामान्य थोपा औषधि दिएका छन् ।
आँखाबाट आँशुको रुपमा रगत बग्ने यस्तो समस्यालाई हेमोलार्किया भनिन्छ । इन्फेक्सन, टाउकाको चोट तथा ट्युमर लगायतका कारणबाट यस्तो समस्या पैदा हुने बताइन्छ ।
राम्रो निन्द्राको लागि केही उपयोगी टिप्सहरु
तपाईं औषधी बिना राम्रो निन्द्रा सुत्न सक्नु हुन्छ । तल दिईएका केही कुराहरुलाई ध्यान दिनु भयो भने तपाईंलाई अबस्य फाईदा हुनेछ ।
१ सुत्नु अगाडि relax हुने कोशीस गर्नुस् । हल्का walk गर्नुस् अथवा newspaper पढ्नुस् । सके सम्म यस्तो काम गर्नुस् जसले तपाईंलाई तनाब दिदैन ।
२ आफ्नो कागजी काम वा आफ्नो काम सँग सम्बन्धित कार्यहरु सके सम्म साँझ तिरै सक्याउनुहोस् ।
३ यो कुराको ध्यान राख्नुस् कि तपाईंको सुत्ने कोठामा धेरै हल्ला नहोस् , नसुनियोस ।
४ यदी तपाईंको कोठामा धेरै हल्ला हुन्छ भने सके सम्म त्यसलाई हटाउने कोशीस गर्नुस् तर नसक्ने हो भने कानमा earplugs लगाउनुहोस् ।
५ तपाईंलाई राम्रो निन्द्रा लाग्ने ठाउको बारेमा सोच्नुस् र आफु त्यही भएको कल्पना गर्नुस् । सकिन्छ भने आफ्नो कोठामा त्यो ठाउको माहोल बनाउने कोसिस गर्नुहोस् ।
६ तपाईंले खाने गरेको औषधीलाई चेक गराउनुहोस् कही त्यो औषधिले तपाईंमानर्भस हुने तत्वको साईड effect त गराइराखेको छैन ।
७ आफ्नो कोठाको ventilation खुल्ला राख्नुहोस् तर यो याद राख्नुहोस् कि कोठा धेरै चिसो नहोस् ।
८ धेरै blankets को प्रयोग नगर्नुहोस् , धेरै कम पनि होइन ।
९ आफ्नो खुट्टाहरुलाई Blanket ले धेरै टाइट हुने गरेर नछोप्नुहोस् , सके सम्म खुट्टाहरुलाई स्वतन्त्र छाडिदिनुहोस् ।
१० तपाईंको ओछ्यान धेरै नरम तथा लचिलो नहोस् ।
११ तपाईंको उचाइ अनुसार तपाईंलाई बेडमा स्वतन्त्र सँग सुत्ने ठाउँ होस् यदी तपाईंको उचाइ ६ फीट छ भने सिङगल बेडमा नसुत्नुहोस् ।
१२ तपाईंको पाइजामा वा नाइट ड्रेस धेरै टाइट नहोस् लुज होस् , तपाईंलाई कन्फर्टेबल महसुस होस् ।
१३ आफु सुत्ने तकिया तपाईंलाई कस्तो मन पर्छ नरम वा कडा जुन तपाईंलाई सजिलो र राम्रो लाग्छ त्यही प्रयोग गर्नुहोस् ।
१४ तपाईंलाई सुत्दा खेरी हल्का लाईट मन पर्छ कि अध्यारो त्यो सुनिस्चित गर्नुहोस् ।
मृगौला मानव शरीरको जटिल र अनौठो अंग हो । हाम्रो शरीरमा सिमी आकारका मुठ्ठीजत्रा दुइटा मृगौला हुन्छन् जुन मेरुदण्डको दायाँबायाँ पेटमा रहेका हुन्छन् । यिनीहरूले शरीरलाई स्वस्थ राख्न आवश्यक विभिन्न कार्य गर्ने गर्छन् । जस्तैः विषाक्त पदार्थ र अनावश्यक पानीलाई बाहिर फ्याँक्ने, रक्तचापलाई नियन्त्रणमा राख्ने, रातो रक्तकोषिका बन्न मद्दत गर्ने तथा हड्डीहरूलाई स्वस्थ राख्ने । शरीरमा रहेको लवण र खनिज तत्त्वहरू सन्तुलनमा राख्ने तथा अम्ल र क्षारको मात्रा मिलाउनसमेत मृगौलाले महत्त्वपूर्ण भूमिका निर्वाह गर्छ ।
विश्वभरि मृगौला रोगीहरूको संख्या नाटकीय रूपमा अकासिँदै गएको पाइन्छ । यसले गर्दा स्वास्थ्य क्षेत्रमा ठूलो आर्थिक भार थपिँदै गएको छ । विश्वभरि ८-१० प्रतिशत मानिस कुनै न कुनै किसिमको मृगौला रोगबाट पीडित भएको पाइन्छ । बर्सेनि लाखौं व्यक्ति दीर्घकालीन मृगौला रोगका कारण अकाल मृत्युको सिकार हुने गर्छन् । नेपालमा ३० लाख व्यक्ति कुनै न कुनै मृगौला रोगबाट पीडित छन् भने बर्सेनि करिब ३००० जनाको मृगौला ‘फेल’ हुने गरेको अनुमान छ । यसबाट प्रत्येक वर्ष करिब ६ अर्ब रुपैयाँ बिदेसिने गरेको विश्वास छ ।
उच्च रक्तचाप, मधुमेह र मुटुको रोग मृगौला रोग लाग्नाका प्रमुख कारण हुन् । सुरुमै मृगौला रोग लागेको थाहा नपाउँदा मृगौलाका कार्यहरू बिस्तारै कम हुँदै गई अन्तमा मृगौला ‘फेल’ हुन्छ र बाँच्नका लागि डायलाइसिस वा प्रत्यारोपणमा भर पर्नुपर्ने हुन्छ । डायलाइसिसको तुलनामा प्रत्यारोपण ज्यादै उपयोगी र किफायती मात्र नभई प्रत्यारोपणबाट पुनःजीवन नै प्राप्त हुन्छ तर पनि यी दुवै सेवा हाम्रोजस्तो निम्न आय भएको देशका जनताका लागि अत्यन्त महँगो पर्छ । प्रत्यारोपणपश्चात महिनैपिच्छे सेवन गर्नुपर्ने औषधिका लागि करिब २० हजार रुपैयाँको खर्च लाग्छ ।
निदान मृगौला रोग लागेको सुरुकै अवस्थामा थाहा पाउन सम्भव हुन सक्छ । यसका लागि रगतमा क्रिटिनिन र पिसाबमा प्रोटिनको जाँच गर्नुपर्ने हुन्छ । धेरैजसो मृगौलाका रोगीहरूमा सुरुमा केही लक्षण नहुन पनि सक्छ । सुरुमै मृगौला रोग लागेको पत्ता लागेमा मृगौला ‘फेल’ हुनबाट बचाउन महत्त्वपूर्ण उपचारको थालनी गर्न सकिन्छ ।
मृगौला बचाउन के गर्नुपर्छ ?
मृगौला रोग अघोषित मृत्युको कारण हो र यसले जीवनस्तरलाई नराम्ररी प्रभावित गर्छ । यसका लागि ८ नियमहरूको पालना गर्नुपर्ने हुन्छ-
१. आफूलाई ‘फिट’ र सक्रिय राखौं । यसबाट उच्च रक्तचाप नियन्त्रणमा आउनुका साथै दीर्घकालीन मृगौला रोगको सम्भावनालाई कम गर्छ ।
२. मघुमेहलाई नियन्त्रणमा राखौं । आधाभन्दा बढी मधुमेहीहरूलाई मृगौलाको रोग लाग्ने हुन्छ । तसर्थ्ा उहाँहरूले नियमित मृगौलाको परीक्षण गर्नु आवश्यक छ ।
३. उच्च रक्तचापको नियमित परीक्षण
गरौं । उच्च रक्तचापले हृदयाघात र मस्तिष्कघात गराउँछ भन्नेबारे धेरैलाई जानकारी भए पनि यो नै मृगौला खराब गर्ने सबैभन्दा महत्त्वपूर्ण कारण हो भन्नेबारे धेरैलाई जानकारी नहुन सक्छ ।
४. स्वस्थ खाना खाऔं र शरीरको तौल नियन्त्रणमा राखौं । यसबाट मघुमेह, मुटुरोग र मृगौला रोगलगायत अरू रोगबाट बच्न मद्दत पुग्छ ।
५. प्रशस्त मात्रामा पानी पिऔं । यति मात्रामै पानी पिउनुपर्छ भन्ने निश्चित नियम नभए पनि करिब १.५ लिटरदेखि २ लिटरसम्म्ा पानी पिउने बानी बसाल्नु उत्तम हुन्छ ।
६. धूमपान नगरौं । धूमपानले मृगौलाको रक्तसञ्चारमा बाधा पुर्याई यसको कार्यक्षमतामा कमी ल्याउँछ । धूमपानले मृगौलाको क्यान्सर हुने सम्भावना ५० प्रतिशतले बढाउँछ ।
७. औषधिको जथाभावी सेवन नगरौं । जस्तैः बु्रफेन जातिको नदुख्ने औषधिहरू मृगौलाका लागि हानिकारक छन् ।
८. यदि तपाईं उच्च जोखिमयुक्त समूह जस्तैः उच्च रक्तचाप र मधुमेहका बिरामीहरू, धूमपान गर्नेहरू वा मोटोपना भएकाहरू, उमेर ५० नाघेका तथा उच्च रक्तचाप, मधुमेह वा मृगौला रोग लागेका व्यक्तिहरूको परिवारका सदस्यमा पर्नुहुन्छ भने आफ्नो मृगौलाको नियमित जाँच गरौं ।
लेखक मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरका कार्यकारी निर्देशक हुन् ।

डा. प्रकाश बुढाथोकी, वरिष्ठ दाँत तथा मुख रोग विशेषज्ञ, लुम्बिनी अञ्चल अस्पताल, बुटवल - मोजा, काखी र सास गन्हाउने व्यक्तिगत समस्या हुन्। तैपनि यो समस्याले अरुलाई अप्ठ्यारो पार्छन्। मोजा गन्हाएमा धोएर, सफा गरेर वा जुत्ता नै बदलेर समाधान गर्न सकिन्छ। तर, सास गन्हाउँछ भन्दैमा मुख नखोली बस्न सकिँदैन। सास गन्हाउने समस्याले आफूसँग हिँडडुल र उठबस गर्ने साथीसंगीलाई हैरान पार्नुका साथै स्वयं व्यक्ति पनि हीनभावनाले ग्रसित हुनसक्छ। त्यसैले यो रोग आफू र अरुका लागि पनि समस्या हो भनेर चिनिन्छ।यो रोग के हो?
मुख वा नाकबाट अपवित्र वा अशुद्ध, नराम्रो, मन नपर्ने गन्ध आउने अवस्थालाई हेलिटोसिस वा ब्याड बे्रथ वा सास/मुख गन्हाउने रोग मानिन्छ। सास गन्हाउने अवस्था आफैंमा रोग नभई यो सामान्य अवस्था वा शरीर तथा मुखमा भएको रोगहरूको लक्षण वा औषधी प्रयोगको असर हुनसक्छ। त्यसकारण सास गन्हाउने अवस्थाले शरीरमा भएका अन्य रोगहरूको जानकारी दिएर 'मुख शरीरको ऐना हो' भन्ने भनाईलाई पनि चरितार्थ गर्छ।
प्रकार
मेरो अनुभवमा सास गन्हाउने बिरामी तीन प्रकारका हुन्छन्।
– आफ्नो सास गन्हाएको थाहा नपाउनेहरू
– आफ्नो सास गन्हाएको थाहा पाएर पनि त्यसप्रति चिन्ता नगर्नेहरू
– आफ्नो सास गन्हाएकोमा चिन्तित हुनेहरू।
विवाहको लगन भएको बेला यस्ता बिरामी बढी आउने गरे पनि जीवनसाथीको सिकायतले सधैंजसो आउने गर्छन्। नेपालमा गिजासम्बन्धी रोग, दाँतमा कीरा लाग्ने, पछि सास गन्हाउने समस्या लिएर आउने बिरामी हुन्छन्।
के–के कारणले हुन्छ?
बुढापाका र सुघ्ने नसाको भ्रम भएकाहरूमा सास गन्हाउने समस्या नभए पनि मानसिक कारण तथा भ्रमले उनीहरूलाई सास गन्हाएको भान हुन्छ। यसलाई कारण नभएको अवस्थाको सास गन्हाउने अवस्था मानिन्छ। कारण भएको सास गन्हाउने अवस्थालाई तीन भागमा उल्लेख गर्न सकिन्छ।
(१) सामान्य अवस्था : बिहान उठ्नासाथ, भोको/ब्रत बसेको अवस्थामा, खानामा प्रयोग गरिएका वस्तुहरू जस्तैः चिया, कफी, मकै, प्याज, लसुन. रक्सी, बोसो, भुटेको खाना आदिले सामान्य अवस्थामा पनि सास गन्हाउँछ। नक्कली दाँत लगाएर सुतेमा, नाकको सट्टा मुखबाट सास फेरेमा, नमिलेका कृत्रिम दाँत लगाएमा, भोको वा ब्रत बसेको बेलामा पनि साधारण अवस्थामा पनि सास गन्हाउँछ।
(२) रोगसँग सम्बन्धित –
(क) मुख, दाँत तथा घाँटीसँग सम्बन्धित रोग : – मुखको स्वास्थ्य कमजोर भएमा, दाँत कीराले खाएमा, दन्तहर्षा, पाइरिया, दाँत छिचरा भएमा, जिब्रो खस्रो र बाक्लो भएमा, दाँत नमिली बसेमा, मुखमा भएका घाउ खटिराको संक्रमण भएमा र दाँत निकालेपछि घाउ, पिनास, टन्सिलाइटिस, घाँटी दुख्ने, नाक तथा घाँटीको क्यान्सर आदिले सास गन्हाएको हुनसक्छ।
(ख)शरीर तथा शरीरका प्रणालीसँग सम्बन्धित रोग : – फोक्सोका रोगहरू लंग अवशेष, क्षयरोग, ब्रोन्काइटिस आदिका कारण पनि सास गन्हाउँछ। मासिकश्राव हुँदा दुखाइ, पाचन प्रणालीसँग सम्बन्धित रोग जस्तैः ग्यास्टाइटि्रस, कलेजोको रोग, मिर्गौलासम्बन्धी रोग, चिनीरोग, ज्वरो, रगतसम्बन्धी रोग, संक्रमण, भिटामिनको कमी, कब्जियत आदिले सास गन्हाउन सक्छ।
(३) औषधीको प्रयोग : एन्टीहिस्टामिन, एन्टीक्यान्सर, एन्टीबायोटिक, एन्टीकोगुलेन्ट, एन्टीकोलिनर्जिक र मानसिक रोगका औषधी प्रयोग गर्दा पनि सास गन्हाउँछ।
(४)थुक कम आउने अवस्था– थुक निकाल्ने ग्रन्थीहरूको रोग, क्यान्सरको उपचार, औषधीको प्रयोगले थ¬क कम आई सास गन्हाउन सक्छ।
कसरी थाहा पाउने?
१. यदि तपाईंलाई रुघा लागेको छैन र नाक ठीक छ भने आफ्नो हात मुख अगाडि राखेर त्यसमा सास फेर्नुहोस्। हातमा ठोक्किएर फर्केको सास नाकले भित्र तानी हाल्नुहोस्। यसबाट तपार्इंले आफ्नो सास गन्हाएको वा नगन्हाएको थाहा पाउन सक्नुहुन्छ।
२. आफ्नो सास गन्हाएको वा नगन्हाएको, आफ्नो अतिनजिकका व्यक्तिहरू पति, पत्नी, दाजुभाइ, दिदीबहिनी, सहपाठीसँग सोधर थाहा पाउन सक्नुहुन्छ।
३. आफूप्रति अरूको व्यवहार हेरेर, मनन गरेर। जस्तैः बोल्दा नजिकमा बसेका व्यक्तिले अनुहार बिगार्ने, अलि पर बस्न खोज्ने, कुरामा ध्यान नदिने र नाक पुछेजस्तो गरी नाक थुन्ने व्यवहार गरेमा।
उपरोक्त तरीकाबाट सास गन्हाएको वा नगन्हाएको पत्ता मात्र लाग्छ। तर, कति भनेर नाप्न ब्रेथएनालाइजर लगायत उपकरण प्रयोग गरिन्छ।
अन्तमा, सास वा मुख गन्ध आउने अवस्थालाई एक अर्काको पर्यायको रूपमा लिए पनि यदि व्यक्तिको नाक ठीक छ र श्वासप्रश्वास प्रक्रिया नाकबाटै हुन्छ भने सास वा नाक गन्ध आउँदा शरीरका प्रणालीसँग सम्बन्धित कारणले हुन्छ। मुखबाट गन्ध आयो भने मुख र घाँटीसँग सम्बन्धित कारण हुने भएकोले सम्बन्धित रोग विशेषज्ञलाई देखाउनुपर्छ। अस्थायी रूपमा सास गन्हाउने समस्यालाई चुइङ्गम, माउथवास, ल्वांग सुकुमेल चपाएर रोक्न सकिन्छ। चिकित्सकलाई जचाएर रोगको कारण पत्रा लगाई उपचार गर्नु उपयुक्त हुन्छ।

वातावरण प्रदुषण बढेसँगै अहिले दम लगायतका स्वासप्रस्वास सम्बन्धि रोग आम समस्या बनिरहेका छन् । बच्चादेखि बुढासम्ममा दमको समस्या देखिन थालेको छ । खासगरी स्वासनली तथा फोक्सोको संक्रमणका कारण दम हुन्छ ।
दमका कारण स्वासनली खुम्चिने तथा मांसपेशीमा असर पर्ने तथा फोक्सोमा समेत नराम्रो असर पर्ने हुन्छ । धूलो धुवाँ, धूमपान जस्ता कारणहरु दमका कारकतत्व हुन् । यसकारण दमबाट बच्नका लागि निम्न सावधानी अपनाउनु उत्तम हुन्छ :
हिँडडुल गर्दा, घर कोठाको सरसफाइ गर्दा रुमालले नाकमुख छोप्नुहोस् वा मास्क लगाउनुहोस् ।
गाडीको धुवाँमा विभिन्न खाले हानिकारक रसायन समेत हुन्छन् । त्यसैले गाडी बढि गुड्ने ठाउँमा हिँडडुल गर्दा मास्क लगाउनु अनिवार्य हुन्छ ।
धूमपान नगर्नुहोस, धूमपान गरिरहेको व्यक्तिको नजिक नजानुहोस् । आफुले धूमपान नगरेपनि अरुले गरेको धूमपानको धुवाँले तपाइँलाई धेरै असर पूराउँछ ।
तपाइँमा एलर्जीको समस्या छ भने त्यसले दमलाई झनै बढाउन सक्छ । त्यसकारण आफुलाई एलर्जी गराउने वस्तुहरुबाट बच्नुहोस् ।
तनावलाई कम गर्नुहोस् । तनावका कारण पनि दमको समस्या बढ्नसक्छ ।
नियमित हल्का व्यायाम गर्नुहोस् । तर जिउले नथेग्नेगरी दौडधुप र व्यायाम नगर्नु राम्रो हुन्छ ।
पेटमा बढि अम्लपना अर्थात ग्यास्टि्रकको समस्या छ भने त्यसले पनि दमलाई बढाउन सक्छ । त्यसैले ग्यास्टि्रकको समस्या हुन नदिन र भएमा कम गर्ने उपाय अपनाउनुपर्छ ।
पिनासको समस्या छ ? यदि छ भने उपचार गराइहाल्नुहोस् । यसले दमलाई निम्त्याउन सक्छ र बल्झाउँछ पनि ।
मोटोपन मुटुरोग देखि लिएर स्वासप्रस्वास सम्बन्धि रोगको जड हो । त्यसैले मोटोपन नियन्त्रणमा सजग हुनुहोस् ।
समग्रमा दमको जोखिमबाट बच्न प्रदुषित हावाबाट बच्नु नै मुख्य उपाय हो । जसका लागि धुलोधुवाँयुक्त क्षेत्रमा नहिड्ने, हिँड्नपरे मास्क लगाउने, धूमपान मध्यपान गर्ने र स्वस्थ जिवनशैली अपनाउने गर्नु उपयुक्त हुन्छ । त्यस्तै स्वासनली तथा फोक्सोको संक्रमणको पनि समयमै उपचार गरिहाल्नुपर्छ ।

– अनियमित दिनचर्या र खानपान
– पानी कम पिउनु र धेरै समयसम्म पिसाब रोक्नु।
– यो रोग आनुवांशिक पनि हुन सक्छ।
– मूत्रनलीमा इन्फेक्सन भएमा पनि हुन सक्छ।
उपचार विधि
– रगतमा रहेको विकार पिसाब दिशाको मार्फत बाहिर फ्याक्ने काम मृगौलाको हुन्छ। त्यसैकारण यसका लागि प्राकृतिक वाष्पिकरण, हाइड्रोथेरापी गरेर यस्ता पत्थरीहरू पगालेर बाहिर निकाल्ने प्रयास गरिन्छ।
– प्रारम्भिक चरणको पत्थरीमा अधिक पानी पिएर पिसाबमार्फत बाहिर निकाल्न सकिन्छ।
– यसका लागि होमियोप्याथी तथा आयुर्वेदहरूको सहायता लिन पनि सकिन्छ।
– यदि ठूला किसिमको पत्थरीहरू भएमा यसको अन्तिम उपाय भनेको सर्जरी नै हो।
– यसबाट बच्नका लागि माथिका प्रमुख कारणहरूबाट सजग रहनु पर्दछ।
– पत्थरी भएपछि दूध अथवा दुग्ध उत्पादनहरू, अचार, चटनी, मासु, माछा, चिकेन, जंक फुडहरूको सेवन कम गर्नु पर्दछ। सागपातहरू पनि राम्राेसँग पखालेर मात्र प्रयोग गर्नुपर्दछ।

खानामा रुचि बढाउँछ । खाएको कुरा राम्ररी पचाउँछ । पेट सफा राख्दछ । कब्जियत हुन दिँदैन । पेटसम्बन्धी विभिन्न रोगजस्तै, ग्याष्ट्रिक, अल्सर आदिलाई उँछ । रगत शुद्धीकरण गरी सफा राख्न मद्दत गर्छ । मधुमेह रोगीलाई इन्सुलिनको काम गर्छ । यसले छाला सम्बन्धी विभिन्न रोगजस्तै छालाको सङ्क्रमण, चिलाउने खटिरा, घाउ आदिलाई हटाउँछ । यस्तै हात खुट्टाका जोर्नी दुख्ने वा बाथ रोग भएको, पिसाब पोल्ने, पत्थर भएका, अम्लपित्त, हैजाजस्ता रोगमा करेलाको सेवनबाट फाइदा गर्छ । यस्तै तीतेकरेलालाई उमाल्दा यसमा एन्टिअक्सिडेन्ट उत्पन्न हुन्छ, जसले क्यान्सरको सम्भावनालाई घटाउँछ ।
औषधिको रूपमा:-
तीतेकरेलको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ ।
बियाँ -१) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्तारोकिन्छ । (A) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ ।
(२) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक चम्चा खाइदिएमा यसले इन्सुलिनको काम गर्छ । पात (A) तीतेकरेलाको पात पिसेर लेप बनाएर लगाएमा छालाको रोग निको हुन्छ । यस्तै आगाले पोलेको ठाउँमा लगाइदिँदा फाइदा गर्छ । (B) तीतेकरेलाको पात आगोमा तताएर सिधेनुनसँग खानाअघि खाएमा अम्लपित्त रोगमा फाइदा गर्छ ।
(३) बर्षा याममा हैजा लागेको शङ्का लागेमा वाहैजाको पहिलो चरणमा छ भने करेलाको रस वा पातको रस खाएमा फाइदा गर्छ । यसका लागि दुई चिया चम्चा रसमा त्यति नै मात्रा सेतो प्याजको रस मिलाई खानुपर्दछ । जरा (A) तीतेकरेलाको जरालाई पिसेर लेप बनाएर पाइल्समा लगाए यसले फाइदा गर्छ ।
(४) तीतेकरेलाको जराको रसमा बराबर मात्रामा मह वा तुलसीको रस मिसाएर दिनहुँ राति एक महिना जति खाएमा श्वासप्रश्वास समबन्धी रोग जस्तै चिसो लाग्ने, दम, ब्रोन्काइटिस, घाँटीको रोग आदिबाट मुक्ति पाउन सकिन्छ ।अन्य उपयोगितातीतेकरे लाको दिनहुँ सेवनले शरीरको तौल कम गर्न वा घटाउन मद्दत गर्छ ।
तीतेकरेलाबाट हुने साइड इफेक्ट वा बेफाइदाहरु:
(१) गर्भवती महिलाले तीतेकरेलाको सेवन गर्नु उचित हुँदैन । यसको सेवनले गर्भवती महिलाहरूको गर्भपतन वा रक्तश्राव हुने सम्भावना हुन्छ ।
(२) यसको बढी सेवनले पेटदुख्ने र झाडा हुने सम्भावना हुन्छ ।
(३) रक्तअल्पता (एनिमिया) भएका र कमजोर व्यक्तिलाई भने तीतेकरेलाको नियमित सेवनले रिँगटा लाग्ने र अझ कमजोर हुने गरेको पाइन्छ ।
(४) तीतेकरेलाको बियाँको घेरामा हुने तत्वलेसाना बालकहरूलाई विषादिको काम गर्छ । निष्कर्ष: यसरी तीतेकरेलाबाट हुने फाइदा र बेफाइदालाई ध्यानमा राखी मौसमअनुसार आफ्नो भोजनमा समावेश गरेर यसबाट प्रशस्त मात्रामा पौष्टिक तत्वलिनाका साथै विभिन्न रोगबाट मुक्ति पाउन सकिन्छ |

दिनमा २-३ पटक राम्रोसँग सफा पानीले अनुहार सफा गर्नुपर्छ । बिहान स्क्रब वा फेसवासले अनुहार सफा गर्ने र दिनमा एकपटक फेसप्याक लगाउने । फेसप्याकका लागि तुलसी एवं निमका पात, एक चम्चा बेसन, एक चम्चा बेसार, सानो टुक्रा फिटकिरी मिसाई पेस्ट बनाउने र बिहान अनुहारमा लगाई १५ मिनेटसम्म त्यसै छोडी सुकेपछि सफा पानीले सफा गर्ने । हल्का हातले मसाज गर्दै नियमित रूपमा सफा गरे अनुहारको डन्डिफोर चाँडै हटेर जान्छ । डन्डिफोर हटाउन खानामा पनि ध्यान दिनुपर्छ । हरियो सागपात धेरै खाने, फलफूल, गेडागुडीको रस, माछामासु, अण्डा, भिटामिनयुक्त खाना खाने र पानी बढी मात्रामा पिउने । डन्डिफोर हुनेहरूले अनिँदो बस्नुहुँदैन र १५-१५ दिनमा दक्ष ब्युटिसियनको सल्लाहअनुसार अनुहारको उपचार गर्नुपर्छ । यति गर्दा पनि डन्डिफोर हराएन भने चिकित्सकको सल्लाहअनुसार उपचार गराउनु राम्रो हुन्छ ।
विगत १२ वर्षदेखि सौन्दर्य क्षेत्रमा कटिबद्ध लक्ष्मण ठाकुरले आफ्नो दोस्रो आउटलेट भाटभटेनी सुपरमार्केटमा खोलेका छन् । भारतको जावेद हबिव एकेडेमीबाट तालिम लिएका लक्ष्मण केश विन्यासमा निपुर्ण छन् । उनले ज्याको हेयर एण्ड ब्युटी स्कुलबाट सर्ट टम तालिम पनि लिएका छन् । उनी अनुहार तथा केशको टेक्चरअनुसार ग्राहकलाई सुहाउँदो शैलीको केश बनाइदिन्छन् । नेपालमा सौन्दर्य क्षेत्रमा धेरै विकास हुन बाँकी भएको बताउने लक्ष्मण केशलाई बालबालिकासँग तुलना गर्छन् । लक्ष्मण भन्छन्- हामीले बालबालिकालाई जत्तिकै कायम केशलाई गर्नुपर्छ । त्यसपछि मात्र आफूले चाहेजस्तो केश पाउन सकिन्छ ।
नेपाली सौन्दर्य क्षेत्रमा १२ वर्षदेखि कार्यरत हुनुहुन्छ, अनुभव कस्तो रह्यो ?
निकै रमाइलो रह्यो । अहिले धेरै परिवर्तन आएको अनुभव गरेको छु । कुनै जमानामा पार्लर भनेपछि मानिसहरू छिर्न चाहँदैनथे तर आज पार्लर गएर सेवा लिनु जीवन शैलीको अभिन्न अङ्ग बनेको छ ।
पुरुष भएर महिलाको केश काट्ने पेसा अपनाउँदा अप्ठ्यारो लागेन ?
मलाई त लागेन तर धेरैले लोग्नेमान्छे भएर पनि आइमाईको केश काट्ने भनेर होच्याए । मलाई त्यसले केही फरक पारेन । एकदिन सबैले कुरा बुझ्नेछन् भन्ने लाग्थ्यो, आज बुझेका छन् । कुनै पनि पेसालाई लिङ्गभेदका आधारमा छुट्टयाउनुहुँदैन । राम्रो काम सबैले गर्न हुन्छ ।

कस्ता कठिनाइको सामना गर्नुपरेको छ ?
आफ्नो क्षेत्रमा दक्ष भए कुनै कठिनाइ सहनु पर्दैन तर अहिले लोडसेडिङले दुःख दिएको छ । जामले गर्दा ग्राहक समयमा आउन पाउँदैनन् । यसले रुटिनमा अप्ठ्यारो पार्छ ।
हामीले विदेशी उत्पादनमा भर पर्नुपरेको छ, यसमा तपाईंको भनाइ ?
नेपाल प्रकृतिले धनी छ । यहाँका हर्बलहरूबाट सौन्दर्य प्रसाधन उत्पादन गर्ने हो भने त्यसको बजार विश्वव्यापी बन्नसक्छ । मानिसहरू अहिले आयुर्वेदिक सामग्री मन पराउन थालेका छन् तर ती सामग्री बाहिरबाट मगाउनुपर्छ । ती महँगा हुन्छन् र राष्ट्रिय हितमा पनि छैनन् ।
नेपालमा सौन्दर्य क्षेत्र फस्टाउनुको पछाडि के कारण होला ?
संचार माध्यम । संचार माध्यमले नै मानिसहरूलाई सौन्दर्यको महत्व बुझाएको हो । त्यसैले नेपालीहरू सौन्दर्यप्रति सजग छन् ।
नेपालीहरूको हेयर टेक्चर कस्तो छ ?
लङ वेभी छ । भनौं भने केशको प्रकारमध्ये यो सबैभन्दा राम्रो हो । यसलाई जुनसुकै शैलीमा सजिलै ढाल्न सकिन्छ । वेभी केश सम्हाल्न सजिलो हुन्छ यसमा स्टाइल प्ले गर्न सजिलो हुन्छ । मंगोेलियनहरूको केश चाहिँ स्ट्रेट छ ।
विश्वमै फेसनमा रहेको शैली कुन हो ?
ग्राजुएसन हो । यो सम्हाल्न पनि सजिलो हुन्छ । बलिउडका धेरैजसो नायिकाले यही शैली पछ्याएका छन् ।
नेपालीहरूका केशसम्बन्धी समान समस्या के-के छन् ?
चायाँ र केश झर्ने समस्या । यी समस्या हटाउन सही स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ । केशमा नियमित तेल मसाज गर्नुपर्छ ।
हेयर केयरका रेन्ज पनि बजारमा प्रशस्त छन्, के ती केशका लागि राम्रा छन् ?
अनेकौं रिसर्च गरी बजारमा आएका हुनाले तिनले केशलाई बाक्लो तथा बलियो बनाउँछन् । अहिले हेयर जेल, हेयर मोस, हेयर प्रोटिन, हेयर थेरापी, हेयर परफेक्ट, हेल्थी हेयर, हेयर पोषण, हेयर सिरम, कलर एक्सपर्ट आदि बजारमा आएका छन् । आवश्यकता हेरी यिनलाई प्रयोग गर्न सकिन्छ । यिनको प्रयोगपछि केशको हेरचाह बढी गर्नुपर्छ । जस्तै जेल लगाएको दिन केश नुहाउन नभ्याए पनि पानीले पखालेर सुत्नुपर्छ ।
हेयर रुटिन कसरी कायम गर्ने ?
आफ्नो जीवन शैली तथा समय हेरी हेयर रुटिन बनाउनुपर्छ । महिलाहरूले छ हप्तामा एकपटक केश टि्रम गराउनुपर्छ । त्यसपछि नियमित रूपमा राम्रो कम्पनीको स्याम्पु तथा कन्डिसनर प्रयोग गर्नुपर्छ । समय मिलाएर हेना तथा हेयर मसाज गर्नुपर्छ । सन्तुलित फाइबरयुक्त खानाको सेवनले केशलाई फाइदा पुर्याउँछ ।
कुन उमेरका लागि कस्तो केश बनाउँदा उचित हुन्छ ?
टिनएजरहरूका लागि स्पाइकी र रेजर कट सुहाउँछ । कामकाजी महिलाहरूका लागि लङ वेभी तथा ४० पार गरेकालाई छरितो देखिने किसिमको शैली सुहाउँछ ।
केश झर्ने तथा खुइलिने समस्या किन देखिन्छ ?
यो वंशानुगत, हार्मोन, रोग तथा औषधिको कारणबाट देखिनसक्छ । कम मात्रामा केश झरेको छ भने अदुवाको रस लगाउन सकिन्छ । यदि धेरै झर्ने समस्या देखियो भने चिकित्सकसँग सल्लाह लिनुपर्छ ।
हेयर प्लान्टेसन र एक्सटेन्सनमा के फरक छ ?
हेयर प्लान्टेसन स्थायी समाधान हो भने एक्सटेन्सन अस्थायी समाधान हो । नेपालमा हेयर एक्सटेन्सन धेरैजसोले फेसनका लागि गरेका छन् । प्लान्टेसन नेपालमा कमैले मात्र गरेका छन् ।
हेयर प्लान्टेसन कसरी गरिन्छ ?
यो निकै महँगो प्रक्रिया हो । नेपालमा विग राखेर केश मिलाउने संस्था छन् । त्यहाँ गएर महिनामा एकपटक केश टच गराउनुपर्छ । प्लान्टेसन धान रोप्ने जस्तै कार्य हो । यसमा पछाडिको बाक्लो केश उखेलेर नभएको ठाउँमा रोपिन्छ । पाँच पटकपछि यो प्रक्रिया पूरा हुन्छ । यो काम ट्राइकोलोजिस्टले मात्र गर्न सक्छन् ।
केशलाई कति भागमा विभाजन गर्न सकिन्छ ?केशका मुख्य तीन भाग हुन्छन् । क्युटिकल, कर्टेक्स र म्याडुला । क्युटिकल केशको माथिल्लो भाग हो । यसलाई स्याम्पु तथा कन्डिसनरले राम्रोसँग धुनुपर्छ । यही भागले केशको अरू भागको रक्षा गर्छ । यो भाग माछाको कत्लाजस्तै हो । त्यसैले यसको हेरचाह आवश्यक छ ।

नाइजेरियाको कादुना स्टेटस्थित कारारको जनरल अस्पतालमा एक ३० वर्षीया महिलाले एउटा यस्तो बालकलाइ जन्म दिएकी छन, जसको दिमागनै छैन ।
इन्फोर्मेशन नाइजेरिया को एक रिपोर्ट अनुसार, हेर्दामा यो बच्चा कुनै बाँदरको बच्चा जस्तै देखिन्छ, तर यसको दिमाग भने छैन । अस्पताल प्रशासनले बताए अनुसार अहिले जन्मिएको यो बच्चा सामान्य छैन, यसै कारणले यस बच्चाको मृत्यु भएको छ ।
यद्दपी यस अचम्मको बच्चाको जन्मपछि त्यस क्षेत्रका मानिसहरूमा डरको वातावरण श्रृजना भएको छ । डक्टरहरू यस बालकको सम्बन्धमा कुनै पनि नतिजामा पुग्न सकेका छैनन । जब डक्टरहरूसंग सोधियो, उनीहरूले बताए अनुसार यस बच्चाको पुरा शिरनै थिएन । शिर त थियो तर नभएकै बराबर थियो ।
यद्दपी उक्त बच्चा धेरै समय जिउँदो भने रहन सकेन । जन्मिएको केही घण्टा पछिनै उसको मृत्यु भएको थियो ।